संकटग्रस्त संसदीय व्यवस्थाको बिकल्प खोजौ

२०७८ मंसिर १२ गते, आईतवार

देशको राजनीति दिनप्रतिदिन संकटग्रस्त बन्दै गइरहेको छ । भ्रष्टाचार, महँगी, कालोबजारी, बेरोजगारीले अनियमितता, सेटिङ्ग, घुसखोरी, नातावाद, कृपावाद र दलगत स्वार्थले सीमा नाघेको छ । प्रहरी प्रशासन र शान्ति सुरक्षा एकादेशको कहानी भएको छ । सरकार अनिर्णयको बन्दी बनेको छ । सरकारका तीनवटै अङ्ग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीच बेमेल बढ्नुका साथै प्रभावहीन बन्दै गएका छन्् । संवैधानिक अंगहरुले स्वतन्त्र रुपले कार्य गर्न पाएका छैनन् । जता हे¥यो त्यतै भद्रगोलको स्थिति छ । यो सबै हुनुमा कुनै व्यक्ति विशेषको दोष नभएर समग्र व्यवस्थाकै दोष भएको तथ्य जगजाहेर छ । संसद्वादी दलहरुको सरकार र सत्ताको छिनझम्टीका कारण झन्डै दुई तिहाई बहुमत प्राप्त सरकारलाई धराशयी बनाएर परमादेशको बलमा त्रिशंकु सरकार गठन गरिएको छ । यसले नेपालको वर्तमान राजनीतिक संकटको कारक कुनै दल र व्यक्ति बिशेष नभएर संसदीय व्यवस्था नै हो भन्ने पुष्टि गर्छ । यो व्यवस्था रहुञ्जेल संसद्मा बहुमतको खेल चलिरहन्छ, जसका कारण देश र जनता संसद्वादी दल र तिनका नेताहरुको शिकार भइरहन्छन्् । त्यसकारण देशलाई अग्रगमनतर्फ लैजान र जनतालाई समृद्ध बनाउन संसदीय व्यवस्थाको विकल्प खोज्नैपर्ने भएको छ । यसका लागि नेपाल कम्युनिस्ट पार्टीले भनेको जस्ता तत्काल जनमत संग्रह घोषणा गरी त्यसलाई कार्यान्वयन गर्न प्रगतिशील संयुक्त सरकार गठन गर्नुपर्छ । अन्यथा स्थिति झन् विकराल बन्ने निश्चित छ । त्यसकारण देशका तमाम कम्युनिस्ट, प्रगतिशील र लोकतन्त्रवादी राजनीतिक दल, नेता र बौद्धिक वर्गले नेकपाको जनमत संग्रहको एजेन्डालाई कार्यान्वयन गर्न प्रतिबद्ध भएर साथ र सहयोग गर्नुको विकल्प छैन, चेतना भया ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

समाजवादका लागि जुटौं

२०८० फाल्गुन २० गते, आईतवार

सहिदका सपना साकार पारौं

२०८० फाल्गुन १४ गते, सोमबार