चिनियाँ कम्युनिस्ट पार्टीभित्र दुई लाइन संघर्ष र प्रतिक्रान्ति

२०८० पुष १० गते, मंगलवार

कमरेड माओ त्सेतुङको नेतृत्वमा १ अक्टोबर १९४९ मा चीनमा महान् नयाँ जनवादी क्रान्ति सम्पन्न भयो । २८ वर्षको निरन्तर वर्षको इतिहासमा चिनियाँ कम्युनिस्ट पार्टीले विजय हासिल ग¥यो । त्यसै दिन कमरेड माओले तेयनमेनचोकबाट जनवादी गणतन्त्र चीनको घोषणा गर्नु भएको थियो । र, महान् चिनियाँ जनता सामन्तवाद र साम्राज्यवादको पञ्जाबाट मुक्त भएका थिए । १९५४ मा चीनमा देशको संबिधान बनाइएको थियो र कमरेड माओलाई राष्ट्राध्यक्ष बनाइएको थियो । त्यसपछि चिनी समाजमा वर्गसंघर्ष र पार्टीभित्रको दुई लाइन संघर्ष पुनः नयाँ रुपमा शुरु भएको थियो । चीनमा नयाँ जनवाद क्रान्ति सफल भएपछि सामन्त, दलाल तथा नोकरशाही पुँजीपतिहरु सत्ताबाट फ्याँकिएका थिए । एउटा कुरा के हो भने क्रान्तिद्वारा सत्ताबाट फ्याँकिएपछि उनीहरूले लामो समयसम्म पुनस्र्थापनाका लागि प्रयत्न गरिरहन्छन् र उनीहरूका विरुद्ध लामो समयसम्म वर्गसंघर्ष वर्गसंघर्षको आवश्यकता पर्छ नै । त्यसको कारण के थियो नयाँ जनवादी क्रान्ति चरित्र मूलतः पुँजीवादी हुन्छ । नयाँ जनवादी एक खाले पुँजीवादी क्रान्ति हो । क्रान्तिको उक्त चरणमा चीनमा राष्ट्रिय पुँजीपतिहरु पनि पार्टी र क्रान्तिको पक्षमा आएका थिए । तर नयाँ क्रान्तिको लक्ष्य वैज्ञानिक समाजवादमा संक्रमण हुनु थियो । त्यहाँ पुँजीपतिहरुका हातमा भएका कलकारखानाहरु राष्ट्रियकरण गर्ने काम तथा उत्पादनका साधनहरुमाथिको व्यक्तिगत स्वामित्वलाई सामाजिककरण गर्ने कार्वाही शुरु भयो । त्यस अवस्थामा नयाँ जनवादी क्रान्तिको समयमा क्रान्तिको पक्षमा आएका पुँजीपतिहरु समाजवादी क्रान्तिका विरुद्धमा जान थाले ।

चीनमा एकातिर क्रान्तिद्वारा फ्याँकिएका शोषक वर्गहरुको प्रतिरोध, अर्कोतिर नयाँ जनवादी क्रान्तिको कालमा साथमा रहेका राष्ट्रिय पुँजीपतिवर्गद्वारा वैज्ञानिक समाजवादक विरोधले गर्दा १९४९ को महान् नयाँ जनवादी क्रान्ति पछि पनि चीनमा वर्गसंघर्ष बन्द भएन र त्यो नयाँ ढंगले चल्न थाल्यो । त्यसपछि उक्त वर्गसंघर्षले चिनियाँ कम्युनिस्ट पार्टी भित्र दुई लाइन संघर्षको रुप लियो । किनभने समाजमा चल्ने वर्गसंघर्षको छाप स्वाभाविक रुपमा पर्ने गर्दछ । चीनमा नयाँ जनवादी क्रान्तिको उद्देश्य समाजवाद बनेपछि त्यहाँको मुख्य अन्तर्विरोधको प्रकृति पनि बदलियो । त्यसपछि एकातिर मजदुर वर्ग र अर्कोततिर पुँजीपति वर्ग बीचको अन्तर्विरोध नै प्रधान अन्तर्विरोध बन्न पुग्यो । त्यस प्रकारको नयाँ अन्तर्विरोध चीनमा एकातिर सर्वहारा वर्ग र अर्कोतिर पार्टी भित्र सर्वहारा वर्गको हितको प्रतिनिधित्व गर्ने माक्र्सवादी – लेनिनवादी क्रान्तिकारी लाइन र पुँजीपति वर्गको हितको प्रतिनिधित्व गर्ने प्रतिक्रियावादी संशोधनवादी लाइनका बीचको नयाँ प्रकारको संघर्ष अगाडि ल्याइयो । त्यस अवस्थामा समाजवादी निर्माणको गति बढ्नका साथ साथै चीनमा वर्गसंघर्ष र पार्टी भित्रको दुई लाइन संघर्ष पनि तीव्र बन्दै गयो ।

वैज्ञानिक समाजवादको निर्माण शुरु भएपछि चीनमा पुँजीपतिहरुले कैयौं नाजायज तरिकाद्वारा व्यक्तिगत लाभहरु उठाउने प्रयत्न गर्न थाले । त्यसप्रकारको गंभीर अवस्थामामाथि नियन्त्रण गर्नका लागि पार्टीले “तीन खराबीहरु र पाँच खराबीहरु” का विरुद्ध अभियान चलायो । “तीन खराबीहरु” को अर्थ थियो ः भ्रष्टाचार, बर्बादी र नोकरशाही । “पाँच खराबीहरु” भित्र यी कुराहरु आउँदथिए ः सरकारी कर्मचारीहरुलाई घुस दिनु, ट्याक्सको चोरी गर्नु, सरकारी ठेक्काहरुमा ठगी गर्नु, राज्यको सम्पत्तिको चोरी गर्नु र व्यक्तिगत दलालीका लागि सरकारी श्रोतहरुबाट सूचनाहरुको चोरी गर्नु । यसप्रकारका खराबीहरु मुख्यतः पुँजीपतिहरुमा विद्यमान थियो र त्यो खतरा यथावत थियो । पार्टीले त्यसप्रकारका भ्रष्टाचारका पछिलाग्ने पार्टीका कार्यकर्ता पत्ता लगाउने, भण्डाफोर गर्ने र सजाय दिने कुरामाथि विशेष जोड दियो ।

चिनियाँ कम्युनिस्ट पार्टीले चालेको ती दुबै अभियान पछि भ्रष्ट र नाजायज तत्वहरुले वैज्ञानिक समाजवादी लाइनको विरोध गर्न थाले । त्यस अवस्थामा १९५३ मा चिनियाँ कम्युनिस्ट पार्टीले “संक्रमणको कालका लागि पार्टीको आम दिशा” पारित ग¥यो । त्यसमा आौद्योगिकरणको कार्यलाई पुरा गर्ने र कृषि तथा दस्तकारिता, पुँजीवादी उद्योग वाणिाज्यको राज्यद्वारा वैज्ञानिक समाजवादी रुपान्तरण गर्ने कुरामा जोड दिइयो । त्यसको परिणामस्वरूप चीनमा तुरुन्तै एकातिर वैज्ञानिक समाजवादी र अर्कोतिर पुँजीपतिहरुका बीचमा तीव्र संघर्ष हुन थाल्यो ।

वैज्ञानिक समाजवादी निर्माणको सन्दर्भमा चिनियाँ कम्युनिस्ट पार्टी भित्र एउटा उग्र “वामपन्थी” र अर्को दक्षिणपन्थी विचारधारा देखा पर्न थाल्यो । त्यस सन्दर्भमा लिऊ शाओ चिले, “नयाँ नयाँ जनवादी राज्यलाई दृढतापूर्वक समर्थन गर” भन्ने विचार अगाडि ल्याए । समाजवादी क्रान्तिको समयमा नयाँ जनवादी राज्यलाई मजबुत पार्ने कुरा समाजवादी उद्देश्यको विरुद्धको कुरा थियो । नयाँ जनवादी क्रान्तिको प्रकृति मूलतः पुँजीवादी थियो । त्यसलाई मजबुत पार्ने नाममा लिउ शाओचिले पुँजीवादलाई मजबुत पार्न र वैज्ञानिक समाजवादको निर्माणको प्रक्रियालाई शिथिल पार्न खोजेको थियो । लिउ शाओचिले त यतिसम्म कि मध्यम किसानहरु डराउँछन् भन्ने नाममा व्यक्तिगत सम्पत्तिलाई बचाएर राख्ने कुरामा पनि जोड दिएको थियो । त्यस आधारमा उसले सहकारीता र जनकम्युनहरुको विरोध गरेको थियो । उसले मनोमानी ढंगले पार्टी भित्र फरक दस्तावेजहरु निकाल्न थालेको थियो । त्यस कार्यका विरुद्ध कमरेड माओले १९५३ को मे मा लिउ शाओचि र यांग शाङ्ग कुनको आलोचना गर्नु भएको थियो । त्यो बेला केन्द्रीयताको कुरा उठाएर सर्वहारा वर्गको अधिनायकत्वको विरोध गर्ने प्रवृत्ति पनि देखापरेका थिए । पार्टीले त्यसप्रकारका प्रवृत्तिहरुको भण्डाफोर गरेको थियोे ।

वैज्ञानिक समाजवाद निर्माणका क्रममा चिनियाँ समाजमा वर्गसंघर्ष तेज बन्दै गएपछि पार्टी भित्रका दक्षिणपन्थीहरुले पुँजीपतिहरुको स्वार्थको पक्ष लिएर पार्टी भित्र फुट पार्ने र सत्ता कब्जा गर्ने प्रयत्न गर्न थालेका थिए । तर उनीहरूका षड्यन्त्रहरुमाथि पार्टीले विजय प्राप्त गरेको थियो । चिनियाँ कम्युनिस्ट पार्टीले सन १९५६ मा आठौं महाधिवेशनको आयोजना गरेको थियो । त्यस महाधिवेशनमा लिउ शाओचिले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले चीनमा केही वर्षदेखि चल्दै आएको वर्गसंघर्ष तथा पार्टी भित्र चलिरहेको दुई लाइन संघर्षमा देखा परेका संशोधनवादी विचारहरु व्यवस्थित रुपले प्रस्तुत गरेका थिए । उनले त्यो महाधिवेशनमा “वर्गसंघर्षको ह्रास” तथा “उत्पादक शक्तिहरुको सिद्धान्त” प्रस्तुत गरेका थिए । संशोधनवादीहरुले कुन कुरामा जोड दिएका थिए भने चीनमा वैज्ञानिक समाजवाद र पुँजीवादमध्ये कसले जित्ने छ भन्ने कुरा टुंगिसकेको थियो । त्यतिबेला चीनमा वर्गसंघर्ष गौण बनेको थियो र भौतिक उत्पादन नै प्रधान कार्य बनेको थियो । चीनमा कैयौं वर्षदेखि चल्दै आएको वर्गसंघर्षलाई गौण बताएर उत्पादन कार्यलाई प्रमुख बनाउनु नाङ्गो प्रकारको संशोधनवाद थियो ।

सन् १९५७ मा माओको प्रशिद्ध रचना “जनताका बीचका अन्तर्विरोधहरुको सही सञ्चालन” प्रकाशित भएको थियो । त्यसमा माओल चीनमा समाजवादी रुपान्तरणको काम “मुख्य रुपमा” पुरा भइसकेको भए पनि वर्गसंघर्ष सिद्धिएको छैन । “भविष्यमा त्यो” लामो यातनापूर्ण र कुनै बेला त्यो अत्यन्त उग्र पनि हुनेछ । “यसप्रकारले कमरेड माओले स्पष्ट पार्नु भएको थियो कि ः चिनमा समाजवाद वा पुँजीवादमध्ये कसले जित्ने छ भन्ने कुरा टुङ्गिसकेको थिएन ।” त्यसपछिका वर्षहरुमा चीनमा आन्तरिक वर्गसंघर्ष तीव्र बन्दै गएको थियो । सन् १९५९ मा आयोजना गरिएको पार्टीको आठौं केन्द्रीय समितिको आठौं पूर्ण विस्तारित बैठकमा तत्कालीन रक्षा मन्त्री पेङ्ग तेह हुइले पार्टीको आमदिशा, महान् फड्को र जनकम्युनहरुको विरुद्ध जोडदाररुपले हमला गरेका थिए । त्यतिबेला राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा कमरेड माओको क्रान्तिकारी लाइनलाई गलत सावित गर्ने प्रयत्न गरिएको थियो । लिउ शाओचि र उनका अनुयायीहरुले राष्ट्रिय स्तरमै संशोधनवादी लाइनको प्रतिपादन गरेका थिए । उनीहरूले साम्राज्यवाद, संशोधनवाद र प्रतिक्रियावाद विरुद्धको संघर्षलाई शिथिल पार्ने र विश्व क्रान्तिलाई सहयोग, समर्थन कम गर्ने विचारहरु पनि अगाडि सारेका थिए ।

सन् १९६२ मा पार्टीको आठौं केन्द्रीय समितिक दशौ बैठकमा कमरेड माओले यो आह्वान गर्नुभएको थियो कि “वर्गसंघर्षलाई कहिले पनि नबिर्स ।” त्यसको केही समयपछि पार्टीले “समाजवादी शिक्षा आन्दोलन” शुरु गरेको थियो । त्यो आन्दोलनका मुख्य निशाना पार्टी भित्रका पुँजीवादी बाटो समातेका व्यक्तिहरु थिए । रुसी ख्रुश्चोवी आधुनिक संशोधनवादको प्रभावमा परेका लिउ शाओचि, देङ सियाओ पिङ जस्ता पार्टी र सरकारका उच्चस्तरमा रहेका व्यक्तिहरुले आफ्ना दक्षिणपन्थी कार्वाहीहरुलाई अगाडि बढाइएका थिए । देङस्याओ पिङले आफ्नो एउटा वक्तव्यमा भनेका थिए “बिरालो सेतो र कालो हुनुले फरक पर्दैन मुसा मारे भयो ।” उनको यो भनाइको अर्थ थियोे, जुन कुराले उत्पादन बढाउँछ त्यही नै राम्रो कुरा हो, पुँजीवाद वा समाजवाद मध्ये कुन प्रणाली हो भन्ने कुराले अर्थ राख्दैन ।

त्यस समयमा चीनमा दक्षिणपन्थीहरुले साहित्य, कला आदि सबै साधनहरुलाई उपयोग गरेर क्रान्तिकारी लाइनका विरुद्ध जनमत तयार पार्न थालेका थिए । सन १९६१ मा दक्षिणपन्थीहरुले “हाइ जुई पदबाट बर्खास्त गरियो ९ज्बष् व्गष् म्ष्कmष्ककमभमन्तयm इााष्अभ० नाटकको प्रदर्शन गरेका थिए । त्यो अप्रत्यक्ष रुपले कमरेड माओमाथिको हमला थियो । हाई जुई एउटा ऐतिहासिक पात्र थियो, जसलाई तत्कालीन वादशाहले पदबाट हटाएका थिए । त्यो पात्रलाई समर्थन गरेर त्यो नाटकमा वास्तवमा १९५९ मा तत्कालीन रक्षामन्त्री पेंग तेंह हुइलाई अटाइएको कुरामा कमरेड माओको विरोध गरिएको थियो । त्यो नाटक वास्तवमा दक्षिणपन्थी उद्देश्यहरुका पक्षमा जनमत तयार पार्ने एउटा प्रयत्न थियो । ग्याङ अफ फोरका एकजना सदस्य याओ वेन युवानले त्यो नाटकको भण्डाफोर गरेर एक लेख लेखेका थिए । वास्तवमा त्यो लेख महान् चिनियाँ सर्वहारा साँस्कृतिक क्रान्तिको पूर्वबेलाको संकेत थियो । त्यसको ठिक एक वर्ष पछि पुँजीवादको पुनस्र्थापनाको खतरा तथा संशोधनवादी लाइनका विरुद्ध व्यापक रुपले संघर्ष उठाउन र त्यसका पक्षमा जनतालाई व्यापक रुपले आन्दोलित पार्न अगस्त १९६६ मा कमरेड माओ सेतुङको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीले “महान् सर्वहारा साँस्कृतिक क्रान्ति” शुरु गर्ने निर्णय गरेको थियो ।

क) १६ सूत्रीय घोषणापत्र जारी

महान् चिनियाँ सर्वहारा साँस्कृतिक क्रान्तिका उद्देश्यहरु पुरा गर्ने उद्देश्यले पार्टीले १६ सूत्रीय घोषणापत्र जारी गरेको थियो, जसमा भनिएको छ ः यद्यपि पुँजीपति वर्गलाई फ्याँक्ने काम भइसकेको छ, तैपनि उनीहरूको आफ्नो शासनको पुनस्र्थापना गर्ने लक्ष पुरा गर्न, मानिसको मनलाई भ्रष्ट पार्न र उसको हृदयलाई जित्ने शासक वर्गहरुका पुराना विचार, पुरानो संस्कृति, पुराना चाल चलनहरु, पुराना बानीहरुलाई उपयोग गर्ने प्रयत्न गर्दछन् ।”

वर्तमान समयमा हाम्रो उद्देश्य यो हो ः सत्तामा भएका पुँजीवादी बाटो समातेकाहरुलाई पराजित गर्नु पुँजीवादी प्रतिक्रियावादी शैक्षिक अधिकारीहरुको आलोचना गर्नु, शिक्षा, साहित्य र कलालाई सुधार्नु, समाजवादी प्रणालीको शुद्धिकरण र विकासलाई अगाडि बढाउन समाजवादी आर्थिक आधारसित मेल नखाने सम्पूर्ण संरचना ९क्गउभच – क्चगअतगचभ० सुधार्नु ।”

“मुठ्ठीभर प्रतिक्रियावादी पुँजीवादी दक्षिणपन्थीहरु र प्रतिक्रान्तिकारी संशोधनवादीहरुलाई नियन्त्रण गर्नका लागि शक्तिहरु केन्द्रित हुनुपर्छ । यो आन्दोलनको केन्द्रविन्दु पार्टी भित्रका पुँजीवादी बाटो समातेका सत्ताधारीहरुलाई हटाउनु हो ।

ख) निरन्तर क्रान्तिको सिद्धान्त

चीनको राजनीतिक इतिहासमा र विश्व कम्युनिस्ट आन्दोलनकै इतिहासमा सन १९६६ देखि १९७६ को काल महान् सर्वहारा साँस्कृतिक क्रान्तिको दशक थियो । त्यो सर्वहारा साँस्कृतिक क्रान्ति वास्तवमा विश्व कम्युनिस्ट आन्दोलनका लागि प्रेरणाको महान् श्रोत बनेको थियो । त्यस सर्वहारा साँस्कृतिक क्रान्तिको दौरानमा माओ सेतुङको वैज्ञानिक समाजवादी समाजमा अन्तर्विरोधहरु, वर्गहरु र वर्गसंघर्षको सिद्धान्त “सर्वहारा वर्गको अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्ति” को सिद्धान्त “परिष्कृतरुपमा अगाडि आयो । माक्र्सवाद – लेनिनवादको विकासको क्रममा तेस्रो र नयाँ चरणमा विकास भएको माओवादको सिद्धान्त चीनको मात्रै होइन विश्व कम्युनिस्ट आन्दोलनको नै एउटा महान् सैद्धान्तिक – दार्शनिक उपलब्धि थियो । सबै प्रयासहरुका बाबजुद लिउ शाओचि, देङ सियाओ पिङ र उनीहरूका अनुयायीहरुले आफ्ना संशोधनवादी र प्रतिक्रान्तिकारी गतिविधिहरु बन्द गरेनन । त्यसैकारणले गर्दा चिनियाँ कम्युनिस्ट पार्टीको आठौं केन्द्रीय समितिको १२ औं विस्थापित बैठकले उनीहरूलाई पार्टी र सरकारका सबै पदहरुबाट हटाउने निर्णय गरेको थियो । सन् १९६९ मा चिनियाँ कम्युनिस्ट पार्टीको नवौं महाधिवेशन सम्पन्न भएको थियो । त्यस महाधिवेशनले आठौं महाधिवेशनको आलोचना गरेको थियो । र, नवौं महाधिवेशनले महान् चिनियाँ सर्वहारा साँस्कृतिक क्रान्तिलाई पुरा समर्थन गरेको थियो र त्यस साँस्कृतिक क्रान्तिलाई अगाडि बढाउने कुरामा जोड दिएको थियो । तर, नवौं महाधिवेशनले लिन पिआओलाई माओ त्सेतुङको उत्तराधिकारी बनाउने निर्णय मात्र गरेन त्यो निर्णयलाई पार्टी विधानमा सामेल गर्ने निर्णय गरेर एउटा गंभीर गलती गरेको थियो । लिन पिआओ उग्र – “वामपन्थी” का रुपमा देखापरेको दक्षिणपन्थी तत्व थियो । केही समयपछि उसले माओ त्सेतुङको हत्या गर्ने र सत्तामाथि कब्जा जमाउने षड्यन्त्र गरेको थियो, तर उसको प्रयत्न सफल हुन सकेको थिएन । चीनमा वैज्ञानिक समाजवादलाई सफल तुल्याउनका निम्ति सञ्चालन गरिएको सर्वहारा साँस्कृतिक क्रान्तिका दौरानमा माओ त्सेतुङले नयाँ पिंढीबाट योग्य र क्रान्तिकारी नेताहरुलाई अगाडि बढाउने कुरामा विशेष जोड दिनुभएको थियो । त्यही क्रममा च्याङ्ग चुन चियायो, वांग हुंग वेन, याओ वेन युवान र चियांग चिंगलाई अगाडि सारिएको थियो । उनीहरूले माओको क्रान्तिकारी लाइनलाई अगाडि बढाउनका लागि अत्यन्तै उत्साह र सक्रियतापूर्वक काम गरेका थिए । वास्तवमा यी चार जना नेताहरु सर्वहारा साँस्कृतिक क्रान्तिका दौरानमा माथि उठेका नयाँ पिंढीका योग्य नेताहरु थिए । खासगरेर पुराना पिंढीका थुप्रै नेताहरुले पुँजीवादी र संशोधनवादी बाटो लिदै गएको पृष्ठभूमिमा उनीहरूको भूमिकाको अत्यन्तै ठूलो क्रान्तिकारी महत्व थियो । उनीहरूले लिउ शाओचि र देङ सियाओ पिङ जस्ता गद्दारहरुको संशोधनवादी र गैरक्रान्तिकारी लाइनका विरुद्ध आपूmलाई सम्पूर्णरुपले समर्पित गरेका थिए ।

महान् सर्वहारा साँस्कृतिक क्रान्तिको समयमा चीनमा वर्गसंघर्ष र पार्टी भित्र घुसेका दक्षिणपन्थीहरुका विरुद्धको संघर्षले चरम रुप लिएको थियो । त्यस समयमा चाउ एनलाईको भूमिका अत्यन्त कमजोर रहेको थियो । उनले दक्षिणपन्थीहरुप्रति संझौतापरस्त नीति अपनाएर उनीहरूलाई बचाउनेतिर नै प्रयत्न गरेका थिए । उनको प्रयत्नले नै देङ सियाओ पिङलाई १९७३ मा पुनः पार्टी र सरकारका उच्च पदहरुमा ल्याइएको थियो । इतिहासले आज प्रमाणित गरिसकेको छ कि देङको पुनस्र्थापना अत्यन्तै ठूलो गल्ती थियो । सन् १९७६ को जनवरीमा चाउ एनलाईको मृत्यु भएको थियो । त्यसपछि देङ खुलारुपले माओका विरुद्ध अगाडि आएका थिए । अप्रिल ५, १९७६ का दिन बेइजिङमा उनले चाउ एनलाईको मृत्युमा शोकसभा गर्ने बहानामा अप्रक्षरुपले माओ त्सेतुङका विरुद्ध प्रदर्शन गरेका थिए । त्यसको दुई दिन पछि ७ अप्रिल १९७६ मन दिन बसेको पार्टीको पोलिटब्युरोको बैठकमा “देङ सियाओ पिङ घटनाले शत्रुतापूर्ण रुप लिइसकेको” भन्ने प्रस्ताव पारित गरियो र “माओको प्रस्ताव” मा उनलाई सबै पदहरुबाट हटाउने निर्णय गरियो । तर, उनको पार्टी सदस्यता भने कायमै राखिएको थियोे । त्यही बैठकले हुआको फेङलाई पार्टीको प्रथम उपाध्यक्ष र देशको प्रधानमन्त्री बनाउने निर्णय गरेको थियोे । चियाङ चिङलर च्यांग चुन चियाओले त्यस प्रस्तावको विरोध गर्नुभएको थियो तर उनीहरूको आवाज सुनिएको थिएन । पछि घटनाक्रमहरुले सावित गरेका थिए कि हुआको फेङलाई पार्टी नेतृत्वमा उठाउनु ठूलो गल्ती थियो ।

घ) कमीकमजोरी र गल्तीहरु

त्यही महान् सर्वहारा साँस्कृतिक क्रान्तिको दौरानमा पार्टी नेतृत्वले ठूला ठूला गलती र कमीकमजोरीहरु गरेको थियो जस्तो कि–

१) लिन पियाओलाई माओ त्सेतुङको उत्तराधिकारी बनाउने निर्णय

२) १९७३ मा देङ सियाओ पिङलाई पुनः पार्टी र सरकारका उच्च पदहरुमा ल्याउने निर्णय ।

३) हुआको फेङलाई पार्टीको प्रथम उपाध्यक्ष र देशको प्रधानमन्त्री बनाउने निर्णय ।

४) महान् सर्वहारा साँस्कृतिक क्रान्तिकाको समयमा निर्माण हुन पुगेका नयाँ पिंढीका चार क्रान्तिकारी नेताहरुलाई नपत्याउनु र नेतृत्वमा नल्याइनु ।

५) ती चार नयाँ पिंढीका चार जना नेताहरूले राख्ने गरेका जायज र क्रान्तिकारी कुराहरुको सुनाई नगरिनु आदि ।

ङ) माओ त्सेतुङको मृत्यु र चीनमा प्रतिक्रान्ति

सेप्टेम्बर ९, १९७६ मा माओ त्सेतुङको मृत्यु भयो । त्यसको १ महिना पुग्न नपाउँदै चीनमा प्रतिक्रान्ति भयो । अक्टोबर ६, १९७६ का दिन महान् सर्वहारा साँस्कृतिक क्रान्तिका ४ क्रान्तिकारी नेताहरु अर्थात् ग्याङ अफ फोरका ४ जना नेताहरु च्याङ चुन चियाओ, च्याङ्ग चिङ्ग, वाङ्ग हुङ्ग वेन र याओ वेन युवान सहित कैयौं सच्चा माक्र्सवादी – लेनिनवादी क्रान्तिकारीहरुलाई गिरफ्तार गरेर आजीवन जेलमा कोचेर प्रतिक्रान्तिकारी देङ गुटले सत्ता हत्यायो र देशमा प्रतिक्रान्तिकारी हमला गरियो र पुँजीवादको पुनस्र्थापना गरियो । र, त्यसपछि चीनमा सर्वहारा वर्गको अधिनायकत्व पुँजीपति वर्गको अधिनायकत्वमा बदलियो । चीनमा भएको प्रतिक्रान्तिले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा अत्यन्तै ठूलो क्षति पुग्यो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु