बिश्व

सैन्य ‘कु’ मा संलग्न धर्मगुरुका भतिजा पक्राउ

काठमाडौं,९ साउन । टर्कीमा गत हप्ता भएको सत्ता कब्जाको असफल प्रयासपछि त्यसमा संलग्न भएको आरोपमा अमेरिकामा बस्दै आएका धर्मगुरु फतहुल्लाह गुलेनका भतिजालाई पक्राउ गरिएको छ । गुलेनको जन्मस्थान एर्जुरुमबाट उनका भतिजा मुहमेत सेइत गुलेनलाई पक्राउ गरिएको टर्कीको समाचार संस्था अनादोलुलाई उधृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएको छ । मुहमेतलाई राजधानी अंकारा लगिएको छ । टर्कीका […]

२०७३ श्रावण ९ गते, आईतवार

सपिङ सेन्टरमा गोली चल्यो , नौं जनाको हत्या , २० जनाभन्दा बढी घाइते

काठमाडौं, ८ साउन । जर्मनीको म्युनिखस्थित एक सपिङ सेन्टरमा आक्रमणकारीले अन्धाधुन्ध गोली चलाएर ९ जनाको हत्या गरेको छ । घटनामा अरु २० जनाभन्दा बढी घाइते भएका छन् ।मारिनेमा एक आक्रमणकारी पनि रहेको जर्मनी प्रहरीलाई उधृत गर्दै समाचार संस्थाहरुले जनाएका छन् । आक्रमणमा तीन जनाको संलग्न रहेको र दुई जनाको खोजी भइरहेको स्थानीय अधिकारीले बताएका छन् […]

२०७३ श्रावण ८ गते, शनिबार

भारतीय एयर फोर्सको विमान बेपत्ता

काठमाडौं, ७ साउन । भारतीय वायु सेनाको एक विमान शुत्रबार वेपत्ता भएको समाचार छ । सो विमानमा २९ व्यक्ति सवार रहेका र बङ्गालको खाडीमा विमान वेपत्ता भएको अनुमान गरिएको छ । सो विमान आन्डमान र निकोबार द्विपको राजधानी पोर्ट व्लेयरतर्फ गइरेहको वायु सेनाका प्रवक्ताले एएफपी समाचार समितिलाई जानकारी दिनु भएको छ । विमानको खोजी कार्य […]

२०७३ श्रावण ७ गते, शुक्रबार

कश्मीरमा चिनियाँ र पाकिस्तानी सेनाको संयुक्त गस्ती

काठमाडौ, ७ साउन । भारत अधिनस्थ कश्मीर क्षेत्रमा हिंसा भड्किरहेकै समयमा पाकिस्तान अधिनस्थ कश्मीर क्षेत्रमा चिनियाँ र पाकिस्तानी सेनाले संयुक्त गस्ती गरेका छन् । चिनियाँ सरकारी संचारमाध्यमले कश्मीर क्षेत्रमा चिनियाँ र पाकिस्तानी सेनाको संयुक्त गस्तीको तस्वीर सार्वजनिक गरेको हो । तस्वीरमा दुबै मुुलुकका सैन्य टोली आ–आफ्नो मुलुकको झण्डासहित गस्तीमा निस्किएको दृष्य देखिन्छ । समाचार एजेन्सीहरुका […]

२०७३ श्रावण ७ गते, शुक्रबार

आइएसलाई मानबिज शहर छोड्न ४८ घण्टे अल्टिमेटम

काठमाडौ, ७ साउन । अमेरिकी सेनाले सहयोग गरिरहेको लडाकु समूह अरब–कुर्दिस सिरियन डेमोक्याट्रिक फोर्स (एसडिएफ)ले सिरियाको मानबिज शहर छोड्न इस्लामिक स्टेट (आइएस)लाई ४८ घण्टे अल्टिमेटम दिएको छ । अमेरिकी सेनाको हवाई आक्रमणको सहयोगमा आइएसविरुद्ध लडिरहेको एसडिएफले आइएसलाई अल्टिमेटम दिएको हो । एसडिएफले गत जुनदेखि एलेप्पोको मानबिजमा आइएसविरुद्ध अभियान चलाएको छ । गत मंगलबार मानबिजमा हवाई […]

२०७३ श्रावण ७ गते, शुक्रबार

प्रदर्शनकारीलाई जीउँदो लाश बनाइदैं

काठमाडौ, ६ साउन । भारत प्रशासित कश्मीरमा झण्डै दुई साता अघि कथित उग्रवादी बुरहान वानी मारिएपछि भड्किएको हिंसात्मक प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भएको छ । स्थानीय प्रशासनले कश्मीर क्षेत्रमा संचारविच्छेद गराउनुका साथै पत्रपत्रिकासमेत बन्द गराएपछि घटनाको वास्तविक विवरण आउन सकेको छैन । सरकारी स्तरबाट उपलब्ध गराइएको विवरणभन्दा भिन्न र निकै ठूलो क्षति कश्मीर र […]

२०७३ श्रावण ६ गते, बिहीबार

टर्कीमा तीन महिने संकटकाल

काठमाडौँ, ६ साउन । टर्कीमा सैनिक कुको असफल प्रयासपछि राष्ट्रपति रेचैप तैयप आर्दोआनले तीन महिनाका लागि संकटकाल घोषणा गरेका छन् । आर्दोआनले सरकारी टेलिभिजनमा प्रसारित वक्तव्यमा संकटकाल घोषणा टर्कीको संविधानअनुसार गरिएको बताएका छन् । गत साता टर्कीमा सेनाका एउटा समूहले सैनिक कुको प्रयास गरेको थियो । जुन केही घण्टामै असफल भएको थियो । राष्ट्रपति आर्दोआनले […]

२०७३ श्रावण ६ गते, बिहीबार

गोली हानी १७ सैनिकको हत्या , ३० जना घाइते

काठमाडौं, ५ साउन । अफ्रिकी मुलुक मालीमा एक व्यक्तिले गोली हानी १७ सैनिकको हत्या गरेको छ । ३० जना घाइते भएका छन् । मालीको नामपालामा रहेको सैनिक आधार शिविरमा आधुनिक हतियारसहित प्रवेश गरेका ती ब्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरी उनीहरुको हत्या गरेका हुन् । घटनाको जिम्मेवारी दुई समूहले लिएको छ । एउटा जातीय र अर्को […]

२०७३ श्रावण ५ गते, बुधबार

पर्यटक सवार बसमा आगलागी, २६ जनाको मृत्यु

काठमाडौं, ४ साउन । ताइवानको तायुअनमा सहरमा मंगलबार पर्यटक सवार बसमा आगलागी हुँदा कम्तिमा २६ जनाको मृत्यु भएको छ । चिनियाँ पर्यटकलाई लिएर गइरहेको बस राजमार्गको ‘साइड’को बारमा ठोक्किएपछि आगो सल्किएको स्थानीय अधिकारीहरुले जनाएका छन् । बसमा २४ जना पर्यटक, चालक र स्थानीय गाइड सवार थिए । बसमा आगो निकै छिटो सल्किएकाले सबैको मृत्यु भएको […]

२०७३ श्रावण ४ गते, मंगलवार

ट्रम्पविरुद्ध नाङ्गो प्रदर्शन

काठमाडौ, ४ साउन । अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पको विरोधमा १ सय बढी महिलाले क्लीभल्याण्डमा नाङ्गो भएर प्रदर्शन गरेका छन । उनीहरुले एक जना फोटोग्राफरको आग्रहमा यस्तो तस्वीर खिचाएका हुन् । यो प्रदर्शन ट्रम्प व्हाइट हाउसमा बस्न लायक छैनन् भन्ने बताउन गरिएको हो । प्रदर्शनमा १३ भन्दा बढी महिलाले भाग लिएका थिए । फोटोसूट […]

२०७३ श्रावण ४ गते, मंगलवार