बिश्व

कश्मीरमा चिनियाँ र पाकिस्तानी सेनाको संयुक्त गस्ती

काठमाडौ, ७ साउन । भारत अधिनस्थ कश्मीर क्षेत्रमा हिंसा भड्किरहेकै समयमा पाकिस्तान अधिनस्थ कश्मीर क्षेत्रमा चिनियाँ र पाकिस्तानी सेनाले संयुक्त गस्ती गरेका छन् । चिनियाँ सरकारी संचारमाध्यमले कश्मीर क्षेत्रमा चिनियाँ र पाकिस्तानी सेनाको संयुक्त गस्तीको तस्वीर सार्वजनिक गरेको हो । तस्वीरमा दुबै मुुलुकका सैन्य टोली आ–आफ्नो मुलुकको झण्डासहित गस्तीमा निस्किएको दृष्य देखिन्छ । समाचार एजेन्सीहरुका […]

२०७३ श्रावण ७ गते, शुक्रबार

आइएसलाई मानबिज शहर छोड्न ४८ घण्टे अल्टिमेटम

काठमाडौ, ७ साउन । अमेरिकी सेनाले सहयोग गरिरहेको लडाकु समूह अरब–कुर्दिस सिरियन डेमोक्याट्रिक फोर्स (एसडिएफ)ले सिरियाको मानबिज शहर छोड्न इस्लामिक स्टेट (आइएस)लाई ४८ घण्टे अल्टिमेटम दिएको छ । अमेरिकी सेनाको हवाई आक्रमणको सहयोगमा आइएसविरुद्ध लडिरहेको एसडिएफले आइएसलाई अल्टिमेटम दिएको हो । एसडिएफले गत जुनदेखि एलेप्पोको मानबिजमा आइएसविरुद्ध अभियान चलाएको छ । गत मंगलबार मानबिजमा हवाई […]

२०७३ श्रावण ७ गते, शुक्रबार

प्रदर्शनकारीलाई जीउँदो लाश बनाइदैं

काठमाडौ, ६ साउन । भारत प्रशासित कश्मीरमा झण्डै दुई साता अघि कथित उग्रवादी बुरहान वानी मारिएपछि भड्किएको हिंसात्मक प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भएको छ । स्थानीय प्रशासनले कश्मीर क्षेत्रमा संचारविच्छेद गराउनुका साथै पत्रपत्रिकासमेत बन्द गराएपछि घटनाको वास्तविक विवरण आउन सकेको छैन । सरकारी स्तरबाट उपलब्ध गराइएको विवरणभन्दा भिन्न र निकै ठूलो क्षति कश्मीर र […]

२०७३ श्रावण ६ गते, बिहीबार

टर्कीमा तीन महिने संकटकाल

काठमाडौँ, ६ साउन । टर्कीमा सैनिक कुको असफल प्रयासपछि राष्ट्रपति रेचैप तैयप आर्दोआनले तीन महिनाका लागि संकटकाल घोषणा गरेका छन् । आर्दोआनले सरकारी टेलिभिजनमा प्रसारित वक्तव्यमा संकटकाल घोषणा टर्कीको संविधानअनुसार गरिएको बताएका छन् । गत साता टर्कीमा सेनाका एउटा समूहले सैनिक कुको प्रयास गरेको थियो । जुन केही घण्टामै असफल भएको थियो । राष्ट्रपति आर्दोआनले […]

२०७३ श्रावण ६ गते, बिहीबार

गोली हानी १७ सैनिकको हत्या , ३० जना घाइते

काठमाडौं, ५ साउन । अफ्रिकी मुलुक मालीमा एक व्यक्तिले गोली हानी १७ सैनिकको हत्या गरेको छ । ३० जना घाइते भएका छन् । मालीको नामपालामा रहेको सैनिक आधार शिविरमा आधुनिक हतियारसहित प्रवेश गरेका ती ब्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरी उनीहरुको हत्या गरेका हुन् । घटनाको जिम्मेवारी दुई समूहले लिएको छ । एउटा जातीय र अर्को […]

२०७३ श्रावण ५ गते, बुधबार

पर्यटक सवार बसमा आगलागी, २६ जनाको मृत्यु

काठमाडौं, ४ साउन । ताइवानको तायुअनमा सहरमा मंगलबार पर्यटक सवार बसमा आगलागी हुँदा कम्तिमा २६ जनाको मृत्यु भएको छ । चिनियाँ पर्यटकलाई लिएर गइरहेको बस राजमार्गको ‘साइड’को बारमा ठोक्किएपछि आगो सल्किएको स्थानीय अधिकारीहरुले जनाएका छन् । बसमा २४ जना पर्यटक, चालक र स्थानीय गाइड सवार थिए । बसमा आगो निकै छिटो सल्किएकाले सबैको मृत्यु भएको […]

२०७३ श्रावण ४ गते, मंगलवार

ट्रम्पविरुद्ध नाङ्गो प्रदर्शन

काठमाडौ, ४ साउन । अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पको विरोधमा १ सय बढी महिलाले क्लीभल्याण्डमा नाङ्गो भएर प्रदर्शन गरेका छन । उनीहरुले एक जना फोटोग्राफरको आग्रहमा यस्तो तस्वीर खिचाएका हुन् । यो प्रदर्शन ट्रम्प व्हाइट हाउसमा बस्न लायक छैनन् भन्ने बताउन गरिएको हो । प्रदर्शनमा १३ भन्दा बढी महिलाले भाग लिएका थिए । फोटोसूट […]

२०७३ श्रावण ४ गते, मंगलवार

बारुदी सुरुङ विस्फोटमा १० जना प्रहरीको मृत्यु

काठमाडौं, ४ साउन । भारत बिहारको औरंगावाद जिल्लामा नक्सलवादीले गराएको बारुदी सुरुङ विस्फोटमा १० जना प्रहरीको मृत्यु भएको छ । विस्प्फोटमा अन्य केही सुरक्षाकर्मी घाइते भएका छन् । सुरक्षाकर्मीले गरिरहेको सर्च अभियानका क्रममा नक्सलवादीले बारुदी सुरुङ विस्फोट गराउँदा उनीहरुको मृत्यु भएको हो । सुरक्षाकर्मीले गरेको कारबाहीमा तीन जना नक्सलवादीको समेत मृत्यु भएको बताइएको छ । […]

२०७३ श्रावण ४ गते, मंगलवार

टर्कीमा हजारौ प्रहरी निलम्बित

काठमाडौं, ३ साउन ।टर्की सरकारले करिब ८ हजार प्रहरी अधिकारीलाई सत्ता विद्रोहमा संलग्न रहेको आरोपमा निलम्बन गरेको जनाएको छ। यसका साथै सेना र न्याय व्यवस्थासँग सम्बन्धित करिब ६ हजार जनालाई हिरासतमा लिइएको छ ।हिरासतमा लिइएकाहरुमा सैनिक जर्णेलहरुसमेत रहेको बताइएको छ। टर्कीमा राष्ट्रपति रेचप तैयब आर्दोआनले विद्रोहमा उत्रने भाइरसहरुलाई सरकारी प्रतिष्ठानबाट निश्कासन गर्ने बताएका छन् । […]

२०७३ श्रावण ३ गते, सोमबार

केजरीवालले भाँडा माझेर प्रायश्चित गरे

काठमाडौं, ३ साउन । भारतको केन्द्रीय राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भाँडा माझेर प्रायश्चित गरेका छन् । आफ्नो पार्टीका तर्फबाट अन्जानमा भएको गल्तीप्रति माफी माग्दै उनले अमृतसरको स्वर्ण मन्दिरमा पुगेर भाँडा माझेका हुन् । उनको दल ‘आम आदमी पार्टी’ ले केही अघि युवा घोषणापत्र जारी गर्दै त्यसको तुलना गुरुग्रन्थ साहिबसँग गरेको थियो । घोषणापत्रमा स्वर्णमन्दिरको […]

२०७३ श्रावण ३ गते, सोमबार