युक्रेनी सेनाको क्षमतामा ह्रास

२०८१ बैशाख १७ गते, सोमबार


काठमाडौँ । रुसको आक्रमणको सामना गर्ने क्रममा अग्रपंक्तीमा रहेका युक्रेनी सेनाको स्थिति बिग्रंदै गएको छ । युक्रेनका कमाण्डर इन चीफ अलेक्जेण्डर सिस्र्कीले हातहतियार अभावका कारण युक्रेनको डोनेट्स्क क्षेत्रबाट युक्रेनी सेना फिर्ता भएको जनाउँदै पछिल्लो समय रुसी सेनासंग डटेर लड्ने क्षमतामा ह्रास हुँदै आएको जनाएका छन् ।
वषौंदेखिको युद्धकाबीच युक्रेन पछिल्लो समय हतियार अभावका कारण जताजतै रुससँग पराजित हुँदै आएको छ । सैन्य उपकरण अभावका बीच अमेरिकाले युक्रेनलाई दिने भनेको सैन्य सहयोग अगावै रुसी सेनाको पकड बलियो हुँदै गएको सिस्र्कीको भनाइ छ ।
अमेरिकाले गत साता युक्रेनलाई ६१ अर्व डलर बराबरको सैन्य सामग्री उपलब्ध गराउने सहमति गरेको थियो । यद्यपी नयाँ हातहतियारको अभावमा अग्रपंक्तीमा रहेका युक्रेनी सेना महिनौंदेखि गोलाबारुद र हवाई सुरक्षाको अभावमा संघर्ष गरिरहेका छन् ।
यसैबीच रुसले युक्रेनको उत्तरी क्षेत्रमा रहेको नोवोबाख्मुटिभको गाउँ कब्जा गरेको छ । रुसी रक्षा मन्त्रालयका अनुसार लामो समयको संघर्षपछि रुसी सेना उक्त गाउँमाथि कब्जा गर्न सफल भएको हो । -एजेन्सी

प्रतिक्रियाहरु