औद्योगिक शान्तिको कुरा नौटंकी : आचार्य

२०७० जेष्ठ १ गते, बुधबार

काठमाडौं । अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका संयोजक रामदीप आचार्यले मजदूरका समस्या समाधान नगरी औद्योगिक शान्तिका कुरा नौटंकी मात्र र आफूहरुले त्यो शान्तिलाई नमान्ने बताएका छन । केन्द्रीय कार्यालयले तय गरेका संघर्षका कार्यक्रम बुधवार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै सो कुरा बताएका हुन् ।
वर्तमान सरकार मजदूरका समस्या समाधान गर्ने भन्दापनि राज्य आतंकतिर उद्यत रहेको आरोप समेत लगाए । ‘औद्योगिक शान्ति मजदूरको ढाँड सेकेर हुदैन’ आचार्यले भने । पाँच बुँदे संघर्षका कार्यक्रम सार्वजनिक गर्दै आचार्यले मजदूरको न्यूनतम तलब १५ हजार र दैनिक ज्यालादारीमा काम गर्ने मजदुरको दैनिक ७ सय हुनुपर्ने बताए । उनका अनुसार अबको आन्दोलन यही मुद्धामा केन्द्रीत हुनेछ । सार्वजनिक गरिएका संघर्षका कार्यक्रमहरुमा जेष्ठ १ देखि ७ सम्म प्रचार प्रसार र अन्तरक्रिया, जेष्ठ ८ देखि ९ गते सबै उद्योग–प्रस्तिठानमा कालो झण्डा गाड्ने, जेष्ठ १० देखि देशभरीका सबै उद्योग–कलकारखानाहरु बन्द गर्ने रहेका छन् ।- दिपेन्द्र रावल

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु