पर्यटक सवार बसमा आगलागी, २६ जनाको मृत्यु

२०७३ श्रावण ४ गते, मंगलवार

काठमाडौं, ४ साउन । ताइवानको तायुअनमा सहरमा मंगलबार पर्यटक सवार बसमा आगलागी हुँदा कम्तिमा २६ जनाको मृत्यु भएको छ ।
चिनियाँ पर्यटकलाई लिएर गइरहेको बस राजमार्गको ‘साइड’को बारमा ठोक्किएपछि आगो सल्किएको स्थानीय अधिकारीहरुले जनाएका छन् । बसमा २४ जना पर्यटक, चालक र स्थानीय गाइड सवार थिए । बसमा आगो निकै छिटो सल्किएकाले सबैको मृत्यु भएको त्यहाँको राजमार्ग प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान सुरु गरिएको बताइएको छ ।- एजेन्सी

प्रतिक्रियाहरु