राजनीति

नयाँ संविधान एनजीओको विधान जस्तोः डा. देवकोटा

काठमाडौं । राष्ट्रिय जागरण अभियान नेपालका संयोजक डा. उपेन्द्र देवकोटाले अहिलेको संविधान एनजीओको विधान जस्तो भएकोले देशमा मानवीय संकट आएको बताएका छन् । राजनीतिक दलका नेतृत्व व्यक्तिगत स्वार्थमा लिप्त भएकै कारण नाटकीय ढंगबाट विधानको रुप लिएर संविधान जारी भएको बताए । अप्राकृतिक रुपमा गरिएको बाह्र बुँदे समझदारीको गर्भमा पश्चिमेली दिशाबाट प्रवेश पाएकोे संघीयता र धर्म […]

२०७२ मंसिर २४ गते, बिहीबार

अख्तियारको गतिविधि संकास्पद : एमाले र एमाओवादी

काठमाडौं, २३ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पछिल्लो गतिविधिप्रति सत्तारुढ दल एमाले र एमाओवादीले गम्भीर आशंका गरेका छन् । सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले र सत्ता साझेदार दल एनेकपा माओवादीले अख्तियारको पछिल्लो कदमप्रति गम्भीर आशंका जनाएका हुन् । कान्तिपुर दैनिकका अनुसार सत्तारुढ एमालेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्ना केही नेतालाई समेत बयानका लागि बोलाएकोमा […]

२०७२ मंसिर २३ गते, बुधबार

मधेसी मोर्चाका नेतालाई हरुवाको सज्ञा

काठमाडौ, २२ मंसिर । भारतको माथिल्लो सदन राज्यसभामा नेपालको वर्तमान अवस्थाबारे गम्भीर बहस भएको छ । हिजो अपरान्ह भएको छलफलमा भाग लिँदै विभिन्न दलका सांसदहरुले भारतको नेपालसँगको सम्बन्ध इतिहासमै कमजोर अवस्थामा पुगेको भन्दै यो भन्दा तल जान नदिन सरकारलाई सुझाव दिएका छन् । उनीहरुले भारतबाट इन्धन लगायतका सामाग्रीको आपूर्ति नहुँदा नेपालमा मानवीय संकट गहिरिएको भन्दै […]

२०७२ मंसिर २२ गते, मंगलवार

​संविधानको एक महिने प्रचार अभियान सुरु

काठमाडौं, २१ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानबारे जानकारी गराउन एक महिने अभियान उद्घाटन गरेका छन । काठमाडौंको राष्ट्रिय सभागृहमा एक सामारोहका बीच ‘जनताको संविधान जनताकै माझमाझ भन्दै प्रधानमन्त्री ओलीले संविधानको अन्तर्वस्तु समेटेर तयार पारेको वृत्तचित्र पनि सार्वजनिक गरे। अभियान सुरुवातको कार्यक्रममा उपप्रधानतथा स्थानीय विकास मन्त्री कमल थापाले नयाँ संविधान नेपाली जनताको सम्पत्ति भएकाले […]

२०७२ मंसिर २१ गते, सोमबार

मोर्चाका शीर्ष नेता दिल्ली दौडिए

काठमाडौं,२० मंसिर । मधेसी मोर्चाका शीर्ष नेता दिल्ली प्रस्थान गरेका छन् । तीन दलको साझा धारणा अस्वीकार गरेका उनीहरुले दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत राजनीतिक दलका नेतासँग नेपालको समसामयिक राजनीतिक घटनाक्रम र परिस्थितिबारे छलफल गर्ने कार्यक्रम छ । मोर्चाका नेताहरु राजेन्द्र महतो र महेन्द्र राय यादव शनिबार नै दिल्ली पुगिसकेका छन् भने उपेन्द्र यादव […]

२०७२ मंसिर २० गते, आईतवार

भूकम्प पीडितलाई काठ ९० प्रतिशत छुटमा दिइने

काठमाडाै‌,१८ मंसिर । वन तथा भूसंरक्षण मन्त्री अग्नीप्रसाद सापकोटाले भूकम्प पीडितलाई घर निर्माणका लागि ९० प्रतिशत छुटमा आवश्यक काठ उपलब्ध गराउने बताएका छन । ‘भूकम्प पीडितलाई आवास निर्माणको लागि काठ उपलब्ध गराउने कार्ययोजना तयार भएको छ । योजना कार्यान्वयनमा आएपछि ९० प्रतिशत रकम छुटमा काठ उपलब्ध गराउँछौ’ शुक्रबार रिपोर्टर्स क्लबमा भएको साक्षात्कारमा उनले बताए । […]

२०७२ मंसिर १८ गते, शुक्रबार

प्रधानमन्त्री ओलीको सम्पत्ति ७ लाख मात्र

काठमाडौं, १७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नाममा ७ लाख रुपैयाँ मात्र रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका छन । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उनले पेस गरेको सम्पत्ति विवरणमा आफ्नो नाममा एभरेष्ट बैंकमा सात लाख रुपैयाँ रहेको उल्लेख गरेका छन । उनको अरु घरजग्गा र धनसम्पत्ति श्रीमती राधिका शाक्यको नाममा छ । सम्पत्ति विवरण […]

२०७२ मंसिर १७ गते, बिहीबार

सुगौली सन्धिमा गुमेको भुमि फिर्ता लेउ : ग्रेटर नेपाल

काठमाडौं । सुगौली सन्धि भएको २०० वर्ष पुगेको छ । यसै क्रममा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले डिसेम्बर २ लाइ कालो दिवसका रुपमा मनाएको छ । सन् १८१५ डिसेम्बर २ मा बेलायतले सुगौली सन्धि प्रस्ताव गरेको र आज २०० वर्ष पुगेको अवसरमा सुगौली सन्धिमा गुमेर फिर्ता हुन बाकी भूभाग भारतले फिर्ता गर्नुपर्छ भन्ने माग गर्दै ग्रेटर […]

२०७२ मंसिर १६ गते, बुधबार

भारतीय नाकावन्दी विरुद्ध विशेष अभियान प्रारम्भ

काठमाडाैं,१५ मंसिर । ६७ औ विश्व मानव अधिकार दिवसका सन्दर्भमा मानव अधिकार तथा शान्ति समाजले ‘नाकाबन्दी मानवता विरुद्धको अपराध हो, नाकावन्दी मानव अधिकारमाथि कुठाराघात हो’ भन्ने मुलनारा सहित १० दिवसीय विशेष अभियान मसिंर १५ गते जोरपाटीबाट प्रारम्भ गरेकोे छ । यस क्रममा मंसिर १५ गते दिउँसो जोरपाटी चोकमा हस्ताक्षर संकलन प्रारम्भ भएको छ । जसमा […]

२०७२ मंसिर १५ गते, मंगलवार

सत्तारुढ दल, प्रतिपक्ष र आन्दोलनरत मोर्चाबिच वार्ता हुँदै

काठमाडौं,१६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सत्तारुढ दल, प्रमुख प्रतिपक्ष कांग्रेस र आन्दोलनरत मधेसी मोर्चाबिच वार्ता हुने भएको छ । प्रधानमन्त्रीओलीको आह्वानमा गतसोमबार भएको बैठकले सीमांकनमा केन्द्रित रहेर वार्ता गर्ने निर्णय भए अनुसार मुख्य दलहरुबिच आज छलफल हुन लागेको हो । तर निर्णायक हुने भनिएको आजको वार्तामा मोर्चाका शीर्ष नेता भने सहभागी […]

२०७२ मंसिर १६ गते, बुधबार