ब्राजिलमा बाढी: ७५ जनाको मृत्यु , १०३ जना बेपत्ता

२०८१ बैशाख २४ गते, सोमबार

काठमाडौँ । ब्राजिलमा शनिबारदेखि भइरहेको भारी वर्षापछि आएको बाढीमा परी कम्तीमा ७५ जनाभन्दा बढीले ज्यान गुमाएका छन् भने १०३ जना अझै पनि सम्पर्कविहीन रहेको विभिन्न सञ्चार माध्यमले उल्लेख गरेका छन् । बाढीमा परेर कम्तिमा १ सय ५५ जना घाइते भएका छन् भने ८८ हजार जना भन्दा बढी घरबारविहीन हुन पुगेका छन्
। अत्यधिक वर्षापछिको बाढीका कारण ५ लाखभन्दा बढी मानिसले सफा पानी र बिजुली कटौतीको सामना गर्नुपरेको बताइएको छ। बाढीबाट देशभरका करिब २५० सहर प्रभावित भएको र कयौँ सडक तथा पुल भत्किएको बीबीसीले जनाएको छ।
बेन्टो गोन्काल्भेसमा रहेको एउटा बाँध नजिक पहिरो जाँदा ३० जनाको मृत्यु भएको र बाँध टुट्ने जोखिममा रहेको एजेन्सीहरुले जनाएका छन् । यो बाँध टुटे हजारौँ मानिस जोखिममा पर्नेछन्। -एजेन्सी

प्रतिक्रियाहरु