चितवन राष्ट्रिय निकुञ्जलाई प्लास्टिक झोलारहित बनाइने

२०७१ जेष्ठ २४ गते, शनिबार


काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जलाई प्लास्टिक झोलारहित बनाउने अभियान सुरु भएको छ । विश्व वातावरण दिवसका अवसर पारेर निकुञ्जले अभियान सुरु गरेको निकुञ्जका प्रवक्ता टीकाराम पौडेलले जानकारी दिए । निकुञ्ज कार्यालय, सेनाको गण हेडक्वार्टर, गुल्म, प्रवेशद्वार र निकुञ्ज पोस्टमा प्लास्टिक झोला प्रयोग नगरिने उनले बताए । वातावरण संरक्षणका लागि आफैँबाट सुरु गर्नुपर्ने भन्दै उहाँले निकुञ्जबाट सुरु भएको यो अभियानमा सबैको सहयोग आवश्यक रहेको पौडेलले बताए ।
यसैबीच निकुञ्जले बाघ, गैँडा, हात्ती, बँदेललगायत वन्यजन्तुको आक्रमणमा परी घाइते भएका तथा मृत्यु भएका व्यक्तिका ५० जना छोराछोरीलाई पाँच लाख रूपैयाँ छात्रवृत्ति प्रदान गरेको छ । निकुञ्जका प्रवक्ता पौडेलले दिएको जानकारी अनुसार ती विद्यार्थीहरूलाई जनही १० हजारका दरले छात्रवृत्ति प्रदान गरिएको हो । यसैबीच निकुञ्जले यहाँ साताव्यापी सरसफाइ कार्यक्रमसमेत सुरु गरेको जनाएको छ । बुधबारबाट सुरु भएको साताव्यापी कार्यक्रमअर्न्तर्गत निकुञ्ज आसपासमा सरसफाइ तथा वन र वन्यजन्तु संरक्षणसम्बन्धी चेतनामूलक कार्यक्रम गरिने निकुञ्जले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

रसुवागढी नाकामा चहलपहल

२०८१ जेष्ठ ७ गते, सोमबार

जानकी नवमी मनाइँदै

२०८१ जेष्ठ ४ गते, शुक्रबार