उच्चस्तरीय राजनीतिक समन्वय समिति गठन

२०७२ आश्विन २८ गते, बिहीबार

काठमाडौं, २८ असोज । सत्तारुढ दलले सरकार संचालनका लागि सहजीकरण गर्न भन्दै एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक समन्वय समिति गठन गरेका छन् । सिंहदरवारमा आज विहान बसेको सरकार समर्थित दलका शीर्ष नेताहरुको बैठकले सत्ता साझेदार मध्येको प्रमुख घटक एकीकृत माओवादी अध्यक्ष दाहलको संयोजकत्वमा ११ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो । संयन्त्रमा एमालेबाट बरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल र बिद्या भण्डारी सदस्य छन् ।
यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापा, फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छेदार, नेकपा मालेका महासचिव सिपी मैनाली, नेकपा संयुक्तका गणेश साह, राष्ट्रय जनमोर्चाका चित्रबहादुर केसी, नेमकिपाका नारायणमान बिजुक्छे र राप्रपा अध्यक्ष सहभागी छन् ।
संयन्त्रले सरकार संचालनका लागी सहयोग गर्ने र सरकारको नीति तथा कार्यक्रम बनाउन समन्वय गर्ने एमाले बरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।

प्रतिक्रियाहरु