टानमा लगाएको ताला तत्काल नखुल्ने

२०७१ जेष्ठ २५ गते, आईतवार


काठमाडौं , २५ जेठ। ट्रेड युनियनहरु र ट्रेकिङ्ग व्यावशायीहरुको छाता संगठन ट्रेकिङ्ग एजेन्टस एसोसिसन अफ नेपाल -टान) बीचमा पर्यटन मजदुरको समस्याका वारेमा भएका सहमति कार्यान्वयन नगरेसम्म टान लगाएको ताला नखोल्ने पर्यटन मजदूरहरुले बताएका छन् । आइतवार मजदूरहरुको तर्फाट अखिल नेपाल क्रान्तिकारी पर्यटन मजदुर संघले एक विज्ञाप्ती जारी गर्दै उनीहरुले आफ्ना मागप्रति टानले चासो नदेखिएको भन्दै तेस्रो चरणको विरोधका कार्यक्रम र्सार्वजनिक गरेका हुन । संघका अध्यक्ष रामबहादु बस्नेतद्वारा जारी विज्ञाप्तीमा ‘२०६६ मा टान र मन्त्रालयबीच भएको ३३ प्रतिशत रकम मजदुरको पक्षमा कोष स्थापना गर्ने भनिएको त्क्ष्ःक् को ठूलो रकम सम्झौता अनुसार परिचालन नगरी हालसम्म अपारदर्शी र मनपरी ढंगले खर्च गरिएको छ’ भनिएको छ ।
टानमा भएको टीम्स कोषको अनियमितता र बेलायतको दातृ निकाय डीएफआईडीबाट प्राप्त तीन करोड रुपैंया बर्तमान टानका पदाधिकारीहरुले आफ्नो मनोमानीमा आधिकारीक सरकारी निकायको समेत अनुमति बिना आफ्नो क्षेत्रमा खर्च गरेको भन्दै छानविनको विज्ञाप्तीमार्फ माग गरिएको छ । हालसालै सगरमाथा हिम पहिरोमा परी मृत्यु तथा बेपत्ता भएकाहरुको घरपरिवारलाई आर्थिक र भौतिक सहयोगको लागि पनि आग्रह गरिएको छ ।
त्ोस्रो चरणका आन्दोलनका कार्यक्रमहरु
१. असार ३ गते विभागीय मन्त्री समक्ष ज्ञापन पत्र बुझाउने र छलफल गर्ने,
२. असार ५ गतेपछि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन,
३. असार १० देखि सिजनअघिसम्म सम्पूण् पर्यटन मजदुरहरुमाझ आन्दोलन बारे ब्यापक प्रचार गर्ने र टानमा भएको अनियमिताको भण्डाफोर गर्ने ।
४. असार १५ देखि आउने सिजनसम्म टानका पदाधिकारीद्वारा संचालित ट्रेकिङ कम्पनीहरुलाई कालो सूचीमा राख्ने र सोबारेमा सम्पूण् बिदेशी नियोगहरुमा जानकारी पठाउने ।
५. असार २० टानका सहयोगी दातृ निकायहरुलाई मजदुरको समस्याहरुबारे जानकारी गराउने ।
६. मजदुरका मागहरु समाधान नभएमा आउने अक्टोबर सिजनको शुरुबाटै सबैनाकाहरुमा ट्रेकिङ्ग गु्पहरु अबरोध गर्ने ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

रसुवागढी नाकामा चहलपहल

२०८१ जेष्ठ ७ गते, सोमबार

जानकी नवमी मनाइँदै

२०८१ जेष्ठ ४ गते, शुक्रबार