साइबेरियन चरा भित्रन थाले

२०७१ जेष्ठ १९ गते, सोमबार


काठमाडौं । शुक्लाफाँटा वन्यजन्तु आरक्षका सिमसार क्षेत्रबाट साइबेरियन चरा फर्कने क्रम सुरु भएको छ ।उत्तरी धुव्रमा चिसो बढ्न थालेपछि साइबेरियालगायतका क्षेत्रबाट चिसो छल्नका लागि यहाँका सिमसार क्षेत्रमा पुगेका विभिन्न प्रजातिका चरा यहाँ गर्मी सुरु हुन थालेपछि साइबेरियातर्फ फर्कन थालेका छन् ।
आरक्षका रानीताल, सलगौडीताल, कालिकिच ताल र तारा ताल क्षेत्रमा प्रतिवर्ष कात्तिक महिनादेखिनै साइबेरियन चरा आउने क्रम सुरु हुन्छ । सिमसार क्षेत्रमा बच्चाकोर्लेर चरा चैतदेखि जेठ महिनासम्म पुनः साइबेरियालगायतका क्षेत्रमा फर्कने गरेको आरक्षका मुख्य सरक्षण अधिकृत युवराज रेग्मीले बताए ।
साइबेरियन चराको सिमसार क्षेत्रमा देखिने हुललाई हेर्नकै लागि पर्यटक पुग्ने गरेको बताए ।शुक्लाफाँटा आरक्षसँगै चौधर नदी, महाकाली नदी, सनवोरा, स्याली नदी, बन्दाताल र प्याराताल क्षेत्रमा समेत साइबेरियन चराको हुललाई हेर्न सकिन्छ ।योसहति यहाँ विभिन्न प्रजातिका चरा पाइन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु