चिडियाखानामा ‘रातो पाण्डा’

२०७१ जेष्ठ २१ गते, बुधबार


काठमाडौं । जावलाखेलस्थित सदर चिडियाखानामा दर्शकहरुले रातो पाण्डाको अवलोकन गर्न पाउने भएका छन् । रामेछापबाट ल्याइएको करिब ६ वर्षको वयस्क पोथी पाण्डा सदर चिडियाखानामा सर्वसाधारणका लागि हेर्न खुला गरिएकोे चिडियाखानाका प्रमुख सरिता ज्ञवालीले बताइन् । उनका अनुसार विसं २०६९ चैतमा सो पाण्डा चिडियाखाना ल्याइएको भएपनि बिरामी भएको र पाण्डाका लागि उपयुक्त खोर नभएकाले सबै व्यवस्था मिलाई आजदेखि सबैका लागि खुला गरिएको हो ।ज्ञवालीका अनुसार विसं २०४५ देखि अहिलेसम्म सदर चिडियाखानामा पाण्डा राख्न सकिएको थिएन । उक्त जनावर यही जेठको पहिलो सातादेखि सर्वसाधारणलाई देखाइने भनिएपनि खोर निर्माणमा ढिला भएकाले देखाउन नसकिएको हो । हिमाली भेगमा पाइने पाण्डाको सरदर उमेर १० देखि ११ वर्ष हुने गर्दछ । पाण्डाका लागि वातानुकूलित संयन्त्र (एयर कन्डिसन) जडान गरिएको खोर बनाइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

रसुवागढी नाकामा चहलपहल

२०८१ जेष्ठ ७ गते, सोमबार

जानकी नवमी मनाइँदै

२०८१ जेष्ठ ४ गते, शुक्रबार