पर्यटन

होमस्टेमा पर्यटकको आकर्षण बढ्दै

काठमाडौ, १ असार ।पारिवारिक वातावरणमा बसोवास, पर्यटकीय क्षेत्रको घुमफिर र स्थानीय कला, संस्कृति र रीतिरिवाजको अनुभूति दिलाउन जिल्लाको भकुण्डे गाविसमा घरबास (होमस्टे) सुरु गरिएपछि यहाँको पर्यटन प्रवद्र्धनमा टेवा पुगेको छ ।आन्तरिक तथा बाह्य पर्यटकलाई घरबास अवधारणाले आकर्षित गरेको छ । बागलुङ सदरमुकामसँगै जोडिएको भकुण्डेमा केही वर्षअघिदेखि सुरु गरिएको घरबास कार्यक्रम व्यावसायिक रूपमा सफल हुन थालेको […]

२०७१ असार १ गते, आईतवार

चीनबाट ल्याएको विमानको उडान असार १५ बाट

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चीनबाट ल्याएको एम ए ६० विमानबाट व्यवसायीक उडान सुरू गर्न थप १५ दिनको समय दिएको छ ।अख्तियारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुशील घिमिरे र नागरिक उड्ययन प्राधिकरणका महाप्रबन्धक रतिसचन्द्र लाल सुमन र नेपाल वायु सेवा निगमका महाप्रवन्धक मदन खरेलले आयोगमा कानूनी र प्राविधिक जटिलताले समयमा उडान […]

२०७१ जेष्ठ २७ गते, मंगलवार

टानमा लगाएको ताला तत्काल नखुल्ने

काठमाडौं , २५ जेठ। ट्रेड युनियनहरु र ट्रेकिङ्ग व्यावशायीहरुको छाता संगठन ट्रेकिङ्ग एजेन्टस एसोसिसन अफ नेपाल -टान) बीचमा पर्यटन मजदुरको समस्याका वारेमा भएका सहमति कार्यान्वयन नगरेसम्म टान लगाएको ताला नखोल्ने पर्यटन मजदूरहरुले बताएका छन् । आइतवार मजदूरहरुको तर्फाट अखिल नेपाल क्रान्तिकारी पर्यटन मजदुर संघले एक विज्ञाप्ती जारी गर्दै उनीहरुले आफ्ना मागप्रति टानले चासो नदेखिएको भन्दै […]

२०७१ जेष्ठ २५ गते, आईतवार

होटलले दैनिक पर्यटक विवरण बुझाउनुपर्ने

काठमाण्डौं, २५ जेठ ।अबदेखि होटलहरुले आफ्नो होटलमा बसेका पर्यटकको विवरण दैनिक बुझाउनुपर्ने भएको छ । पर्यटकमाथि निगरानी गर्न अध्यागमन विभागले यो प्रावधान जेठ मसान्तसम्ममा लागू गर्ने तयारी गरेको छ ।अध्यागमन नियमावलीअनुसार नै विभागले नयाँ प्रावधान लागू गर्न लागेको छ । जेठको अन्तिमबाट यो प्रावधान लागू गर्ने तयारी भइरहेको अध्यागमन विभागका महानिर्देशक शरदचन्द्र पौडेलले बताए । […]

२०७१ जेष्ठ २५ गते, आईतवार

साना हिमताल लोप हुने खतरा

काठमाडौं । सुन्दर हिमाल नांगिन थालेका छन्। हिउँ पग्लिएर बनेका हिमतालका आकार बढ्दैछन । विश्वव्यापी तापक्रम वृद्धिको सबैभन्दा धेरै असर भोगिरहेको हिमाली भेगमा ठूलो प्राकृतिक विपत्तिको खतरा रहेको विज्ञले औंल्याएका छन । नेपालका हिमनदीको संख्या ४० वर्षा २४ प्रतिशत बढेको छ । यसले ओगटेको क्षेत्र भने घटिरहेको छ । अन्तर्रर्ााट्रय वैज्ञानिकहरूको समूहले गत साता र्सार्वजनिक […]

२०७१ जेष्ठ २४ गते, शनिबार

चितवन राष्ट्रिय निकुञ्जलाई प्लास्टिक झोलारहित बनाइने

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जलाई प्लास्टिक झोलारहित बनाउने अभियान सुरु भएको छ । विश्व वातावरण दिवसका अवसर पारेर निकुञ्जले अभियान सुरु गरेको निकुञ्जका प्रवक्ता टीकाराम पौडेलले जानकारी दिए । निकुञ्ज कार्यालय, सेनाको गण हेडक्वार्टर, गुल्म, प्रवेशद्वार र निकुञ्ज पोस्टमा प्लास्टिक झोला प्रयोग नगरिने उनले बताए । वातावरण संरक्षणका लागि आफैँबाट सुरु गर्नुपर्ने भन्दै उहाँले निकुञ्जबाट […]

२०७१ जेष्ठ २४ गते, शनिबार

चिडियाखानामा ‘रातो पाण्डा’

काठमाडौं । जावलाखेलस्थित सदर चिडियाखानामा दर्शकहरुले रातो पाण्डाको अवलोकन गर्न पाउने भएका छन् । रामेछापबाट ल्याइएको करिब ६ वर्षको वयस्क पोथी पाण्डा सदर चिडियाखानामा सर्वसाधारणका लागि हेर्न खुला गरिएकोे चिडियाखानाका प्रमुख सरिता ज्ञवालीले बताइन् । उनका अनुसार विसं २०६९ चैतमा सो पाण्डा चिडियाखाना ल्याइएको भएपनि बिरामी भएको र पाण्डाका लागि उपयुक्त खोर नभएकाले सबै व्यवस्था […]

२०७१ जेष्ठ २१ गते, बुधबार

साइबेरियन चरा भित्रन थाले

काठमाडौं । शुक्लाफाँटा वन्यजन्तु आरक्षका सिमसार क्षेत्रबाट साइबेरियन चरा फर्कने क्रम सुरु भएको छ ।उत्तरी धुव्रमा चिसो बढ्न थालेपछि साइबेरियालगायतका क्षेत्रबाट चिसो छल्नका लागि यहाँका सिमसार क्षेत्रमा पुगेका विभिन्न प्रजातिका चरा यहाँ गर्मी सुरु हुन थालेपछि साइबेरियातर्फ फर्कन थालेका छन् । आरक्षका रानीताल, सलगौडीताल, कालिकिच ताल र तारा ताल क्षेत्रमा प्रतिवर्ष कात्तिक महिनादेखिनै साइबेरियन चरा […]

२०७१ जेष्ठ १९ गते, सोमबार

योग पर्यटकीयस्थल बन्दै पञ्चमहालक्ष्मी धाम

काठमाडौँ । प्राकृतिक मनोरमस्थल भक्तपुरको छालिङ गाविसमा रहेको पञ्चमहालक्ष्मी धामलाई अध्यात्म पर्यटनका रुपमा विकास गर्न लागिएको छ ।सातौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको उपलक्षमा सो गाविसको हिमालयन श्रीवन जङ्गलमा अवस्थित पञ्चमहालक्ष्मीधाम परिसरलाई आज औपचारिक रुपमा पर्यटन व्यवसायीले योग पर्यटकीयस्थल घोषणा गरेका हुन् ।काठमाडौँको ठमलेलबाट करिब १९ किमि दूरीमा रहेको पञ्चमहालक्ष्मी धाम परिसरमा विदेशी पर्यटकका लागि करिब रु […]

२०७१ जेष्ठ १५ गते, बिहीबार

रेडपाण्डा संरक्षणमा स्थानीयवासिन्दा रेडपाण्डा संरक्षणमा स्थानीयवासिन्दा

काठमाडौं, ८ जेठ ।रसुवाका स्थानीयबासिन्दाको सहभागितामा दुर्लभ वन्यजन्तु रेडपाण्डा संरक्षणको लागि अध्ययन तथा अनुगमन थालिएको छ ।लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र पर्ने स्याफ्रुको गुप्चेखोला र ढोकाचेत क्षेत्रमा गएको वैशाख ३० गतेदेखि जेठ ५ गतेसम्म गरिएको अध्ययन तथा अनुगमनका क्रममा ३ वटा रेडपाण्डा भेटिएका छन् ।गत वर्षदेखि सुरु गरिएको समुदायमा आधारित संरक्षण, अध्ययन तथा अनुगमन कार्यक्रमलाई यस […]

२०७१ जेष्ठ ८ गते, बिहीबार