कृष्ण लामिछानेको “मौरी” सार्वजनिक

२०८१ बैशाख १७ गते, सोमबार


काठमाडौँ । कृष्ण लामिछानेको शब्द संगीतमा मौलिक लोकदोहोरी गित “मौरी”सार्वजनिक भएको छ। केहिदिन अघिमात्र दिपक घिमिरे युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको गित मौरीले चर्चा बटुल्ने क्रम बड्दो छ।
लामिछानेको शब्द संगीत अनि म्युजिक भिडियो निर्देशनमा तयार पारिएको गितमा लोकप्रिय गायक बिक्रम परियार र सुमधुर आवाजकी धनी पुरानी गायिका गोमा न्यौपानेले आवाज दिएकी छिन् । त्यस्तै पछिल्लो समय म्युजिक भिडियो तथा लघु चलचित्रमा आफ्नो ससक्त प्रतिभा प्रस्फुटन गरिरहेकी अत्यन्त ब्यस्त मोडल सुस्मिता चौलागाईंको ससक्त अभिनय रहेको छ।
दिग्गज सर्जक दिपक घिमिरेको थेगो सिर्जनामा सार्वजनिक गरिएको गित नेपालको चर्चित रेकर्डडिङ स्टुडियो मालाश्रीमा रेकर्ड गरिएको हो।
अहिलेका अत्यन्त ब्यस्त यारेन्जर, गायक महेन्द्र भण्डारीको सङ्गीत सम्योजनमा तयार पारिएको मौलिक गीत मौरीको अडियो रेकर्डका लागि मालाश्रीका रेकर्डडिस्ट गोभिन्द पराजुली र सागर बाजुरालीको महत्वपूर्ण भुमिका रहेको छ।
नेपालका लोकप्रिय कलाकारहरु अनुबन्धित गरिएकाले गित मौरीमा कलाकारहरुको अथाह मेहनत, शब्द, सङ्गीत, आवाज अनि अभिनयको सम्युक्त फ्युजनले गितले उच्च सफलता प्राप्त गर्ने निर्माण पक्षको दाबी छ।
गितमा गोभिन्द बिवश,सुमन परियार, लोकेश बिसी सुस्मिता चौलागाईंको जिवन्त अभिनय देख्न सकिन्छ भने गोभिन्द पराजुली राजेन्द्र बाजुराली,सन्ध्या आचार्य र सुनिता विश्वकर्माको कोरस आवाज सुन्न सकिन्छ। यस गितका श्रस्टा, सर्जक, गायक निर्देश, यारेन्जर, कोरियोग्राफरहरु दर्जनौ लोकपृय गितहरुमा अनुबन्धित भएर आफ्नो पहिचान बनाइसकेका कलाकारहरु हुन्।
संगितकार लामिछानेले भर्खरै मात्र बजारमा ल्याएका बस बस पियारी, गौरी, मालचरी, लगाएतका धन्नै आधा दर्जन भन्दाबढी गित सर्वाधिक चर्चामा छन् ।

प्रतिक्रियाहरु