मालेको राष्ट्रिय सम्मेलन सुरु हुँदै

२०७० बैशाख २९ गते, आईतवार


काठमाडौ, । नेकपा मालेको छठौ राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदैछ । काठमाडौमा सुरु हुने सम्मेलनमा नीति र नेतृत्वका विषयमा छलफल हुनेछ ।
आज उद्घाटनसत्रमा सबै दलका उच्च नेताहरुलाई बोलाइएको छ । आज उद्घाटनसत्र काठमाडौको कमलादीमा सकिएपछि भोलिदेखि ललितपुरको शोभाहीटीमा बन्दसत्र हुने मालेले जनाएको छ ।
बन्दसत्रमा महासचिव सिपी मैनालीले राजनीतिक प्रतिवेदन पेश गर्नु हुनेछ । दुईदिनसम्म चल्ने बन्दसत्रमा पार्टीको नेतृत्व सहित पार्टीको विधान, कार्यनीतिका विषयमा छलफल हुने महासचिव मैनालीले जानकारी दिए ।
उनले चुनावलाई केन्द्रित गरेर नयाँ कार्यसमिति बनाउने पनि बताए । उद्घाटनसत्र आज दिउँसो १ बजेका लागि तय गरिएको छ ।

प्रतिक्रियाहरु