सपिङ सेन्टरमा गोली चल्यो , नौं जनाको हत्या , २० जनाभन्दा बढी घाइते

२०७३ श्रावण ८ गते, शनिबार

काठमाडौं, ८ साउन । जर्मनीको म्युनिखस्थित एक सपिङ सेन्टरमा आक्रमणकारीले अन्धाधुन्ध गोली चलाएर ९ जनाको हत्या गरेको छ । घटनामा अरु २० जनाभन्दा बढी घाइते भएका छन् ।मारिनेमा एक आक्रमणकारी पनि रहेको जर्मनी प्रहरीलाई उधृत गर्दै समाचार संस्थाहरुले जनाएका छन् । आक्रमणमा तीन जनाको संलग्न रहेको र दुई जनाको खोजी भइरहेको स्थानीय अधिकारीले बताएका छन् । म्युनिखको व्यस्त सपिङ सेन्टरमा पसेर आक्रमणकारीले अन्धाधुन्ध गोली चलाउँदा सर्वसाधारण ८ जना मारिएका हुन् । मारिएका आक्रमणकारीको शव भने आक्रमण भएको सपिङ सेन्टरभन्दा एक किलोमिटर पर भेटिएको प्रहरीले जनाएको छ ।
आक्रमणपछि स्थानीय सरकारले म्युनिखमा आपतकालीन अवस्था घोषणा गरेको छ र आतंककारीविरुद्ध कारबाही अभियान शुरु गरेको छ । प्रहरीका हेलिकप्टरले सुरक्षा निगरानी बढाएको बिबिसीले उल्लेख गरेको छ ।
प्रहरीले नागरिकलाई सार्वजनिक स्थानमा नजान आग्रह गरेको छ । चान्सलर एङगेला मर्केलका मूख्य कर्मचारी पिटर अल्टमाएरले आक्रमणको कारण खुल्न नसकेको बताएका छन् । घटनापछि सार्वजनिक यातायात बन्द गरिएको छ भने आज राष्ट्रिय सुरक्षा परिषदको बैठक बोलाइएको छ । – एजेन्सी

प्रतिक्रियाहरु