सभ्य समाजको लागि शिक्षित महिला अनिवार्य

२०८० पुष २९ गते, आईतवार
राजकुमारी सी

म सानो छँदा स्कुल जान मन लाग्थ्यो तर भाइबहिनीहरु हेरेर घरमा वस्नु पथ्र्यो । हामी सानै उमेरमा घाँस दाउरा ल्याउँंन नसकेपनि गाइभैसी चराउन वनमा जानु पथ्र्यो । हाम्रो स्कुल जाने मन भएपनि हाम्रा इच्छाहरु मारेर वस्नु पथ्र्यो । यो मेरो घटना समाजका हरेक दिदिवहिनीहरुको नियती जस्तै वनेको थियो । भाईहरु स्कुले पोशाक लगाएर स्कुल जाँदै गर्दा हामीलाई पनि स्कुल जाने रहर त लाग्थ्यो तर समाजमा छोरीले पढ्ने होइन भन्ने संस्कार थियो । छोरी भएर जन्मेपछि घर राम्रोसित समाल्नु पर्छ घरका वा आमा र श्रीमानले प्रसंसा गर्ने काम गर्नु पर्छ छोरीको जीवनमा यो नै सवैथोक हो भन्ने आमाले संस्कार दिनु हुन्थ्यो । यो सवै हुनुमा हाम्रो समाजको पृतिसत्तावादी सँस्कार दोषी थियो । मेरो फुपुले त्यतिवेला एसएलसी दिनु भएको थियो । हाम्रो गाउँका जम्मै पुरुषहरु नै एसएलसी सहभागि नभएको वेला महिलाले एसएलसी दिने कुरा सानसानो युद्ध जितेजतिकै थियो तर फुपुले मलाई पढ्नु पर्छ भनिरहनु हुन्थ्यो । फुपुले पढ्नु पर्छ भन्दा अरु महिलाले अंह महिला पढी क्या निखारो पाढ्न्याछौ भन्ने थेगोले जितीरहेको थियो । वाजे गाउँकै सवैले मान्ने नेतामा नै गनिनु हुन्थ्यो । वाजेले मलाई अलि पछि स्कुलमा भर्ना गर्नुभयो र म नियमित स्कुल जान सुरु गरे । स्कुलका सरहरुले मलाई पढ्नु पर्छ नानी पढेपछि असल मान्छे भईन्छ भनेर नियमित हौसला दिनु हुन्थ्यो । छोरीहरु पढ्नु हुँदैन यी अर्काका घर जाने हुन वरु छोरा पढाउँनु पर्छ भोली कामलाग्छन भन्ने पुरुवादी सोच अहिलेपनि हाम्रो समाजमा जवरजस्त छ । तर यो सोच पछिल्लोचोटी गलत सावित हुँदै गईरहेको छ । नेपाली समाजमा आमावावुको वुढेसकालमा छोरीहरुनै वढि साहारा भएको पाईन्छ वरु कैयौं छोराहरुले आमावावुलाई वृद्धाआश्रम पठाएको हामी देख्न पाउँछौं । त्यसैले महिलाहरु शिक्षित हुनु नै एउटा घर शिक्षित हुनु हो र घर शिक्षित हुनु समाज र सिंगो देश सम्रीद्ध वन्ने कुरासंग जोडिन्छ ।
कतिपय समुदायमा भने अझै पनि बहुसंख्याक अविभावक छोरीलाई भन्दा छोरालाई शिक्षित बनाउन पाए आफ्नो भविष्य सुखमय बन्छ भन्ठान्छन् । तिनीहरूले छोरालाई काख छोरीलाई पाखा गरी हुर्काई रहेकाछन् । जतिसुकै गफलाए पनि हामी पनि त्यही धरातलवाट उठेको मान्छे नै हो । साथै टोलछिमेकमा समुदायका अधिकांश अभिभावकले छोरीलाई पढाउनु भन्दा चाँडै बिहे गरिदिन पाए हुन्थ्यो भन्ने सोच्दछन । छोरीलाई पढाउने प्रचलन अहिले आए पनि पहिला कमजोर उपस्थिति थियो । कथंकदाचित् छोरीलाई स्कूल पठाइहाले पनि उच्च शिक्षा हासिल गराउनेबारे सोच्न पनि सक्दैनथे । धेरैजसो अभिभावकमा छोरीलाई पढाए पढेकै जुवाई पाइएला भन्ने मान्यता छ । छोरी पढेर आत्मनिर्भर वन्लान भन्ने होईनकी राम्रो पढेको जुवाँई पाउलिन र उसैको साहारामा वाच्लिन भन्ने सोच अहिले पनि हाम्रो समाजमा जवरजस्त छ । हाम्रो समाजमा अविभावकहरु पढाउने आर्थिक भारको कारण सानैमा छोरीको बिहे गरिदिन हतारिएका देखिन्छन् । सहरबजारमा बसोबास गर्ने समुदायमा पनि यो प्रवृत्ति वढीनै देखिन्छ । यस अर्थमा वर्तमान शिक्षाले सबै वर्ग, समुदाय, धर्म र जातजातिका मानिसलाई शिक्षाको महत्त्व बुझाउन सकेको देखिंदैन । पछिल्लो समय शिक्षाले व्यक्तिविशेषलाई मात्र हैन,आफू बस्ने समाजलाई कसरी उत्तम बनाउन सकिन्छ भनेर विकासप्रेमी मानिसहरू लागिपरेका छन् । यस्ता विकासप्रेमी मानिसको भीडमा शिक्षित महिलाहरूको अर्थपूर्ण सहभागिता भने हुन सकिरहेको छैन । अर्थात् अझै पनि हुनेखाने घरपरिवारका बहुसंख्यक शिक्षित महिलाको बौद्धिकता घरपरिवारभित्रै सीमित देखिन्छ । यस्तै, पितृसत्तात्मक समाजको पुरुषमैत्री घरपरिवारमा अझै पनि शिक्षित महिलाले घरपरिवारलाई महिलामैत्री बनाउन सकेका छैनन् । विशेष गरी शिक्षित गृहिणी महिलाको दैनिकी श्रीमान्, ससुरा र छोराहरूको हेरचाहमै सीमित देखिन्छ । हिजो हुनेखाने घरपरिवारका बहुसंख्यक अभिभावकले छोरीलाई शिक्षित बनाउँन सके हुनेखाने घरमै बिहे होला र छोरी सुख पाउली भनेर मात्रै छोरीलाई हुर्काएका थिए भने आज त्यस्तो परिवेशमा हुर्केका अधिकांश शिक्षित छोरीमा आफ्नो स्वार्थ मात्र पुरा गर्ने प्रवृत्ति झांगिएको छ । बहुसंख्यक शिक्षित छोरीका बौद्धिकतालाई आफ्नै अभिभावकहरूले सीमित घेराभित्र पारिदिएपछि तिनले पाएको शिक्षाको दायरा फराकिलो हुन नसकेको राम्रैसित वुझ्न सकिन्छ । जनयुद्धले गरेको वैचारिक चेतनाको विकास अनि अहिले भएको प्रविधिको नयाँ विकासले हरेक क्षेत्रमा शिक्षित महिलाको सहभागिता बढ्दै गएको छ, तर त्यो अर्थपूर्ण भने हुन सकेको छैन । अन्य क्षेत्रमा भन्दा नेपाली राजनीतिमा शिक्षित महिलाको उपस्थितिले सतही रूपमा भए पनि महिलाको खुस्सी बढाएको देखिन्छ । यद्यपि बहुसंख्याक महिलाहरूको जीवनस्तरमा खासै परिवर्तन भएको देखिदैन । जस्तो मधेश प्रदेशमा प्रदेश सरकारले मावि तह पढ्दै गरेका छात्राहरूलाई साइकल वितरण गर्ने लगायत,कतिपय स्थानीय तहले दोस्रो सन्तानका रूपमा छोरी नै जन्मिए केही रकम बैंकमा जम्मा गरिदिने कार्यक्रम अघि सारेका छन् । विकट र दुर्गममा जन्मियका नानिहरुलाई छात्रवृत्ति,तेल तथा खाजा समेत दिएर महिलाहरुको शिक्षाग्रहण गर्न प्रेरित गर्न धेरै प्रयास गरेको देखिन्छ तर जति गर्नुपर्ने हो त्यति हुन सकेको छैन । तीनै तहका सरकारमा आवद्ध महिला राजनीतिकर्मीले महिला र बालिका शिक्षासम्बन्धी उल्लेखनीय र प्रभावकारी कार्यक्रम अघि सार्न खासै पहल गरेको देखिदैन । यसो हुनुमा उनीहरूको शैक्षिक योग्यता र पृष्ठभूमिको महत्वपूर्ण भूमिका छ । अहिलेको आवश्यक्ता अनुसार योज्ञता र क्षमताको विकास गरि आफुलाई प्रतिस्पर्धी वननाउन सक्नु पर्दछ । यस्तो समयसापेक्ष नभएका कारणले पनि उनीहरूले विकास–निर्माण लगायतका स्थानीय समस्या पहिचान गर्न सकेका छैनन् । जनप्रतिनिधि भएर पनि स्थानीय समस्या छुट्याउन नसक्ने भएपछि संख्यात्मक रूपमा महिलाहरूको राम्रो उपस्थिति भएपनि उपलब्धि कम हुन पुगेको छ । यसरी महिला जनप्रतिनिधिले विकास–निर्माणमा खासै चासो–चिन्ता नलिएपछि पुरुष प्रतिनिधिहरूलाई हाइसन्चो जस्तै भएको छ । कतिपय स्थानीय तहमा विकास निर्माणसम्बन्धी काममा महिला जनप्रतिनिधिहरूले चासो चिन्ता लिए पनि पुरुष जनप्रतिनिधिहरूले सहभागी नगराएको कुरा बेलाबेला सञ्चारमाध्यममा आउने गरेको छ । यति सम्म की पालिका भवन वनाउँदा उपप्रमुख महिलाको नाम सिलालेखमा नराख्ने र महिलाहरुलाई वाईस गरेको देखेर पालिका अध्यक्षको सिलामा लेखेको नाम तोड्ने समेत रमाईला घटना हामीले सामाजिक सन्जालमा देख्न पाउदछौं । कतिपय सामाजिक संघसस्थाले महिला जनप्रतिनिधिलाई सशक्तीकरणसम्बन्धी प्रशिक्षण र तालिम दिए पनि व्यवहारमा शासन व्यवस्था र पहलकदमीमा उनीहरूको भूमिका प्राय न्युन देखिन्छ । यसरी संघीय सरकारमा शिक्षित र प्रशिक्षित महिला जनप्रतिनिधिहरूको अर्थपूर्ण सहभागिता नभएपछि प्रदेश र स्थानीय तहहरूमा आबद्ध महिला जनप्रतिनिधिहरूमा यसको प्रभाव पर्नु स्वाभाविकै हुने भईहाल्यो ।
तथ्यांकमा जाँदा २०७८ सालको जनगणना अनुसार, नेपालको साक्षरता दर ७६.२ प्रतिशत रहेकोमा पुरुष साक्षरता दर ८३.६ प्रतिशत र महिला साक्षरता दर ६९.४ प्रतिशत छ । अर्थात्, सयमा ३१ महिला अझै निरक्षर छन् । महिला साक्षरता दर पनि मधेश प्रदेशमा ५४ र सुदूरपश्चिम र कर्णलीमा ६८.२ प्रतिशत छ । नेपालमा अझै पनि ५ वर्षमाथिका साढे ६३ लाख मानिस निरक्षर छन् र त्यसमा ठूलो हिस्सा महिलाकै छ ।(जनगणना २०७८ को तथ्यांकबाट)
यसरी निरक्षर मानिसहरूको भीडमा महिलाको संख्या बढी हुनु भनेको समाजलाई अधोगतिमा लानु हो । यस्ता निरक्षर महिलाहरूको भीडमा हामी सबै छोरी वुहारी सासु तथा दिदीवहिनी पर्दछौं ।् जस्मा कतिपय जीवनको उर्जासील समय समाजमा खर्चे पनि अन्तमा बुद्धाश्रम पुगेका छन भने कोही अझ समाजमा हेपाईको जीवन वाच्न बाध्य छन् । पछिल्लो समय नेपालमा महिला निरक्षरता घटाउन सरकारीस्तरबाट भन्दा पनि समुदायस्तरबाट महिला विद्यालयहरू स्थापित भएका छन् । ललितपुर,काठमाडौ र बुटवल लगायतमा गरी, झन्डै आधा दर्जन महिला विद्यालयले वाल्यावस्था तथा किशोरावस्थामा स्कुले शिक्षा हासिल गर्न नपाएका गृहिणी युवा किशोरीहरूलाई कलेज शिक्षा दिइरहेका छन । यता निरक्षरता दर घटाउन सरकारले प्रौढ कक्षा, साक्षरता लगायतका अनौपचारिक कार्यक्रमसमेत सन्चालन गर्दै आएको छ । यस अर्थमा वालिका शिक्षामा लगानी तथा महिला साक्षरता दर बढाउन ७५३ वटै स्थानीय तहले रणनीतिक योजनासहित विशेष कार्यक्रम सञ्चालन गर्न जरुरी छ । यसका लागि महिला विद्यालयहरूको संख्या वढाउनुपर्छ । स्थानीय तहहरूले निजी तथा सामुदायिक विद्यालयहरूसँग समन्वय र सहकार्य गरी महिला सहभागितामा जोड दिन जरुरी छ । केही वर्षअघि गैरसरकारी सस्थाले स्थानीय तह तथा सामाजिक संघसंस्थासंग समन्वय र सहकार्य गरी कतिपय जिल्लामा अभिभावक शिक्षा कार्यक्रम चलाएका थिए । यसरी विगतमा अभिभावक शिक्षा कार्यक्रमले पनि महिला साक्षरता बढाउन केहीमात्रामा मद्दत पुगेको देखिन्छ । एनजियो आईएनजीयो डलरको लागि केही गर्न खोजे पनि त्यो डलर पचाउने नियतमा आएकोले प्राभावकारी हुने कुरै भएन ।
समाजवादी सभ्य समाजको निर्माणमा शिक्षित पुरुषको मात्र हैन, शिक्षित महिलाको पनि उत्तिकै भूमिका हुन्छ । समाज विकासको जति नारा दिएपनि हामीले महीलाहरुको क्षमता राज्यको सहभागिता र राजनितिक सहभागितामा हल दिन सकेनौं भने हामी समाजवाद त के वुर्जुवा समाज पनि निर्माण गर्न सक्ने छैनौं । वाहिर समाजमा ठुलाठुला भाषण गर्ने छोरी वुहारी र श्रीमतिहरुलाई स्कुल पढ्न नदिने राजनिति गर्न समाजमा जान नदिने । छोरी वुहारीलाई आधारभुत शिक्षा दिने र विदेशीका भाडामाझेरै भएपनि डलर ल्याँउने आस गर्ने अहिलेको प्रचलन रहेसम्म समाजविकास सम्भब छैन । आफ्नो अधिकारको लागि लड्ने र देशको र समाजको लागि सोच्ने चेतना डाईवड गरिएको छ जो गलत छ । यसरी यो संस्कारले नेपालको समाजलाई नयाँ ठाउँमा हामीले लिन सक्दैनौं । अझ सत्ता परिवर्तन गर्ने र समाजवाद ल्याउँनेकुरा त सम्भव हुने नै भएन । नेपाली समाजलाई विकास र परिवर्तनको आधारमा पुर्याउन दलाल सत्ता फालेर नेपाली विशेषताको समाजवाद ल्याउँन जरुरी छ । यसका लागि शिक्षित महिलाहरूको बौद्धिकतासँगै क्रियाशीलता अपरिहार्य छ भन्ने वास्तविकता पितृसत्तावादी समाजले बुझ्नुपर्छ ।

प्रतिक्रियाहरु