बिश्व

आइएसद्वारा विस्फोट , ४४ जना मारिए

काठमाडौं, १२ साउन । सिरियाको उत्तर पश्चिम क्वामिश्ली सहरमा इस्लामिक अतिवादी समूह ‘आइएस’ले बुधबार गराएको विस्फोटमा परी कम्तिमा ४४ जनाको मृत्यु भएको छ । कुर्दिसहरुको नियन्त्रणमा रहेको उक्त सहरमा ट्रकमा बम राखेर विस्फोट गराइएको थियो । कुर्दिसको सुरक्षा मुख्यालयनजिक भएको विस्फोटमा अरु धेरैजना घाइते भएका छन् । आइएसले यसअघि पनि कुर्दको बाहुल्य रहेको क्षेत्रमा आक्रमण […]

२०७३ श्रावण १२ गते, बुधबार

हिलारी क्लिन्टन राष्ट्रपति उम्मेदवारमा चयन

काठमाडौं, १२ साउन । हिलारी क्लिन्टन अमेरिकामा कुनै प्रमुख राजनीतिक दलका तर्फबाट राष्ट्रपति पदको निर्वाचभनमा उम्मेदवारी दिने पहिलो महिला बनेकी छन् । फिलाडेल्फिियामा जारी डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनमा पार्टी प्रतिनिधिहरुले हिलारी क्लिन्टनलाई राष्ट्रपति पदका लागि आफ्नो आधिकारिक उम्मेदवार चयन गरेका हुन् । हिलारी क्लिन्टन अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टनकी श्रीमती हुन् । नोभेम्बरमा हुने राष्ट्रपतीय […]

२०७३ श्रावण १२ गते, बुधबार

जापानमा चक्कु आक्रमण , १९ को हत्या, २६ घाइते

काठमाडौं, ११ साउन । जापानको टोकियो नजिकै रहेको मानसिक अपांगता भएका व्यक्तिहरुका लागि बनाइएको आवासीय क्षेत्रमा एक व्यक्तिले चक्कुले आक्रमण गर्दा कम्तिमा १९ जनाको मृत्यु भएको छ । मानसिक अपांगता भएकाहरुको रेखदेखका लागि सागमिहारामा बनाइएको आवास क्षेत्रमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा अन्य २६ जना घाइते भएका छन् । घाइतेमध्ये २० जनाको अवस्था गम्भीर […]

२०७३ श्रावण ११ गते, मंगलवार

नाइट क्लवमा अन्धाधुन्ध गोली प्रहार, दुई मारिए, १६ घाइते

काठमाडौँ, १० साउन ।अमेरिकाको फ्लोरिडा राज्यको एउटा नाइट क्लवमा भएको अन्धाधुन्ध गोली प्रहारमा दुई जना मारिएका छन् । फ्लोरिडा फोर्ट मायर्समा भएको घटनामा १६ जना घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । घटना हुने बेला नाइट क्लवमा किशोर किशोरीको पार्टी चलिरहेको बताइएको छ । घटनामा मारिने र घाइतेहरुको पहिचान खुल्न बाँकी रहेको बताइएको छ। […]

२०७३ श्रावण १० गते, सोमबार

चिनियाँ पत्रकारलाई देश निकाला

काठमाडाैँ, १० साउन । चीन र भारतबीचको सम्बन्धमा फेरि फाटो देखा परेको छ । भारतले हालै तीन चिनियाँ पत्रकारलाई देश निकालाको आदेश दिएलगत्तै चिनियाँ मिडियाले भारतलाई चेतावनी दिएका छन् । भारतलाई परमाणु आपूर्तिकर्ता समूहमा आवद्ध हुनबाट चीनले रोकेको प्रतिशोध साँध्नका लागि भारतले तीन चिनियाँ पत्रकारलाई देश निकालाको आदेश दिएको चिनियाँ मिडियाको ठहर छ । चिनियाँ […]

२०७३ श्रावण १० गते, सोमबार

सैनिक ‘कू’ को निन्दा गर्दै बिशाल प्रदर्शन

काठमाडौं, १०साउन । टर्कीमा लोकतन्त्रको समर्थनमा हजारौं मानिसले प्रदर्शन गरेका छन् । टर्कीको विपक्षी पार्टी सिएचपीको आयोजनामा लोकतन्त्रको समर्थन तथा गत हप्ता भएको असफल सैनिक ‘कू’ को निन्दा गर्दै प्रदर्शन गरिएको हो। विपक्षी पार्टीको आयोजनामा इस्तानबुलमा गरिएको र्‍यालीमा राष्ट्रपति रिसेप तैयप एर्दोगानको पार्टीले पनि समर्थन गरेको थियो । र्‍यालीमा विपक्षी तथा सत्तापक्ष दुबै पार्टीका नेता […]

२०७३ श्रावण १० गते, सोमबार

अफगानिस्तानमा रास्ट्रिय शोकको घोषणा

काठमाडौं, ९ साउन । अफगानिस्तानमा आत्मघाती बिस्फोटमा ८० जना मारिएपछि एक दिने शोकको घोषणा गरिएको छ । राष्ट्रपति असरफ घानीले घटनाको निन्दा गर्दै यसको बदला लिने पनि बताएका छन् । निहत्था जनतालाई निशाना बनाउँदै गरिएको आक्रमण निकै नै क्रूर र निन्दनीय भएको भन्दै राष्ट्रपति घानीले आईएसले यसको बदला चुकाउनु पर्ने प्रतिक्रिया दिए । यता अफगानिस्तानस्थित […]

२०७३ श्रावण ९ गते, आईतवार

सैन्य ‘कु’ मा संलग्न धर्मगुरुका भतिजा पक्राउ

काठमाडौं,९ साउन । टर्कीमा गत हप्ता भएको सत्ता कब्जाको असफल प्रयासपछि त्यसमा संलग्न भएको आरोपमा अमेरिकामा बस्दै आएका धर्मगुरु फतहुल्लाह गुलेनका भतिजालाई पक्राउ गरिएको छ । गुलेनको जन्मस्थान एर्जुरुमबाट उनका भतिजा मुहमेत सेइत गुलेनलाई पक्राउ गरिएको टर्कीको समाचार संस्था अनादोलुलाई उधृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएको छ । मुहमेतलाई राजधानी अंकारा लगिएको छ । टर्कीका […]

२०७३ श्रावण ९ गते, आईतवार

सपिङ सेन्टरमा गोली चल्यो , नौं जनाको हत्या , २० जनाभन्दा बढी घाइते

काठमाडौं, ८ साउन । जर्मनीको म्युनिखस्थित एक सपिङ सेन्टरमा आक्रमणकारीले अन्धाधुन्ध गोली चलाएर ९ जनाको हत्या गरेको छ । घटनामा अरु २० जनाभन्दा बढी घाइते भएका छन् ।मारिनेमा एक आक्रमणकारी पनि रहेको जर्मनी प्रहरीलाई उधृत गर्दै समाचार संस्थाहरुले जनाएका छन् । आक्रमणमा तीन जनाको संलग्न रहेको र दुई जनाको खोजी भइरहेको स्थानीय अधिकारीले बताएका छन् […]

२०७३ श्रावण ८ गते, शनिबार

भारतीय एयर फोर्सको विमान बेपत्ता

काठमाडौं, ७ साउन । भारतीय वायु सेनाको एक विमान शुत्रबार वेपत्ता भएको समाचार छ । सो विमानमा २९ व्यक्ति सवार रहेका र बङ्गालको खाडीमा विमान वेपत्ता भएको अनुमान गरिएको छ । सो विमान आन्डमान र निकोबार द्विपको राजधानी पोर्ट व्लेयरतर्फ गइरेहको वायु सेनाका प्रवक्ताले एएफपी समाचार समितिलाई जानकारी दिनु भएको छ । विमानको खोजी कार्य […]

२०७३ श्रावण ७ गते, शुक्रबार