साना हिमताल लोप हुने खतरा

२०७१ जेष्ठ २४ गते, शनिबार


काठमाडौं । सुन्दर हिमाल नांगिन थालेका छन्। हिउँ पग्लिएर बनेका हिमतालका आकार बढ्दैछन । विश्वव्यापी तापक्रम वृद्धिको सबैभन्दा धेरै असर भोगिरहेको हिमाली भेगमा ठूलो प्राकृतिक विपत्तिको खतरा रहेको विज्ञले औंल्याएका छन । नेपालका हिमनदीको संख्या ४० वर्षा २४ प्रतिशत बढेको छ । यसले ओगटेको क्षेत्र भने घटिरहेको छ । अन्तर्रर्ााट्रय वैज्ञानिकहरूको समूहले गत साता र्सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालमा तीन हजार आठ सय आठवटा हिमनदी छन । यी हिमनदीले तीन हजार नौ सय दुइ वर्गकिलोमिटर क्षेत्र ओगटेका छन् । सन् १९८० मा तीन हजार चार सय ३० हिमनदी थिए भने यिनले पाँच हजार एक सय ६८ वर्गकिलोमिटर क्षेत्र ओगटेका छ । ‘हिमनदीको संख्या बढ्नु र क्षेत्र घट्नु भनेको हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरको दह्रो प्रमाण हो’, हिमताल अनुसन्धानमा संलग्न अन्तर्रराट्रय एकीकृत पर्वतीय विकास केन्द्र -इसिमोड) का वरिष्ठ जलवायु परिवर्तन विशेषज्ञ डा. अरुणभक्त श्रेष्ठले भने । हिमनदी पग्लिएर बनेका हिमतालको आकार बर्षोनि बढिरहेको छ । पछिल्लो दशकमा नयाँनयाँ हिमताल देखापरिरहेका छन् । हिउँ पग्लिने क्रम सन् १८५० देखि सुरु भए पनि सन् १९०० पछाडि भने मानवीय गतिविधिका कारण यो क्रम तीव्र भएको हो । पछिल्लो अध्ययनअनुसार बितेको ५० वर्षा एक सय मिटर गहिरा धेरै हिमताल बनेका छन् हरेक वर्ष५० मिटरका दरले हिउँ पग्लिरहेको छ । यस्तै गतिमा हिमनदी पग्लिने र हिमताल बन्ने क्रम जारी रहे सन् २०५० सम्ममा नेपालका साना सबै हिमताल हराउने अनुमान छ ।
सन् २०५० सम्ममा जलवायु परिवर्तनकै कारण पिउने पानीको समेत अभाव हुने चेतावनी अध्ययन प्रतिवेदनले दिएका छन् । कुनै ठूलो भूकम्प आएमा तापक्रम वृद्धिसँगै बनिरहेका हिमताल विस्फोट हुँदा हिमाली सुनामीको रूप लिने चेतावनी विज्ञले दिएका छन् । धेरै हिमताल उच्च हिमाल, हिमाली भाग र महाभारत छुट्याउने फल्स नजिक छन् । ‘ठूलो भूकम्प आयो भने ती सबै हिमताल विस्फोट हुन्छन्’, जापानी वैज्ञानिक टोलीले गत वर्षनेपालमा गरेको हिमतालसम्बन्धी अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
अध्ययनअनुसार नेपालका हिमनदी ३० सेन्टिमिटरदेखि एक मिटरसम्म वाषिर्क रूपमा बढिरहेका छन् । हिमतालको आकार बर्षोनि १० देखि २० मिटरसम्म बढिरहेको छ । हिमाली क्षेत्रलाई केन्द्रबिन्दु बनाएर हालसम्म एक दर्जनभन्दा बढी भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

रसुवागढी नाकामा चहलपहल

२०८१ जेष्ठ ७ गते, सोमबार

जानकी नवमी मनाइँदै

२०८१ जेष्ठ ४ गते, शुक्रबार