टर्कीमा तीन महिने संकटकाल

२०७३ श्रावण ६ गते, बिहीबार

काठमाडौँ, ६ साउन । टर्कीमा सैनिक कुको असफल प्रयासपछि राष्ट्रपति रेचैप तैयप आर्दोआनले तीन महिनाका लागि संकटकाल घोषणा गरेका छन् । आर्दोआनले सरकारी टेलिभिजनमा प्रसारित वक्तव्यमा संकटकाल घोषणा टर्कीको संविधानअनुसार गरिएको बताएका छन् । गत साता टर्कीमा सेनाका एउटा समूहले सैनिक कुको प्रयास गरेको थियो । जुन केही घण्टामै असफल भएको थियो ।
राष्ट्रपति आर्दोआनले टर्कीका जनतासँग सैनिक विद्रोअ सफल बनाएकोमा धन्यवाद ज्ञापनसमेत गरेका छन । उयनले यो इतिहासको दिशा परिवर्तन गर्ने दिन थियो भन्दै लोकतन्त्रले त्यसलाई पराजित गरेको बताएका छन् ।
राष्ट्रपति आर्दोआनले सैनिक विद्रोहका लागि धार्मिक प्रचारक फतहुल्ला गुलेनलाई जिम्मेवार ठहराएका छन् । गुलेन अमेरिकामा रहेका छन् ।
आर्दोआनले संकटकाल लागु भएपछि फतहुल्ला गुलेनका समर्थकमाथि कारबाही गर्न सकिने बताएका छन् । सत्ताविद्रोहको असफल प्रयासपछि टर्की सरकारले ठुलो मात्रामा गिरफ्तारी सुरु गरेको छ ।
टर्कीमा १ सयभन्दा बढी जनरल, प्रशासकलाई हिरासतमा लिइएको छ। २१ सय बढी प्राध्यापकको अनुमतिपत्र रद्द गरिएको छ। १५ सय ७७ विश्वविद्यालयका डिनसँग राजीनामा लिइएको छ । ८ हजार प्रहरी अधिकारी, १५ सय अर्थमन्त्रालयका कर्मचारीसहित प्रधानमन्त्री कार्यालयका २५७ अधिकृतलाई निलम्बित गरिएको छ। टर्की सरकारले उनीहरु सबैको फतहुल्ला गुलेनसँग सम्बन्ध रहेको आरोप लगाएको छ । – एजेन्सी

प्रतिक्रियाहरु