अर्थ

सुन तोलाको ५५ हजार २ सय

काठमाडौं, २९ माघ । पछिल्ला तीन दिनदेखि स्थीर रहेको सुनको मूल्यमा शुक्रबार ६ सय रुपैयाँले कमी आएको छ । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले कमी आएर तोलाको ५५ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य विहीबार तोलाको ५५ हजार […]

२०७३ माघ २९ गते, शनिबार

सरकार उदासीन भएको ठोकुवा

काठमाडौं, २८ माघ । नेपाल जुत्ता–चप्पल उद्योग व्यवसायी संघले सरकार उदासीन भएको बताएका छन । आज राजधानीमा गरेको मजदुर भेलामा उद्योगी–व्यवसायीहरुले मुलुकमा उत्पादन वृद्धि गर्न सरकार उदासीन भएको आरोप लगाए । व्यवसायीहरुले स्वदेशी उद्योगलाई प्राथमिकता दिन पटक–पटक माग गरेर सरकारको ध्यानाकर्षण गराइरहे पनि उदासीन भएको गुनासो गरेका हुन् ।सरकार गम्भीर नभए अब मजदुरसहित आन्दोलनमा उत्रने […]

२०७३ माघ २८ गते, शुक्रबार

मोदी हाइड्रोले १७ लाख २५ हजार कित्ता साधारण सेयर जारी गर्ने

काठमाडौं, २७ माघ । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले १७ लाख २५ हजार कित्ता साधारण सेयर जारी गर्ने भएको छ । धितोपत्र बोर्डले कम्पनीलाई साधारण सेयर जारी गर्ने अनुमति प्रदान गरेको हो । यसअघि, आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत सेयर दिने अनुमतिसमेत पाइसकेको छ । बोर्डले करिब १५ प्रतिशत सेयर आमनागरिकलाई प्रदान गर्ने गरी स्वीकृति दिएको हो […]

२०७३ माघ २७ गते, बिहीबार

‘स्काइ रेल’ को सम्भाव्यता अध्ययन गरिदैं

काठमाडौं ,२५ माघ । काठमाडौं महानगरपालिकाले काठमाडौंमा आकाशमार्गबाट चल्ने मोनो रेल सञ्चालन गर्नेबारे अध्ययन गरिने बताएको छ । महानगरपालिकाले मुलुकको पूर्वाधार र भौगोलिक यथार्थता अनुसार स्काई रेलको सम्भावना बढी सहज हुने भएकाले अध्ययन थालिएको जनाएको छ । सम्बन्धित विशेषज्ञहरुबाट तीन महिनापछि सम्भाव्यता अध्ययन प्रतिवेदन आउने र त्यसपछि कुन मोडल र कस्तो रेल सञ्चालन गर्ने भन्ने […]

२०७३ माघ २६ गते, बुधबार

लाखौं डलर लगेजबाटै पठाइन्थ्यो विदेश !

काठमाडौं, २६ माघ । सुन तस्करीका लागि खर्च गरिने लाखौं डलर भरियाले लगेजमै राखेर काठमाडौंबाट विदेश पुर्‍याउने गरेको खुलेको छ । ३३ किलो सुन तस्करीकाण्डमा पक्राउ परेका भरियाले प्रहरीसँगको बयानमा विदेशमा सुन किन्ने पैसा आफूहरूले नेपालबाटै लगेजमा लैजाने गरेको बताएका हुन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धानका क्रममा ठूलो परिमाणमा डलर लगेजमै विदेश लगिने […]

२०७३ माघ २६ गते, बुधबार

घुस्याहा इन्जिनियर प्रहरीको फन्दामा

काठमाडौ २४ माघ । भूकम्पपछिको निजी आवास पुनर्निर्माणमा खटिएका इन्जिनियर प्रविणकुमार श्रीवास्तव दुई हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । नुवाकोटको बेलकोटमा खटिएका इन्जिनियर श्रीवास्तव दुई हजार रुपैयाँ घुससहित आज पक्राउ परेका हुन् । सहरी तथा भवन निर्माण डिभिजन कार्यालय नुवाकोटका करार सेवामा कार्यरत इन्जिनियर श्रीवास्तवले बेलकोट ३ का बद्री तिवारीसँग दुई हजार रुपैयाँ घुस […]

२०७३ माघ २४ गते, सोमबार

चमेलिया जलविद्युत अयोजनाको सुरुङ्ग निर्माण सम्पन्न हुदै

काठमाडौं, २४ माघ । चमेलिया जलविद्युत अयोजनाको सुरुङ्ग निर्माण अन्तिम चरणमा पुुगेको छ । सुदूरपश्चिम स्थित दार्चुलाको चमेलिया नदी बलाँचमा सन् २००७ मा सुरु भएको चमेलिया जलविद्युत अयोजनाको सुरुङ्ग निर्माणको जिम्मेवारी पाएको चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुपले काम तीव्र रुपमा अगाडी बढाएको हो । सन् २०१७ को डिसेम्बरसम्म सबै काम सम्पन्न हुने आयोजना प्रमुख अजय […]

२०७३ माघ २४ गते, सोमबार

अमेरिका जान डराए नेपाली विद्यार्थी

काठमाडौं, २४ माघ । राष्ट्रपति डोनाल्ड ट्रम्पले पद सम्हालेयता उच्च शिक्षा हाशिल गर्न त्यसतर्फ जाने नेपाली विद्यार्थीको संख्या ह्वात्तै घटेको छ । राष्ट्रपति ट्रम्पले आप्रवासी सम्बन्धी कठोर नीति लिएका कारण विद्यार्थीमा अमेरिका आकर्षण घटेको हो । आइतबार अमेरिकाको नो अब्जेक्शन लेटर लिने विद्यार्थी शून्य भएपछि शिक्षा मन्त्रालयका पदाधिकारी आश्चर्यमा परेका छन् । शिक्षा मन्त्रालयका उपसचिव […]

२०७३ माघ २४ गते, सोमबार

एसएसपी खत्री सिआईबीको फन्दामा

काठमाडौं, २३ माघ । प्रहरीको केन्द्रीय अनुसन्धान विभाग सिआईबीको टोलीले एसएसपी श्याम खत्रीलाई प्रहरी प्रधान कार्यालयबाटै पक्राउ गरेको छ । दुबईबाट आएको ३४ किलो सुन काण्डमा मुछिएकाले खत्री पक्राउ परेका हुन् । सुनकाण्डमा मुछिएपछि खत्रीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरी प्रधान कार्यालय नक्शालमा सरुवा गरिएको थियो । विमानस्थलमा ३४ किलो सुनकाण्डपछि कर्मचारीहरु छानविनको दायरामा आउने क्रमसँगै […]

२०७३ माघ २३ गते, आईतवार

आयल निगम मासिक ४८ करोड घाटामा

काठमाडौं,२३ माघ । नेपाल आयल निगमले मासिक ४८ करोड रुपैयाँ घाटा व्यहोरिरहेको बताएको छ । निगमले दिएको जानकारी अनुसार यस्तै स्थिति रहे ४ देखि ५ महिनापछि निगमले तेल आयातका लागि पुन ऋणको खोज्नुपर्नेछ । ओपेकले तेल उत्पादनमा कटौति गरेपछि आयल निगम पुन घाटा उन्मूख भएको हो । आयल निगमका प्रवक्ता भानुभक्त खनाल निगमले फेरि मासिक […]

२०७३ माघ २३ गते, आईतवार