विचार

संकटमा परेको संविधान र संसदीय व्यवस्था

नेपालमा घोषणा भएको सातवर्ष पूरा हुँदा नहुँदै ०७२ को संविधानमा आमूल परिवर्तन गरिनुपर्ने अवस्था सिर्जना भएको छ । गत माघे संक्रान्ति (माघ १ गते) को उपलक्षमा राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा आयोजना गर्नुभएको एक चियापान कार्यक्रममा संविधान कार्यान्वयन हुन नसकेको विषयमा गम्भीर प्रश्न उठेको थियो । पछिल्लो समयमा नेपालमा बढ्दो विदेशी हस्तक्षेप र संविधानको कार्यान्वयनको […]

२०८० माघ ८ गते, सोमबार

सभ्य समाजको लागि शिक्षित महिला अनिवार्य

म सानो छँदा स्कुल जान मन लाग्थ्यो तर भाइबहिनीहरु हेरेर घरमा वस्नु पथ्र्यो । हामी सानै उमेरमा घाँस दाउरा ल्याउँंन नसकेपनि गाइभैसी चराउन वनमा जानु पथ्र्यो । हाम्रो स्कुल जाने मन भएपनि हाम्रा इच्छाहरु मारेर वस्नु पथ्र्यो । यो मेरो घटना समाजका हरेक दिदिवहिनीहरुको नियती जस्तै वनेको थियो । भाईहरु स्कुले पोशाक लगाएर स्कुल जाँदै […]

२०८० पुष २९ गते, आईतवार

नेपाल र भारतबीच समस्या एकातिर संझौता अर्कातिर

नेपालले पछिल्लो समयमा असंलग्न परराष्ट्र नीति र अशल छिमेकी नीतिमा सन्तुलित भूमिका खेल्न नसकेको जुन चर्चा परिचर्चा भैरहेको थियो, त्यसलाई नेपाल र भारतबीच गत १९ गते हस्ताक्षर भएका चारवटा सहमतिले पुष्टि गरेका छन् । चीन र भारतजस्ता दुई ठूला मुलुकको बीचमा रहेको नेपालले यसरी एकपक्षीय ढंगले अगाडि बढ्नु हुने थिएन । यसले नेपाललाई दीर्घकालीनरुपले नकारात्मक […]

२०८० पुष २३ गते, सोमबार

राजनीतिमा महिला सहभागिता

सबै नीतिहरुको राजा राजनीति हो । राजनीति सबै नीतिहरुको नेतृत्व गर्ने मुख्य नीति हो । सत्ता निर्माण हुँदा धेरै नीतिहरु हुन्छन् अर्थ नीति, कानुन नीति, सुरक्षा, प्रशासन, कृषि, स्वास्थ्य, शिक्षा, विदेश नीति आदि धेरै नीतिहरु हुन्छन् ती सबै नीतिहरुको संरक्षण विकास र नियन्त्रण राजनीतिले गर्दछ । राजनीतिमा सबै वर्ग, धर्म, क्षेत्रहरुको समान सहभागिता अनिवार्य हुनुपर्दछ […]

२०८० पुष २२ गते, आईतवार

वैज्ञानिक समाजवादका लागि कम्युनिष्ट पार्टीहरुको एकता

पछिल्ला कतिपय कार्यक्रमहरुमा कतिपय नेताहरुले वाम एकताको आवश्यकता औँल्याएको पाइएको छ । यो नेपालको पुरानै र आकर्षक नारा हो । तर, बिद्यमान अवस्थामा नेपालमा वाम एकताको मात्र कुनै औचित्य देखिएको छैन । आजको प्रमुख आबश्यकता भनेको वैज्ञानिक समाजवाद मान्ने कम्युनिष्ट पार्टीहरुबीचको एकता हो । किनकि पछिल्लो समयमा केही समूहहरुले वाम शब्दलाईनै बिकृत बनाइसकेका छन् । […]

२०८० पुष १६ गते, सोमबार

पुर्जी प्रकरण सरकारको कि अदालती नियत ?

गएको २०८० मंसिर १८ गते काठमाडौँ । जिल्ला अद्दालतले नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, प्रबक्ता प्रकाण्ड सी, नेता माइला सी लगायतका नाममा पक्राउ पुर्जी जारी गरेको छ । यो मुद्दा २०७६ सालमा केही चर्चहरुमा अज्ञात व्यक्तिहरुद्वारा तोडफोड गरिएको घटनासंग सम्बद्ध छ ।स्मरणीय छ कि नेपाल कम्युनिस्ट पार्टीले केही भ्रष्टाचारीहरु, एनसेलको ७२ अरबको ठगी काण्ड, […]

२०८० पुष १३ गते, शुक्रबार

कमरेड माओका महत्वपूर्ण १० शिक्षाहरु

सामान्य अर्थमा मान्छे दुई प्रकार हुने गर्दछन् – एउटा सामान्य मान्छे र अर्को असामान्य मान्छे । कमरेड माओ त्यहि असामान्य मान्छे हुन् जो असाध्यै थोरै राम्रा मान्छेभित्र पर्दछन् । टाइम्स पत्रिकाले कमरेड माओलाई विश्वका १०० जना सवभन्दा प्रभावशाली व्यक्तिहरुमा एक जना हुन् भनेर लेखेका छन् । उनै महान व्यक्ति कमरेड माओको १३१औं जन्मदिन अर्थात १३१औं […]

२०८० पुष १२ गते, बिहीबार

चिनियाँ कम्युनिस्ट पार्टीभित्र दुई लाइन संघर्ष र प्रतिक्रान्ति

कमरेड माओ त्सेतुङको नेतृत्वमा १ अक्टोबर १९४९ मा चीनमा महान् नयाँ जनवादी क्रान्ति सम्पन्न भयो । २८ वर्षको निरन्तर वर्षको इतिहासमा चिनियाँ कम्युनिस्ट पार्टीले विजय हासिल ग¥यो । त्यसै दिन कमरेड माओले तेयनमेनचोकबाट जनवादी गणतन्त्र चीनको घोषणा गर्नु भएको थियो । र, महान् चिनियाँ जनता सामन्तवाद र साम्राज्यवादको पञ्जाबाट मुक्त भएका थिए । १९५४ मा […]

२०८० पुष १० गते, मंगलवार

माओ त्सेतुङ : विश्व सर्वहारा वर्गका महान् नेता

“शत्रुको सैन्यशक्तिलाई एक एक गरी ध्वस्त पार्न श्रेष्ठ सैन्यशक्ति केन्द्रित गर, क्रान्तिकारी युद्ध जनसमुदायको युद्ध हो, जनतालाई संगठित गरेर उनीहरुमाथि भर परेर मात्र यसलाई चलाउन सकिन्छ । साँच्चिकै फलामे किल्ला के हो ? त्यो जनसमुदाय हो, ती लाखौं जनता हुन्, जो वफादारीपूर्वक र इमान्दारीपूर्वक क्रान्तिको समर्थन गर्दछन् । यो त्यही वास्तविक किल्ला हो, जसलाई कुनै […]

२०८० पुष १० गते, मंगलवार

अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन र स्टालिन

विश्व सर्वहारावर्गका महान् नेतामध्ये एक कमरेड स्टालिनलाई गत साता अर्थात डिसेम्बर १८ (पुस २ गते) विश्वभरका कम्युनिष्ट पार्टीहरुले फेरि एक पटक संझना गरे । विभिन्न कार्यक्रमहरुको आयोजना गरेर स्टालिनको १४५ औँ जन्म दिवस मनाइयो । स्टालिन सन् १८७८ को डिसेम्बर १८ मा जन्मनु भएको थियो । उहाँको निधन सन् १९५३ मा ७५ वर्षको उमेरमा भएको […]

२०८० पुष ९ गते, सोमबार