योग पर्यटकीयस्थल बन्दै पञ्चमहालक्ष्मी धाम

२०७१ जेष्ठ १५ गते, बिहीबार


काठमाडौँ । प्राकृतिक मनोरमस्थल भक्तपुरको छालिङ गाविसमा रहेको पञ्चमहालक्ष्मी धामलाई अध्यात्म पर्यटनका रुपमा विकास गर्न लागिएको छ ।सातौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको उपलक्षमा सो गाविसको हिमालयन श्रीवन जङ्गलमा अवस्थित पञ्चमहालक्ष्मीधाम परिसरलाई आज औपचारिक रुपमा पर्यटन व्यवसायीले योग पर्यटकीयस्थल घोषणा गरेका हुन् ।काठमाडौँको ठमलेलबाट करिब १९ किमि दूरीमा रहेको पञ्चमहालक्ष्मी धाम परिसरमा विदेशी पर्यटकका लागि करिब रु एक करोडको लागतमा नेपालकै अत्याधुनिक नेपाल योग र स्वास्थ्य केन्द्र स्थापना गरिएको छ ।
उक्त केन्द्रमा नेपालकै पहिलो योगा विषयमा विद्यावारिधि गर्ने डा चिन्तामणि गौतमले प्रशिक्षण दिनेछन । साँखु उपत्यका र नगरकोटको बीचको सङ्गमस्थल पञ्चमहालक्ष्मी धाममा विश्वकै उत्कृष्ट प्रसिद्ध मञ्चमहालक्ष्मीको मन्दिर छ । मन्दिर परिसरमा नेपाल माताको मन्दिर, मुक्तिनाथ बाबाको मन्दिर, १०८ वटा गौमुख धारा, ताल मेडिटेशन गुफा बन्दैछ ।केन्द्रका अध्यक्ष राजन सिंखडाले पञ्चमहालक्ष्मी धामलाई आगामी दिनमा योग विश्वविद्यालय बनाउने लक्ष्य रहेको बताए । केन्द्रका कार्यक्रम निर्देशक योगगुरु डा चिन्तामणि गौतमले सबै मानिसलाई निरोगी बनाउने एउटै मात्र उपाय योग भएकाले यसलाई जनमानसमा पु-याउन जरुरी भएको बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

रसुवागढी नाकामा चहलपहल

२०८१ जेष्ठ ७ गते, सोमबार

जानकी नवमी मनाइँदै

२०८१ जेष्ठ ४ गते, शुक्रबार