माओ त्सेतुङ : विश्व सर्वहारा वर्गका महान् नेता

२०८० पुष १० गते, मंगलवार

“शत्रुको सैन्यशक्तिलाई एक एक गरी ध्वस्त पार्न श्रेष्ठ सैन्यशक्ति केन्द्रित गर, क्रान्तिकारी युद्ध जनसमुदायको युद्ध हो, जनतालाई संगठित गरेर उनीहरुमाथि भर परेर मात्र यसलाई चलाउन सकिन्छ । साँच्चिकै फलामे किल्ला के हो ? त्यो जनसमुदाय हो, ती लाखौं जनता हुन्, जो वफादारीपूर्वक र इमान्दारीपूर्वक क्रान्तिको समर्थन गर्दछन् । यो त्यही वास्तविक किल्ला हो, जसलाई कुनै पनि शक्तिले भत्काउन असम्भव छ, विल्कुलै असम्भव छ । प्रतिक्रान्तिले हामीलाई नष्ट पार्न सक्तैन, बरु हामीले नै त्यसलाई, सखाप पारि दिने छौं । क्रान्तिकारी सरकारको वरिपरि लाखौं लाख जनतालाई एकत्र गर्दै हाम्रो क्रान्तिकारी युद्धलाई फिजाउँदै हामीहरु सबै प्रतिक्रान्तिलाई सखाप पारि दिने छौं र पूरा चीनमाथि कब्जा जमाउने छौं ।’ –माओत्सेतुङ
माओत्सेतुङको जन्म २६ डिसेम्बर १८९३ मा चीनको हुनान प्रान्तको स्याङतान जिल्लाको पहाडी गाउँ साओ साङचुङमा भएको थियो । माओत्सेतुङले एउटा अर्ध सामन्ती र अर्धऔपनिवेशिक मुलुक गरिने क्रान्तिको रणनीति र कार्यनीतिको निक्र्यौल गरे । माओले चिनियाँ समाजको वर्गविश्लेषण, ग्रामीण वर्गसङ्घर्षको सिद्धान्त, माक्र्सवाद, लेनिनवादलाई सिर्जनात्मक रूपले चिनियाँ क्रान्तिमा प्रयोगको सन्दर्भमा युगान्तकारी सफलता हात पारे । उनले लालसेनाको निर्माण, छापमार युद्ध, गाउँदेखि शहर घेर्ने दीर्घकालीन जनयुद्धको सिद्धान्त प्रतिपादन गरे । पार्टी, सेना र संयुक्त राजनीतिक मोर्चालाई क्रान्तिकारी तीन जादुमयी हतियार भन्ने संश्लेषण गरे । क्रान्ति बन्दुकको नालबाट निस्कन्छ भन्ने निष्कर्षसहित चिनियाँ नयाँ जनवादी क्रान्तिको नेतृत्व गरे । मजदूर–किसान एकतामा आधारित क्रान्तिको नेतृत्व सर्वहारावर्गको अग्रदस्ता कम्युनिस्ट पार्टीले गर्नुपर्दछ र क्रान्तिको चरित्र नयाँखाले पुँजीवादी क्रान्ति अर्थात नयाँ जनवादी क्रान्तिको नाम दिए र चीनमा सन् १९४९ मा माओकै नेतृत्वमा नयाँ जनवादी क्रान्ति सम्पन्न भयो ।
माओत्सेतुङले विकसित गरेको राजनीतिक सिद्धान्तलाई माओवाद भनिन्छ । उनका प्रमुख सिद्धान्तहरूमा अन्तरविरोध निरन्तरताबारेको सिद्धान्त, जनयुद्धको धारणा संयुक्त मोर्चा सम्बन्धी सिद्धान्त, क्रान्तिको साधन, जनताको भूमिकाबारेको विचार, निरन्तर क्रान्तिको सिद्धान्त, महान् सर्वहारा सांस्कृतिक क्रान्तिको विचार, नौलो जनवादको अवधारणा, दीर्घकालिन जनयुद्ध प्रमुख रहेका छन् ।
विपरित तत्वको एकताको नियमलाई द्वन्द्ववादको आधारभूत नियमका रूपमा विश्लेषण गरेर उनले द्वन्द्ववादको विकासमा नयाँ आयाम थपेका थिए । उनले पदार्थ र गतिको अन्योन्याश्रित सम्बन्धमाथि भिन्नता र एक अर्कोमा रूपान्तरण हुने तथ्य अगाडि सारेका निए । हरेक चीजमा विपरित तत्वको अस्तित्व मात्रै हुने नभएर देश, काल र परिस्थितिअनुसार ती एक अर्कोमा रूपान्तरित हुने कुराबारे जोड दिएका थिए । अर्धसामन्ती र अर्ध औपनिवेशिक मुलुकहरूमा नयाँ विकसित परिस्थितिको सन्दर्भमा साम्राज्यवादविरोधी र सामन्तवादविरोधी जनवादी क्रान्ति हुने कुराको निक्र्यौल गरेका थिए । उनले त्यसलाई नयाँ जनवादी क्रान्ति भनेका छन् । उनले किसानको क्रान्तिकारी भूमिकालाई पहिचान गरी क्रान्तिमा सफलतापूर्वक प्रयोग र आम जनसमूहको बीचमा रहेर जनयुद्धको सञ्चालन गर्ने नियमको समेत विकास गरेका थिए ।
माक्र्सवादी–लेनिनवादी सिद्धान्तलाई चीनको अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा लागू गरेर सर्वहारा वर्गको नेतृत्वमा, मजदूर–किसान एकताको आधारमा सामन्तवाद र साम्राज्यवादविरोधी विभिन्न वर्ग, तह र तप्कका जनसमुदायको संयुक्त मोर्चा निर्माण गरेर नयाँ जनवादी गणतन्त्रको स्थापना गरेका थिए । माओले प्रगतिशील भूमिसुधार, सहकारी आन्दोलन, महान् फड्को, जनकम्युन सञ्चालन गर्दै समाजवादी क्रान्ति र समाजवादी निर्माणको कार्यलाई अगाडि बढाएका थिए । माओले तेश्रो विश्वको सिद्धान्त प्रतिपादन गरी विकासोन्मुख मुलूकलाई तेश्रो विश्वको मान्यता स्थापित गरेका थिए ।
सन् १९२१ मा चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना भयो । चीन–जापान युद्धपछि चिनियाँ कम्युनिष्ट पार्टीको प्रत्यक्ष नेतृत्व माओका हातमा आयो । चिनियाँ कम्यनिष्ट पार्टीले च्याङकाइसेकका विरुद्ध जनवादी क्रान्तिको नेतृत्व मात्र गरेन, सन् १९३१ देखि १९४५ सम्म जापानका विरुद्ध राष्ट्रिय मुक्ति आन्दोलनको नेतृत्व पनि ग¥यो । माओकै नेतृत्वमा चुनौतिपूर्ण लम्बे अभियान पनि चल्यो ।
माओले द्वन्द्वात्मक भौतिकवादको सारतत्वको रूपमा अन्तरविरोधको नियम विपरितहरूको एकताको नियमको उद्घाटन र व्याख्या, एकको दुइमा विभाजनको समृद्ध व्याख्या र प्रयोग, ज्ञान सिद्धान्तको क्षेत्रमा पदार्थको चेतना र चेतनाको पदार्थमा रूपान्तरणको दुई छलाङको सिद्धान्तको रूपमा विकास र व्याख्या, आधार र उपरिसंरचना उत्पादक शक्ति र उत्पादन सम्बन्ध सिद्धान्त र व्यवहार बीचको द्वन्द्वात्मक सम्बन्धको व्याख्या, विवेचना र परिमार्जन, नयाँ जनवाद दीर्घकालीन जनयुद्ध, नोकरशाही पुँजीवाद, सर्वहारा अधिनायकत्वअन्तर्गत क्रान्तिको निरन्तरताको सिद्धान्त तथा महान् सर्वहारा सांस्कृतिकको मूख्य कडी मान्ने क्रान्तिलाई पकड्ने र उत्पादनमा जोड दिने, इतिहास निर्माणमा जनसमुदायको भूमिका दर्शनलाई जनसमुदायमा पु¥याउनुपर्ने कुरामा जोड, विश्वदृष्टिकोण र कार्यदिशा बीचको अन्तरसम्बन्धको प्रस्तुती वर्गसङ्घर्ष तथा दुइलाइन सङ्घर्षका समस्याहरूको समाधानका लागि रणनीति तथा कार्यनीतिको विकास र संशोधनवादका विरुद्ध लगायतका नयाँ सिद्धान्त अघि सारे ।
माओले सन् १९६० को दशकमा क्रान्तिकारी विचार र समाजवादका पक्षमा रुससँग महान् बहस गरे । सन् १९५६ मा रुसमा ख्रुश्चेव नेतृत्वमा आएपछि शान्तिपूर्ण संक्रमण, शान्तिपूर्ण विकास र सहअस्तित्वको एजेण्डा अघि सारे । माओले त्यसको वैचारिक प्रतिवाद गरे । माओका अनुसार माक्र्सवाद र साम्राज्यवाद एकापसमा मिल्न सम्भव नै छैन, एकले अर्कोलाई निलेर मात्र यसबाट निकास निस्कन्छ । सन् १९२१ को जुलाईमा संघाइमा माओ लगातार १२ जनाले चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए । माओ आजीवन चिनियाँ कम्युनिष्ट पार्टीकै सदस्य रहे । माओले दीर्घकालीन जनयुद्धको नेतृत्व गर्दै जापानविरोधी गृृहयुद्ध र च्याङकाइसेक विरुद्धको युद्धपछि सन् १९४९ मा जनवादी गणतन्त्र चीनको स्थापना गरे । सन् १९५६ देखि १९७६ सम्म सर्वहारा सांस्कृतिक क्रान्तिको नेतृत्व गरे । ९ सेप्टेम्बर १९७६ मा ८२ वर्षको उमेरमा माओको निधन भयो ।
माओका अनौठो लाग्ने जिवनशैली
सुत्ने खाटभरि किताब ः जंग च्याङले माओको जीवनी लेखेकी छिन् । ‘माओ ः द अन्नोन स्टोरी’मा उनले माओको स्मरणशक्ति निकै राम्रो भएको लेखेकी छिन् । पढाइ र लेखाइमा उनी निकै सौखिन थिए । उनी सुत्ने कोठाको खाटको आधा भागमा करिब एक फिटको उचाइसम्म किताब हुन्थे, प्रायः चिनियाँ सहित्यका । च्याङका अनुसार उनी आफ्नो भाषण र लेखमा तिनै किताबबाट लिइएका उदाहरण प्रयोग गर्थे ।
रातभर काम गर्ने ः माओ महत्वपूर्ण काम रातको समयमा गर्थे । उनी दिनमा भन्दा रातमा बढी सक्रिय हुन्थे । लगभग पूरै रात काममै व्यस्त हुन्थे र बिहान भएपछि मात्रै सुत्थे । चीनस्थित भारतीय तत्कालीन जुनियर अफिसर नटवर सिंहले विभिन्न अन्तर्वार्तामा माओको यस्तो बानीबारे खुलासा गरेका छन् । उनका अनुसार सन् १९५६मा चीन गएको भारतीय संसदीय प्रतिनिधि मण्डलसँग माओले मध्यराति १२ बजे मात्रै भेटेका थिए । राति १० बजे भेट्न पुगेको टोलीलाई उनले १२ बजेपछि मात्रै भेट्ने सन्देश दिएका थिए । उनी भेट्न जाने जो–कोहीलाई आफ्नै खुसीमा मात्रै भेट्थे ।
चुरोटका अम्मली ः माओ चुरोटका अम्मली थिए । नटवरका अनुसार संसदीय प्रतिनिधि मण्डलको सो भेटमा माओले एकपछि अर्को चुरोट सल्काइरहेका थिए । जब त्यहाँ उपस्थित भारतीय राजदूत आरके नेहरूले आफ्नो मुखमा चुरोट राखे तब माओले नै चुरोट सल्काइदिएका थिए ।
ओछ्यान नछाड्ने ः माओ पढ्नेदेखि योजना बनाउने काम आफ्नै ओछ्यानमा बसेर गर्थे । अझ रोचक पाटो के भने उनी उनी खानासमेत ओछ्यानमै बसेर खान्थे । उनका लागि आफ्नो खाट कतिसम्म प्यारो थियो भने जहाँ जाँदा पनि सँगै लिएरै जान्थे । ट्रेन यात्रामा पनि उनका लागि त्यही खाट पु¥याइएको हुन्थ्यो । आफ्नोबाहेक अरू खाटमा नसुत्ने उनको अनौठो बानी थियो । सन् १९५७ मा मस्को जाँदा पनि उनको खाट जहाजमै राखेर त्यहाँ पु¥याइएको थियो ।
दाँत ब्रस नगर्ने ः माओका डाक्टरसमेत रहेका जी सी लीले ‘द प्राइभेट लाईफ अफ चेयरम्यान माओ’ किताबमा माओका व्यक्तिगत जीवनबारे धेरै लेखेका छन् । माओले कहिल्यै पनि दाँत नमाझेको, बरु दाँत सफा गर्न बिहानै उठेर चियाले कुल्ला गर्ने गरेको लेखेका छन् । एक समय त उनको दाँतमा हरियो रंग लगाएजस्तो देखिन्थ्यो रे ।
नुहाउँदा रिस उठ्ने ः लीका अनुसार माओलाई नुहाउनुपर्दा रिस उठ्थ्यो । उनी आपूmलाई सफा र स्पूmर्त राख्न हरेक दिन तातो तौलियाले स्पन्ज गर्थे । माओकी नर्स फ्यु मिङले दारी मिलाईदिने तथा कपाल काटिदिने गर्थिन् ।
गाउन लगाएर बस्ने ः माओ प्रायः कहिल्यै पनि जुत्ता लगाउँदैनथे, खाली खुट्टा हिँड्थे । लगाउनै परे कपडाको जुत्ता मात्र लगाउँथे । तर, औपचारिक कार्यक्रममा छालाकै जुत्ता लगाउनुपर्ने भएकाले पहिला उक्त जुत्ता खुकुलो बनाउन सुरक्षा गार्डलाई लगाउन दिन्थे । उनी प्रायः फाटेर सिलाएको लुगा लगाउने गर्थे भने मोजा जहिल्यै प्वाल परेकै लगाएको देखिन्थ्यो । माओ घरमा रहँदा नुहाउँदा प्रयोग गर्ने गाउन मात्रै लगाउँथे । यो कुरा पनि लीको पुस्तकमै लेखिएको छ । १९७१ मा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनसँग आफ्नै निवासमा भएको भेटको प्रसंगलाई पनि डा. लीले पुस्तकमा उतारेका छन् । त्यो भेटमा माओले सुट लगाएका थिए । ६५ मिनेटको भेटवार्ता सकिएर निक्सन कोठाबाट बाहिरिनेबित्तिकै माओले उक्त सुट फुकालेर पुरानो बाथ रोब लगाएका थिए ।
माओले निर्देशित गरेको कामको तरिकासम्बन्धी सोह्र बुँदा
समझदार बन, निर्णायक बनः हाम्रा केही कमरेडहरूमा बिल्कुलै सुझबुझ छैन र निर्णय पनि लिन सक्दैनन् । सुझबुझ हुनुको अर्थ हो कि, तपाईं मातहत, सचिव, कारखाना म्यानेजर, मजदुर तथा किसानका अलग अलग राय छन् र जो सुन्ने इच्छा राख्नुहोस् र खासगरीकन अलग विचार सुन्न तयार हुनुहोस् ।
केही सम्भावना देख ः हामीले भावी कामको लागि सम्भावना देख्नुपर्छ । काममा केही लचिलोपनको सम्भावना देख्नु महत्वपूर्ण हुन्छ । कोमिन्ताङ्ग सेनाविरुद्ध कार्वाही गर्दा हामीले तिनीहरूलाई दमन गर्न उनीहरूभन्दा कैयौं गुना बढी सैनिकलाई एकत्रित गर्दथ्यौं । बिना तयारी हामी कुनै लडाईं लड्दैनथियौं । समाजवादी निर्माण र नियोजनका लागि पनि काममा हामीले सम्भावना देख्नु पर्दछ । हाम्रो काम हाम्रो योजनाभन्दा महत्वपूर्ण हुनुपर्दछ । हामीले यो सम्भावना देख्नुपर्छ कि जनसाधारणले योजनाभन्दा पनि अगाडि बढेर काम गरून् । यदि लक्ष्य निकै नै ठूलो छ भने त्यहाँसम्म पुग्न कठिन हुनेछ, त्यसलाई पार गर्नु त टाढैको कुरा हो । उत्पादन टिमको प्रमुखको अक्सर भनाइ के छ भने “१०, ००० को लक्ष्य हाम्रो लागि ठूलो कुरा होइन, तर असफलताको एक सम्भावनालाई प्रतिवाद गर्न १०, ००० सित हामी डराउँछौ” अतीतमा यो भनाइले काम गर्ने मजदुरहरूलाई काममा उत्साहित गर्न खराब असर गर्दथ्यो । यदि हामीले जानिबुझिकन जनसाधारणलाई उत्पादन लक्ष्य पार गर्न दिने हो भने तिनीहरू उत्साहित हुनेछन् र पहिलेभन्दा पनि बढी कठोर परिश्रम गर्नेछन् । यसको साथै हामीले उत्पादनप्रति पनि ध्यान केन्द्रित गर्नुपर्दछ किनकि कुनै पनि चीजप्रति ध्यान केन्द्रित भएन भने यसको अर्थ हुन्छ – त्यसप्रति कुनै पनि नीति नै छैन । यसरी नै साहित्य र कला कर्मको क्षेत्रमा पनि त्यही कुरा सत्य हो । कुनै पनि नाटक प्रदर्शनमा दर्शकहरूद्वारा सोचविचार, चर्चा गर्ने ठाउँ राखिदिनुपर्दछ । यदि नाटकको पहिलो अङ्क देखेपछि तपाइँलाई दोस्रो अङ्कमा के हुँदैछ भन्ने कुरा थाहा हुने हो भने प्रदर्शन असफल हुनेछ । यसै किसिमले वक्तालाई केही कुरा नभनिकनै छाडिदिनु पर्दछ ।
छालको गति सरह अघि बढ ः १९५७ मा हामीले दुस्साहसवादको विरोध गर्यौं । परिणामतः प्रगतिको स्तर एकदम तल झ¥यो र फेरि घोडाको काठीजस्तै माथि उठ्यो । त्यस वर्ष हामीले उत्पादन लक्ष्य तल झार्नु परेको थियो । काम छालको गतिमा अघि बढ्न आवश्यक छ । यस वर्ष पनि हामीले उत्पादन लक्ष्य थोरै तल झार्यौं । वृद्धिदर ४० प्रतिशत रहेको छ । यस वर्ष हामीले १ करोड ६५ लाख टन स्टीलको उत्पादन गर्न कटिबद्ध छौँ र हामीलाई विश्वास छ कि हामीले कोइलाको कोटा पनि पूरा गर्नेछौं । कृषिको लक्ष्यमा हामीले अन्न र कपासको उत्पादनमा बढी जोड दिनुपरेको छ । आगामी वर्ष, उत्पादनको आँकडा केही कम गर्नुपर्ने हुन सक्छ । १९६१ मा हामीले एउटा महान् अग्रगामी छलाङ्ग मार्न सक्दछौं । “समाजवादी निर्माणलाई प्रवाहको गतिमा अधि बढाउनु पर्दछ ।” “स्वर्ग रिसाएपछि मनुष्यको उमेर घट्दछ, जब पृथ्वीमा वसन्त आउँदछ, अनेकौं बरदान घर भित्रिन्छ ।” प्रत्येक दिन ज्वार आउन सक्दैन । म प्रवाहको गतिमा अघि बढ्ने कार्यको विरोधी होइन, तर म दुस्साहसवादको विरोधी हुँ ।
बढीभन्दा बढी प्रभावको लागि प्रयास गर ः बढीभन्दा बढी प्रभावको लागि योजना बनाऊ । परिस्थितिमा परिवर्तन आएअनुसार योजनामा पनि परिवर्तन गर । यदि परिस्थितिमा परिवर्तन भयो भने परिस्थितिअनुसार मानिसको सोचाइमा पनि परिवर्तन हुनुपर्दछ । यदि त्यसो भएन भने ऊ निश्क्रिय अवस्थामा पुग्नेछ । मस्तिष्कलाई जीवावशेष बन्न नदेऊ । सामग्रीहरूको मात्रा र मानिसहरूको सङ्ख्या अनुसार योजनाहरूको निर्माण गर । मनोगत रुपले योजनाको निर्माण नगर ।
स्थितिको निरीक्षण गर्न कुशल बन ः आफ्नो मस्तिष्कलाई जीवावशेष बन्न नदेऊ । राजनीतिक स्थितिको अड्कल गर्न, मानिसहरूको सोच्ने प्रवृत्तिलाई अनुसन्धान गर्न र आर्थिक स्थिति पत्ता लगाउन सक्षम बन । पे–ताई–हो सम्मेलनमा उच्च लक्ष्य राखिएको थियो । होपे र शानतुङ्गको यात्राको दौरानमा मैले त्यो व्यवहारिक देखिन । चिनियाँ कम्युनिस्ट पार्टीको छैठौँ सम्मेलनमा स्टील उत्पादनको लक्ष्य घटाएर दुई करोड टन गरिदियौं । सङ्घाई सम्मेलनमा यसलाई अझ न्यून गरिदियौं । यस किसिमले हामीले कदम–कदम उत्पादनलाई पूरा गर्न योग्य बन्यौँ ।
ठीक समयमा निर्णय गर ः स्थितिको निरीक्षण गर्नाले नै तपाईं महत्वपूर्ण मौकामा निर्णय गर्न सक्नुहुनेछ । केही कमरेडले स्थितिलाई सम्पूर्ण रुपले बुझ्न सक्दैनन् । अन्य केही काम गर्ने बेलामा निर्णय त लिन सक्दछन्, तर सही किसिमले निर्णय लिन सक्दैनन् । हुलमुलपन र निर्णयविहिनता खराब कुरा हुन् । निर्णय दृढतापूर्वक लिन आवश्यक छ । कुनै पनि अवसर नगुमाऊ किनकि एकपटक समय गएपछि फेरि फर्केर आउँदैन । कम्युनको समस्याबाट यो निकै स्पष्ट हुन्छ ।
कम्युनको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने कुरा गत वर्ष स्पष्ट भएको थिएन । केही समयको अन्तरालमा २७ जनवरीलाई समस्याको विस्तृत रूपमा विचार गरियो । पछि मैले चओ जु–याङ्गको रिपोर्ट पढेँ, फेरि तिएनसिनमा ल्यू जे–हओ गएँ । शान्तुङ्गमा तान चि–लुङ्ग र लू हुङ्ग पिङ्ग कम्युनमा गएँ । मैले निम्नलिखित समस्याहरू देखेँ, कागजको एक टुक्रा, एक पाना, अलग विचार राख्नेको लागि एक टोपी, चाबीको एक गुच्छा, एक उद्घोषण र एक सिँढी । तब मैले टिमद्वारा स्वामित्व राखिएको व्यवस्थाको खोज गरेँ । पछिल्लो सम्मेलनले यस समस्याको समाधान गरिदियो । केही कमरेड आपूmभन्दा माथिका साथीहरू र मातहतका साथीहरूसित निकै डराउँछन् । अबदेखि माथिल्लो र मातहतका बीचको स्तर समन्वयात्मक रूपले हल गर्न आवश्यक छ ।
विचारलाई व्यक्त हुन देऊ ः विचारहरूलाई व्यक्त हुने मौका नदिने हो भने बैठकहरू कामकाजी हुँदैनन् । कुनै पनि विचार–विमर्शभन्दा पहिला त्यसको तयारीको लागि समय चाहिन्छ । केही बैठकहरूमा कुनै विषय हुँदैन । मैले न्यूनतम पनि सय पटक यो कुरा औँल्याए हुँला कि विचार अभिव्यक्त नहुनु गलत हो । कुनै पनि समस्यालाई ढाकछोप नगर । सही अर्थमा समस्या के हो भन्ने कुरा जनतालाई बुझ्नबाट नरोक । समस्या हल गर्नुभन्दा पहिला त्यो समस्याको बारेमा सम्पूर्ण रुपले बुझ्नुपर्दछ र त्यसमाथि चर्चा हुनुपर्दछ ।
गतिरोधलाई तोड ः प्रत्येक रिपोर्टमा कुनै दृष्टिकोण हुनुपर्छ । कुनै समस्यालाई हल गर्न केही वैकल्पिक तरिका सोच । आफ्नो आधारभूत स्थिति, अलग(अलग दृष्टिकोण, समस्याको मूल बिन्दु र वास्तविक कार्य अवस्थाको बारेमा बताऊ । कुनै गतिरोध हुनु हुँदैन
यदि एकजना व्यक्ति पनि सत्यताको पक्षमा छ भने उसले बहुसङ्ख्यकलाई आफ्नो पक्षमा लिन सक्दछ । लेनिनले के भन्नुभएको छ भने हामीमा उल्टो प्रवाहको विरोध गर्ने, आफ्नो स्वतन्त्र दृष्टिकोण राख्ने र आफ्नो कुरा भन्ने साहस हुनुपर्दछ । हाम्रा केही कमरेड गलत परिणामसित डराउँछन् । तसर्थ हामीले सोचेर तथा साहसी कम्युनिस्ट बोल्ने चरित्रलाई प्रोत्साहित गर्नुपर्दछ । आपूm खत्तम हुनसम्म नडराउने साहसी व्यक्तिले मात्र सम्राटलाई घोडाबाट ओराल्न सक्दछ ।
समस्यालाई ऐतिहासिक दृष्टिकोणबाट हेर ः कुनै पनि योजनालाई परिवर्तन गर्दा त्यो परिवर्तन ऐतिहासिक प्रक्रियाको मातहत हुनुपर्दछ । गत साल हामीले महान् अग्रगामी छलाङ्ग मार्यौं । यदि यो २० प्रतिशत भए यो महान् अग्रगामी छलाङ्ग हो । यदि यो ३० प्रतिशत भए यो निरन्तर जारी महान् अग्रगामी छलाङ्ग हो ।
बुझ्न सकिने शैलीमा लेख ः अर्ध–साहित्यिक र अर्ध–बोलचाल वा अर्ध–शास्त्रीय र अर्ध–आधुनिक शैलीमा नलेख, बुझ्न सकिने शैलीमा जोड देऊ र स्पष्ट रुप अपनाऊ । तिब्बतमा विद्रोहको बारेमा न्यू चाइना न्यूज एजेन्सी रिपोर्टहरूमा घटनाहरूको स्पष्ट सिलसिला देखिन्छ । हामीले लेख्दा हाम्रो पार्टी र राष्ट्रको हितलाई ख्याल राख्नुपर्दछ ।
कुनै लेखहरूमा सम्झाउन सक्ने शक्ति हुँदैन । त्यसबाट लेखकहरूलाई आफ्नो कामको क्षेत्रको कुनै स्पष्ट बुझाइ छैन र उनीहरूले जनताको मनोविज्ञानको बारेमा न त जानेका छन्, न त बुझेका छन् भन्ने कुरा थाहा हुन्छ । ताङ्ग वंशका प्रसिद्ध लेखक हान यू गद्य लेखकको रूपमा परिचित छन् । होनानमा उनी स्यू–वू होनानमा रहन्थे । उनले के कुराको वकालत गर्दथे भने आफ्नो शिक्षकको विचार अपनाऊ, तर शिक्षकको शब्दमा होइन । उनी ढर्रा र परम्परा पालना गर्ने कुराको विरोधी थिए । उनले के कुरामा जोड दिए भने हरेकसित आफ्नो विशिष्टता र शैली हुन जरुरी छ र उसले त्यसको आलोचना या प्रशंसाप्रति ध्यान दिनु हुँदैन । समानान्तर निर्माणको बारेमा पान त्सुङ्ग–जुको लेखाई पढ्न कठिन छ । यस्तो लाग्दछ कि उनले जानीजानी आफ्नो लेखलाई पढ्न कठिन बनाएका छन् ।
जिम्मेवार बन ः आफ्नो हातमा अधिकार भए तपाईंले आदेश दिन सक्नुहुन्छ । साहसपूर्वक जिम्मेवारी पूरा गर, नेतृत्वको अनुसरण गर ।
गलत चिन्तनबाट मुक्त होऊ ः राक्षससित नडराऊ, लाज नमान, कायर नबन । साहसी र दृढ होऊ । हाम्रा केही कामरेडहरूको चरित्र कमजोर छ । उनीहरू गलत चिन्तनबाट मुक्त भएका छैनन् । उनीहरू दोष हटाउन डराउँछन् । कार्यकर्ताहरूमा सत्यतामा कायम रहने साहस हुनुपर्दछ र उनीहरूले सामन्ती कालको व्यवहारको अनुसरण गर्नु हुँदैन । तपाईं के कुरासित डराउनु हुन्छ ? अरु केही होइन यी ६ चीजसित डराउनु हुन्छ – पदबाट बर्खास्त, पदावनती (माथिल्लो पदबाट तल्लो पदमा झर्नु), पार्टीबाट निस्कासन, पत्नीसित छोडपत्र, हत्या र जेल जाने ।
आलोचनाबारे ःहामी सबै सही कामरेड हौँ । कामरेडहरूको बीचको आलोचनाको उद्देश्य सही किसिमले काम गर्ने र काम गर्ने कुशल तरिकाहरूको खोजी हो । आलोचना गर्दा पश्चात्ताप हुन्छ कि भनेर कहिल्यै पनि कल्पना गर्नु हुँदैन । आलोचना तथा आत्मालोचना मानिसहरूलाई शिक्षित गर्ने पार्टीको हतियार हो । हामीसित न त पूर्वजन्मको शिकायत छ, न त भविष्यमा नै हुनेछ । पीडा प्रगतिको लागि एक प्रेरक पक्ष हो ।
सामूहिक नेतृत्व ः पार्टी केन्द्रीय कमिटीको बैठक केन्द्रीय महत्वको विषय हो । यसका निर्णयहरूलाई जहाँतहीँ सबै ठाउँमा लागू गरिनुपर्दछ ।
विभिन्न विभागहरूबीचमा सम्बन्ध ः औद्योगिक विभागहरूसित सुदृढ सम्बन्ध कायम गरिनुपर्दछ । तीन राजकीय आयोगहरू (राजकीय योजना आयोग, राजकीय आर्थिक आयोग र राजकीय पूंजीगत निर्माण आयोग) र दुई मन्त्रालयहरू (धातु उद्योग मन्त्रालय र मेसिन निर्माणसम्बन्धी प्रथम मन्त्रालय) सित घनिष्ठ सम्बन्ध हुनुपर्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु