होटलले दैनिक पर्यटक विवरण बुझाउनुपर्ने

२०७१ जेष्ठ २५ गते, आईतवार

काठमाण्डौं, २५ जेठ ।अबदेखि होटलहरुले आफ्नो होटलमा बसेका पर्यटकको विवरण दैनिक बुझाउनुपर्ने भएको छ । पर्यटकमाथि निगरानी गर्न अध्यागमन विभागले यो प्रावधान जेठ मसान्तसम्ममा लागू गर्ने तयारी गरेको छ ।अध्यागमन नियमावलीअनुसार नै विभागले नयाँ प्रावधान लागू गर्न लागेको छ । जेठको अन्तिमबाट यो प्रावधान लागू गर्ने तयारी भइरहेको अध्यागमन विभागका महानिर्देशक शरदचन्द्र पौडेलले बताए । नयाँ प्रावधानअनुसार होटलहरुले हरेक दिन पर्यटकको विवरण अध्यागम विभागको वेवसाइटमा गएर अपडेट गराउनुपर्ने हुन्छ । रेकर्ड अपडेट गर्न होटललाई कोड दिइने र पर्यटकको विवरण भने गोप्य रहने महानिर्देशक पौडेलले जानकारी दिए ।अध्यागमनको नयाँ प्रावधानबाट गलत गतिविधिमा लाग्ने पर्यटकदलाई सहजै पत्ता लगाएर निगरानी गर्न सकिनेछ । यसबाट अवैध गतिविधिको उद्देश्य राखेर नेपाल आउने पर्यटक निरुत्साहित हुने अध्यागमनका अधिकारीहरुको विश्वास रहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

रसुवागढी नाकामा चहलपहल

२०८१ जेष्ठ ७ गते, सोमबार

जानकी नवमी मनाइँदै

२०८१ जेष्ठ ४ गते, शुक्रबार