भारतीय एयर फोर्सको विमान बेपत्ता

२०७३ श्रावण ७ गते, शुक्रबार

काठमाडौं, ७ साउन । भारतीय वायु सेनाको एक विमान शुत्रबार वेपत्ता भएको समाचार छ । सो विमानमा २९ व्यक्ति सवार रहेका र बङ्गालको खाडीमा विमान वेपत्ता भएको अनुमान गरिएको छ ।
सो विमान आन्डमान र निकोबार द्विपको राजधानी पोर्ट व्लेयरतर्फ गइरेहको वायु सेनाका प्रवक्ताले एएफपी समाचार समितिलाई जानकारी दिनु भएको छ । विमानको खोजी कार्य जारी रहेको बताइएको छ । स्थानीय समयानुसार शुक्रबार विहान ८ः३० मा उडेको यो विमान पोर्ट ब्लेयरमा ११ः३० मा अवतरण हुने समयतालिका रहेको थियो ।
यस विमानमा छ जना चालक दलका सदस्यसहित २९ व्यक्ति सवार रहेको जनाइएको छ । भारतीय सहर चेन्नाइबाट उडेको १५ मिनेटपछाडि सो विमान वेपत्ता भएको बताइएको छ । गत बर्ष पनि चेन्नाई भारतीय तटीय गार्डको विमान दुर्घटना हुदाँ विमानमा रहेका तीन व्यक्तिको मृत्यु भएको थियो । – रासस-एएफपी

प्रतिक्रियाहरु