माओको मार्ग : मुक्ति मार्ग

२०७८ पुष ११ गते, आईतवार


आज पुस ११ गते, विश्व सर्वहारावर्गका महान् नेता माओ त्सेतुङको १२९ औँ जन्म दिन । माओ त्सेतुङ एक क्रान्तिकारी, राजनीतिक विचारक र साम्यवादी दलका नेता थिए, जसको नेतृत्वमा चीनमा क्रान्ति सफल भएको थियो । उनले जनवादी गणतन्त्र चीनको स्थापना भएको साल सन् १९४९ देखि यता उनको मृत्यु भएको मिति सन् १९७६ सम्म चीनको नेतृत्व सम्हालेका थिए । माक्र्सवादी, लेनिनवादी विचारधारालाई सैनिक रणनीतिमा जोडिएको उनको सिद्धान्तलाई माओवादको नामले चिनिन्छ । माओले आफ्ना नीति र कार्यक्रमका माध्यमले वर्तमान चीनको आर्थिक तथा साँस्कृतिक विकास तथा पिछडिएको देशलाई संसारको प्रमुख शक्तिको रूपमा खडा गराउन अद्वितीय भूमिका निर्वाह गरेका थिए । हाल विश्वका थुप्रै देशमा माओको दिशानिर्देशनमा क्रान्तिको यात्रा जारी छ । माओ कै नीति अँगाल्दै नेपालमा पनि दस वर्ष जनयुद्ध भयो । तर, दस वर्ष जनयुद्ध हाँकेका नेताको बिचलनताका कारण क्रान्ति पूरा हुन् सकेन । जसको फलस्वरुप देश संसदीय भासमा फस्न पुगेको छ ।
दस वर्ष जनयुद्ध हाँकेका नेताको बिचलनताका कारण पूरा हुन नसकेको नेपालको क्रान्तिलाई पूरा गर्न नेपाल कम्युनिस्ट पार्टी एकीकृत जनक्रान्तिको कार्यदिशाका साथ अगाडि बढेको छ । जसलाई निस्तेज पार्न सरकारले प्रतिबन्धसमेत लगायो तर नेकपाप्रतिको जनलहर देखेर सरकारले प्रतिबन्ध थेग्न सकेन र तीन बुँदे सहमतिमार्फत् प्रतिबन्ध फिर्ता लिन बाध्य भयो । यस्तो अवस्थामा नेपालका तमाम क्रान्तिकारी राजनीतिक दल, नेतालगायत आमक्रान्तिकारी संघ– संगठन र व्यक्तिले नेपाल कम्युनिस्ट पार्टीको एकीकृत जनक्रान्तिको कार्यदिशालाई साथ र सहयोग गरे नेपालमा वैज्ञानिक समाजवाद लागू गर्नबाट कसैले रोक्न सक्दैन ।
तसर्थ, देश र जनतालाई दलाल संसदीय व्यवस्थाको चंगुलवाट मुक्त पारी स्वन्तन्त्र राष्ट र स्वाधीन नेपाली बन्न र बनाउन नेपाल कम्युनिस्ट पार्टीलाई साथ र सहयोग गर्नु आमराष्ट्रप्रेमी र जनप्रेमी दल, नेता र स्वाभिमानी नागरिकको दायित्व हो । यो दायित्वबाट कोही पछि नहटौँ । देशमा संसद्वादी व्यवस्था विघटन गरी वैज्ञानिक समाजवाद लागू गर्ने सके मात्र विश्व सर्वहारावर्गका महान् नेता माओ त्सेतुङप्रति सच्चा सम्मान हुनुको साथै नेपाल र नेपालीको मुक्ति हुनेछ । अन्यथा देश र जनताको भविष्य अन्धकार हुने निश्चित छ, चेतना भया ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु