एमाओवादीका सयौ कार्यकर्ता माओवादीमा प्रवेश

२०७० बैशाख ३१ गते, मंगलवार


काठमाडौ । एमाओवादीका करिब १०० कार्यकर्ता पार्टी परित्याग गरी नेकपा-माओवादीमा प्रवेश गरेका छन् ।यसरी प्रवेश गर्नेमा एमाओवादी सिन्धुपाल्चोक सहइन्चार्जसहित, जिल्ला सचिवालय सदस्य सानु योन्जन, जिल्ला सदस्य टासी लामा, नरबहादुर तामाङ, विक्रम तामाङ, हिमाल लामा, सोम तामाङ, विक्रम तामाङ, सुनिल लामालगायत छन् ।नवप्रवेशीलाई स्वागत गर्दै माओवादी महासचिव रामबहादुर थापाले सबै पार्टी रहेका देशभक्त अब माओवादीमा गोलबन्द भएर राष्ट्रियताको अन्तिम लडाइँ लड्ने बेला आएको बताए । उनले भने, “हाम्रा पुर्खाले नालापानीदेखि लडेको राष्ट्रियताको लडाइँले अझै पूर्ण पाएको छैन, देश अझै स्वाधीन हुन सकेको छैन, भर्खरैको लोकमान प्रकरण त्यसको उदाहरण हो ।”उनले आफूहरू वार्ता विरोधी नभए पनि पच्चीसबुँदे बाधा अड्काउ फुकाउ, नागरिकता विधेयकको खारेजी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भएको नियुक्ति खारेजीको पूर्व माग सम्बोधन नभएसम्म वार्तामा नजाने प्रस्ट पारे ।

प्रतिक्रियाहरु