रेडपाण्डा संरक्षणमा स्थानीयवासिन्दा रेडपाण्डा संरक्षणमा स्थानीयवासिन्दा

२०७१ जेष्ठ ८ गते, बिहीबार


काठमाडौं, ८ जेठ ।रसुवाका स्थानीयबासिन्दाको सहभागितामा दुर्लभ वन्यजन्तु रेडपाण्डा संरक्षणको लागि अध्ययन तथा अनुगमन थालिएको छ ।लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र पर्ने स्याफ्रुको गुप्चेखोला र ढोकाचेत क्षेत्रमा गएको वैशाख ३० गतेदेखि जेठ ५ गतेसम्म गरिएको अध्ययन तथा अनुगमनका क्रममा ३ वटा रेडपाण्डा भेटिएका छन् ।गत वर्षदेखि सुरु गरिएको समुदायमा आधारित संरक्षण, अध्ययन तथा अनुगमन कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको नादाङचे चोरी शिकारी नियन्त्रण समूहका अध्यक्ष ङवाङ फिन्जो तामाङले बताए ।
सूर्यकुण्ड मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, स्याफ्रु र नादाङचे चोरी शिकारी नियन्त्रण समूह, ठुलो स्याफ्रुको संयुक्त आयोजना, तथा लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र सहयोग आयोजना र डब्लुडब्लुएफ नेपाल हरियो वन कार्यक्रमको सहयोगमा अध्ययन तथा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा ३४०० मिटर उचाई रहेको गुप्चे खोला क्षेत्र वरिपरि ३ वटा रेडपाण्डा भेटिएको लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र सहयोग आयोजनाका वन प्राविधिक मनोज भुषालले बताए ।
समुदायमा आधारित अध्ययन तथा अनुगमन टोलीमा लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र सहयोग आयोजनाका कर्मचारी, लाङटाङ राष्ट्रिय निकुञ्जका गेम स्काउट, नादाङचे चोरी शिकारी नियन्त्रण समूह, गोसाइकुण्ड चोरी शिकारी नियन्त्रण समूह, चौरीखर्क कृषि सहकारी संस्था समितिका सदस्यहरुसहित ९ जनाको सहभागिता थियो ।
सन् १९८७ मा डा. प्रह्लाद योञ्जनले पहिलो पटक दुर्लभ वन्यजन्तु रेडपाण्डाको अवस्थाको बारेमा लाङटाङ राष्ट्रिय निकुञ्जको पोलाङ पाटी क्षेत्रमा अनुसन्धान भएको थियो । त्यसपछि अहिलेसम्म रेडपण्डाको बारेमा कसैबाट पनि यस प्रकारको गहिरो अध्ययन अनुसन्धान भएको थिएन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

रसुवागढी नाकामा चहलपहल

२०८१ जेष्ठ ७ गते, सोमबार

जानकी नवमी मनाइँदै

२०८१ जेष्ठ ४ गते, शुक्रबार