सरकार उदासीन भएको ठोकुवा

२०७३ माघ २८ गते, शुक्रबार

काठमाडौं, २८ माघ । नेपाल जुत्ता–चप्पल उद्योग व्यवसायी संघले सरकार उदासीन भएको बताएका छन । आज राजधानीमा गरेको मजदुर भेलामा उद्योगी–व्यवसायीहरुले मुलुकमा उत्पादन वृद्धि गर्न सरकार उदासीन भएको आरोप लगाए । व्यवसायीहरुले स्वदेशी उद्योगलाई प्राथमिकता दिन पटक–पटक माग गरेर सरकारको ध्यानाकर्षण गराइरहे पनि उदासीन भएको गुनासो गरेका हुन् ।सरकार गम्भीर नभए अब मजदुरसहित आन्दोलनमा उत्रने चेतावनी नेपाल जुत्ता–चप्पल उद्योग व्यवसायी संघका अध्यक्ष नरेश कटुवालले दिए ।
यसैबीच, संघले शिरोमणि रविदासको ६४०औं जन्मजयन्तीसमेत मनाएको छ । संघले मजदुरको हक–हितका लागि सन्त रविदासले गरेको योगदानको स्मरण गरेको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु