आज भण्डारी-आश्रतिको २०औ स्मृति दिवस

२०७० जेष्ठ ३ गते, शुक्रबार


काठमाडौ ,आज जेठ ३ गते कम्युनिस्ट नेता मदन भण्डारी र जिवराज आश्रतिको २०औ स्मृति दिवस मनाइदै छ । २०५० साल आजकै दिन नेकपा एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन प्रमुख आश्रतिको चितवनको दासढुंगामा जिप दुघटनमा परी निधन भएको थियो । यसै दिनलाई मदन आश्रीत स्मृति दिवसका रुपमा मनाइँदै आइएको छ । नेकपा एमालेले आज २०औँ मदन-आश्रति स्मृति दिवस मनाउन लागेको छ । मदन स्मृति दिवसका अवसरमा पार्टीीुख्यालय बल्खुमा भण्डारीको सालिकमा माल्यार्पण गरिएको छ ।
दर्ुइ नेताको मृत्यु हुनेगरी भएको जिप दुघटनालाई एमालेले रहस्यमय भन्दै आएको छ । एमालेको २०४९ सालमा सम्पन्न पाँचाँै अधिवेशनमा भण्डारीले जनताको बहुदलीय जनवादलाई पार्टीीे कार्यक्रमका रूपमा अघि सारेका थिए ।

प्रतिक्रियाहरु