ट्रम्पविरुद्ध नाङ्गो प्रदर्शन

२०७३ श्रावण ४ गते, मंगलवार

काठमाडौ, ४ साउन । अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पको विरोधमा १ सय बढी महिलाले क्लीभल्याण्डमा नाङ्गो भएर प्रदर्शन गरेका छन । उनीहरुले एक जना फोटोग्राफरको आग्रहमा यस्तो तस्वीर खिचाएका हुन् ।
यो प्रदर्शन ट्रम्प व्हाइट हाउसमा बस्न लायक छैनन् भन्ने बताउन गरिएको हो । प्रदर्शनमा १३ भन्दा बढी महिलाले भाग लिएका थिए ।
फोटोसूट त्यतिबेला गरियो जतिबेला रिपब्लिकन नेशनल कन्भेन्सन सुरु हुँदै थियो । क्लीभल्याण्डमा नग्नता अवैध मानिन्छ । त्यसैले फोटोसूट निजी स्थानमा गरिएको हो । यो तस्वीर निर्वाचनभन्दा अघि ८ नोभेम्बरमा सार्वजनिक गरिने बताइएको छ।
फोटोसूटको टाइटल ‘Everything She Says Means Everything’ राखिएको छ। यसमा हरेक रंगरुपका महिला सहभागी छ्न् । फोटोसूटमा सहभागी महिलाहरुले आफूहरुले डोनाल्ड ट्रम्पप्रति घृणा गर्ने गरेको बताए । उनीहरुले ट्रम्पबाट मुसलमान र आप्रवासीलाई खतरा रहेको बताए ।

प्रतिक्रियाहरु