अर्थ

पूर्वराजपरिवारको दश कट्ठा जग्गा फेला पार्‍यो

काठमाडौं, १३ माघ । पूर्वराजा वीरेन्द्र शाहको परिवारको १० कट्ठा जग्गा फेला परेको छ । पूर्वराजा वीरेन्द्र र उनका परिवारजनको नाममा रहेको सम्पत्ति हेर्ने नेपाल ट्रस्टले खोजबिन गर्दा महोत्तरीको जलेश्वरमा उक्त जग्गा फेला पारेको हो । ट्रस्टका सहसचिव लेखबहादुर कार्कीले पूर्वराजपरिवारको नाममा रहेको उक्त जग्गा कात्तिकमा फेला पारिएको भए पनि ट्रस्टको सञ्चालक समितिको बैठक बस्न […]

२०७३ माघ १३ गते, बिहीबार

ललितपुर माेबाइल एक्स्पाे माघ १४ देखि

काठमाडौं, १२ माघ । ललितपुर मोबाइल कम्प्लेक्सले अंग्रेजी नयाँ वर्षको अवसर पारेर जोप्पो मोबाइल प्रिजेन्टस् ललितपुर मोबाइल एक्स्पो २०१७ आयोजना गर्ने भएकाे छ । कम्प्लेक्सले माघ १४ गतेदेखि मोबाइल मेला आयोजना गर्न लागेको सम्मेलन गरेर जानकारी दिएको छ । ‘मोबाइल किनौं बुझेर, उपहार छानौं रोजेर’ भन्ने मुल नाराका साथ ग्राहकहरुलाई गुणस्तरीय उत्पादन उपलब्ध गराउने गरि […]

२०७३ माघ १२ गते, बुधबार

एनसेललाई कुनै सुविधा नदिन निर्देशन

काठमाडौं,११ माघ । संसदको सार्वजनिक लेखा समितिको आजको बैठकले टेलिफोन सेवा प्रदायक कम्पनी एनसेललाई पुँजीगत लाभकर चुक्ता नगरेसम्म ‘फोर जी’लगायत अरु कुनै पनि सुविधा थप गर्ने अनुमति नदिन सरकारलाई निर्देशन दिएको छ । बैठकले एनसेलले पुँजीगत लाभकरबापतको झण्डै ४१ अर्ब रुपैयाँभन्दा बढी कर चुक्ता नगरेसम्म कुनै पनि सुविधा थप्न अनुमती नदिन संचार मन्त्रालयलाई निर्देशन दिएको […]

२०७३ माघ ११ गते, मंगलवार

२० वर्ष पुराना गाडी उपत्यकामा चलाउन पूर्ण प्रतिबन्ध

काठमाडौं, १० माघ । वातावरण प्रदुषण र सडक दुर्घटनाका प्रमुख कारक बनेका २० वर्ष पुराना गाडी फागुन १८ पछि काठमाडौं उपत्यकामा चलाउन पूर्ण प्रतिबन्ध लगाइने भएको छ । त्यस्ता गाडी सडकमा निकाले सरकारले जफत गर्नेछ । यातायात व्यवस्था विभागले व्यवसायीले अटेर गरी त्यस्ता गाडी चलाए जफतसहित कारबाही गर्नेछ । विभागमा महानिर्देशक चन्द्रमान श्रेष्ठका अनुसार काठमाडौंमा […]

२०७३ माघ १० गते, सोमबार

बेनी-जोमसोममा सिन्डिकेट तोडियो

काठमाडौं, ९ माघ । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र सडकमार्ग बेनी–जोमसोम सडकखण्डमा स्थानीय यातायात व्यवसायीले लगाउदै आएको सिन्डिकेट क्रमशः हट्दै गएको छ । सिन्डिकेट हटेपछि यात्रुलाई आवतजावतमा सहज भएको छ । ‘ट्र्याक’ खुलेदेखि नै म्याग्दी र मुस्ताङ जिप तथा बस सञ्चालक समिति मातहतका सवारी साधनमात्रै सञ्चालन हुने ७६ किलोमिटर बेनी–जोमसोम सडकमा अहिले बेनी, पोखरा र […]

२०७३ माघ ९ गते, आईतवार

केन्द्रीय प्रसारणलाइनमा ६ मेगावाट विद्युत् थपियो

काठमाडौ , ७ माघ । कावेली करिडोर १३२ केभी प्रसारणलाइनअन्तर्गत् फिदिम–४ स्थित थापाटारको स्टेसनमा हेवाखोला जलविद्युत् परियोजना ‘ए’को उत्पादित ६ मेगावाट विद्युत् केन्द्रीय प्रसारणलाइनमा जोडिएको छ । विहीबार साँझबाट केन्द्रीय प्रसारणलाइनमा ६ मेगावाट विद्युत् थपिएको कावेली करिडोर प्रसारणलाइनका आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीले जानकारी दिए । यसअघि, पाँचथर पावर कम्पनीले निर्माण गरेको हेवाखोला जलविद्युत् परियोजना ‘ए’को […]

२०७३ माघ ७ गते, शुक्रबार

सुविसुद्वारा गल्फ प्रतियोगिता आयोजना

काठमाडौं, ७ माघ । सुबिसु केवलनेटले गल्फ प्रतियोगिता गर्ने जनाएको छ । इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसुले भोलि जनवरी २१ का दिन रोयल नेपाल गल्फ क्लबमा इन्भिटेसनल गल्फ प्रतियोगिता गर्ने भएको हो । उक्त प्रतियोगितामा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय कर्पोरेट तथा व्यपारिक पृष्ठभूमिका ६० खेलाडीले भाग लिने कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । सुबिसुका […]

२०७३ माघ ७ गते, शुक्रबार

इन्धन भण्डारण पाँच गुणा बढाउने तयारी

काठमाडौं, ७ माघ । सरकारले इन्धन भण्डारको क्षमता बढाउन भएको छ । नेपाल आयल निगमले उपभोक्तालाई जुनसुकै बेला पनि सहज रूपमा इन्धन उपलब्ध गराउन थप ४ लाख २४ हजार किलोलिटर इन्धन भण्डारण क्षमता बढाउन लागेको जनाएको छ । निगमसग हाल १७ दिनलाई मात्र पुग्ने गरी इन्धन भण्डारण गर्न सक्ने क्षमता छ । यसलाई पाँच गुणा […]

२०७३ माघ ७ गते, शुक्रबार

जिविसको ‘मिलेमतो’मै माटो तस्करी

काठमाडौँ, ६ माघ । जिल्ला विकास समिति भक्तपुरको मिलेमतोमा प्राकृतिक सम्पदा नै मासेर ताथलीमा माटो तस्करी भइरहेको छ । यसरी माटो तस्करी हुँदा जिविसले करोडौं राजस्व गुमाएको छ । वि.सं. २०७१ चैतमा अनुसन्धानका लागि भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यहाँ सन्चालित खानीसम्बन्धी फाइल लगेपछि रोकिएको स्वीकृतवाला खानी सन्चालनमा आउन नसकेपछि जिविसले रु १४ करोडभन्दा बढी […]

२०७३ माघ ६ गते, बिहीबार

आधा दर्जन दलले आयव्यय विवरण बुझाएनन

काठमाडौं, ५ माघ । नेपालको संविधानको धारा २६९ अनुसार निर्वाचन आयोगमा दर्ता भएका १११ राजनीतिक दलमध्ये ८० दललेमात्र आर्थिक वर्ष २०७२/७३ को वार्षिक आयव्यय बुझाएका छन् । आव सकिएको ६ महिनाभित्र वार्षिक आयव्यय बुझाउनुपर्ने कानुनी प्रावधानअनुसार पुस मसान्तसम्म ८० दलले आयव्यय बुझाएका हुन् । यस्तै, अन्तरिम संविधान २०६३ अनुसार दर्ता भएका तर नयाँ संविधानको धारा […]

२०७३ माघ ५ गते, बुधबार