सभामुख घिमिरेद्वारा शीर्ष नेताहरूको बैठक आव्हान

२०८१ बैशाख २४ गते, सोमबार


काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रमुख दलका शीर्ष नेताहरूको बैठक आव्हान गरेका छन् । मंगलबार बिहान साढे ११ बजे सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरूको बैठक बोलाइएको हो ।
सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बैठकमा बोलाएका छन् ।
आगामी अधिवेशन सुरू हुनुअघि नै सहमति प्रयासका लागि सभामुखले शीर्ष नेताहरूलाई बोलाएको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रियाहरु