मधेसी मोर्चासग वार्ता गर्न टोली बनाउने निर्णय

२०७२ आश्विन २८ गते, बिहीबार

काठमाडौं, २८ असोज । सरकारले आज बिहान बसेको मन्त्रिपरिषद बैठकले मोर्चासँग वार्ताको लागि सरकारी टोली बनाउने निर्णय गरेको छ । साथै सरकारले मधेसी मोर्चालाई वार्तामा आउन फेरि आह्वान गरेको छ । बैठकले भारतसँगको नाका खुलाउन औपचारिक पहल गर्ने निर्णय गरेको छ । यसैबीच उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले आन्दोलनरत तराई–मधेस केन्द्रित दलसँग वार्ताका लागि ठोस पहल गर्न सरकारलाई आग्रह गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको बैठकले वार्ताका लागि ठोस पहल गर्न सरकारलाई आग्रह गरिएको बैठकपछि समितिका संयोजक तथा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताए । उनले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससँग पनि समन्वय गरी समस्या समाधानका लागि तत्काल वार्ता टोली गठन हुने बताए । । बैठकले आन्दोलनरत दललाई भारतीय सीमा क्षेत्रमा गरिएको अवरोधका कार्यक्रम फिर्ता लिन पनि आग्रह गरेको छ ।

प्रतिक्रियाहरु