चीनबाट ल्याएको विमानको उडान असार १५ बाट

२०७१ जेष्ठ २७ गते, मंगलवार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चीनबाट ल्याएको एम ए ६० विमानबाट व्यवसायीक उडान सुरू गर्न थप १५ दिनको समय दिएको छ ।अख्तियारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुशील घिमिरे र नागरिक उड्ययन प्राधिकरणका महाप्रबन्धक रतिसचन्द्र लाल सुमन र नेपाल वायु सेवा निगमका महाप्रवन्धक मदन खरेलले आयोगमा कानूनी र प्राविधिक जटिलताले समयमा उडान गर्न नसकिने बताएका छन् । उनीहरुले सबै प्रक्रिया पूरा गरी असार १५ गतेबाट व्यवसायीक उडान गर्ने प्रतिवद्धता गरेको र निगमका प्रवन्धकले लिखित प्रतिवद्धता नै जनाएकाले समय दिइएको अख्तियारले जनाएको छ ।
अन्तिम पटकको यो समयसीमामा पनि विमानले व्यवसायीक उडान सुरु नगरे कारबाही गर्ने अख्तियारकेा चेतावनी छ । यसअघि अख्तियारले असार १ गतेबाट उडान भर्न भनेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

रसुवागढी नाकामा चहलपहल

२०८१ जेष्ठ ७ गते, सोमबार

जानकी नवमी मनाइँदै

२०८१ जेष्ठ ४ गते, शुक्रबार