रुसद्वारा युक्रेनको प्रसिद्ध भवनमा आक्रमण

२०८१ बैशाख १८ गते, मंगलवार


काठमाडौँ । रुसले युक्रेनको ओडिसा तटमा गरेको मिसाइल आक्रमणमा कम्तिमा चार जनाको मृत्यु भएको छ । ‘ह्यारी पोर्टर क्यास्टल’ भनेर चिनिने पुरानो दरवार शैलीको एक भवनमा रुसले मिसाइल आक्रमण गरेको थियो । घटनामा ३२ जना घाइते भएका छन् ।
आक्रमणलगत्तै भवनमा भीषण आगलागी भएको थियो । युक्रेनको ओडेसामा रहेको उक्त भवनमा एउटा कानुन एकेडेमी रहेको थियो । युक्रनका पूर्व सांसद सर्ही किभालोभको स्वामित्वमा रहेको यो भवनलाई रुसी सेनाले विगत केही महिनादेखि निशाना बनाउँदै आएको थियो । -एजेन्सी

प्रतिक्रियाहरु