मुलुक अकल्पनीय दुर्घटना तर्फ :विप्लब

२०७० जेष्ठ २ गते, बिहीबार


काठमाडौ , । नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द विप्लबले नयाँ निर्माण गर्ने संविधानको सैद्धान्तिक पक्षमा सहमति नगरी निर्वाचन गर्नुको कुनै अर्थ नरहने बताएका छन ।
माओवादीद्वारा नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा उनले‘सबै राजनीतिक दलबीच साझा सहमति निर्माण भयो भने निर्वाचन नगरेर पनि संविधान जारी गर्न सकिने दाबि गरे l राजनीतिक दलले जनताको प्रतिनिधित्व गर्ने भएकालेसंविधान निर्माणमा दलीय सहमति आवश्यक भएको धारणा राख्दै सचिव विप्लबले विमतिका विषयलाई चटक्कै बिर्सेर निर्वाचनले सबै विवाद किनारा लगाउँछ भन्नु जनतालाई झुक्याउनु मात्र भएको जिकिर गरे ।उनले मुलुक अहिले प्रतिगमनतफ धकेलिएको विचार व्यक्त गर्दै समय छँदै दलहरु नसच्चिए मुलुक अकल्पनीय दुर्घटनामा फस्ने चेतावनी पनि दिए ।एक अर्को प्रश्नको जवाफमा सचिव विप्लबले अनन्तः विमतिका विषयहरु वार्ताबाटै टुङ्गो लगाउन सकिन्छ, तर त्यसका लागि वातावरण निर्माण गर्ने दायित्व चार दलीय सयन्त्रले बनाउनुपर्छ भन्ने धारणा ब्यक्त गरे ।

प्रतिक्रियाहरु