अर्थ

जिरीखिम्ती-मोराहाङ सडकको स्तरोन्नति सुरु

काठमाडौं, ५ बैशाख । तेह्रथुमको जिरीखिम्तीदेखि मोराहाङ जोड्ने १२ किलोमिटर सडक स्तरोन्नतिको काम थालिएको छ । करिब एक दशकअघि ट्रयाक खोलिए पनि सडकको नियमित मर्मत र स्तरोन्नति नहुँदा स्थानीयले सास्ती ब्यहोरिरहेका थिए । आउँदो भदौभित्रै काम सक्ने गरी सडक डिभिजन कार्यालय धनकुटाले कञ्चनजंघा, पाण्डुकेशर र वाईपीआर निर्माण सेवासँग ठेक्का सम्झौता गरेको छ । निर्वाचन क्षेत्र […]

२०७४ बैशाख ५ गते, मंगलवार

भूकम्पपीडितका लागि अनुदान सम्झौता सुरु

काठमाडौं, ४ वैशाख । चितवन जिल्लाका साविक तीन गाविसमा भूकम्पपीडितका लागि अनुदान सम्झौता सुरु गरिएको छ । चितवनको साविक गाविस सिद्धी, दारेचोक र लोथरका एक हजार ८४९ जना भूकम्पपीडितका लागि अनुदान सम्झौता सुरु भएको जिल्ला समन्वय समिति चितवनका सूचना अधिकारी बलराम लुइँटेलले जानकारी दिए । उनका अनुसार सिद्धीमा २९४, लोथरमा ४४० र दारेचोकमा एक हजार […]

२०७४ बैशाख ४ गते, सोमबार

‘तस्करलाई किरा परोस्’

काठमाडौ ३ वैशाख । तस्करले दुर्लभ एकसिङ्गे गैँडा मारेको शोकमा आइतबार चितवनको रत्ननगरस्थित सौराहामा झोपो बानेर शोक र्‍याली प्रदर्शन गरिएको छ । चितवन राष्ट्रिय निकुञ्ज आसपासका झन्डै ४० वटा सङ्घसंस्थाले संयुक्त रुपमा कार्यक्रम गरी शोक र्‍याली निकालेका हुन् । यही चैतको अन्तिम साता पश्चिम चितवनको जगतपुरस्थित हरियाली सामुदायिक वनमा तस्करले गैँडालाई गोली हानेर मारी खागसमेत […]

२०७४ बैशाख ३ गते, आईतवार

भूकम्प पीडितले दोस्रो किस्ता लिन अझै एक हप्ता कुर्नुपर्ने

काठमाडौं,२ वैशाख । धादिङका भूकम्प पीडितले सरकारले दिएको अनुदानस्वरुपको दोस्रो किस्ता रकम पाउन अझै एक हप्ता कुर्नुपर्ने भएको छ । अनुदान वितरणमा अझै एक हप्ता लाग्ने जिल्ला समन्वय समिति धादिङले जनाएको हो । पहिलो किस्ता लिएर घर निर्माण शुरु गरेका भूकम्प पीडितहरुले प्राविधिक अभावका कारण प्रक्रिया पूरा गर्न नपाउँदा दोस्रो किस्ता लिन नसकेका हुन् । […]

२०७४ बैशाख २ गते, शनिबार

चन्द्रागिरीले राज्यलाई नोक्सान पुर्यायो

काठमाडौं, ३१ चैत । महालेखा परीक्षकको कार्यालयले चन्द्रागिरी हिल्स् प्रा.लि.ले केवलकार संचालन नाममा राज्यलाई नै नोक्सान हुने गरी बद्‍मासी गरेको प्रतिवेदन राष्ट्रपति कार्यालयलाई बुझाएको छ । उच्च राजनीतिक तथा प्रशासनिक अधिकारीहरुबीचको मिलेमतोमा भन्सार छुट र न्यून मूल्यमा जग्गा भाडामा लिरएर मनपरी संरचना बनाएपछि विवादमा परेको चन्द्रागिरी केवलकारबारे छानबिन गर्नुपर्ने भन्दै महालेखा परीक्षकको कार्यालयले प्रतिवेदन राष्ट्रपति […]

२०७३ चैत्र ३१ गते, बिहीबार

क्याप्टेन अवाले अवैध डलरसहित पक्राउ

काठमाडौं, २८ चैत । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन सुवर्ण अवाले अवैध अमेरिकी डलरसहित पक्राउ परेका छन् । प्रहरीले ९३ हजार ६०० अबैध अमेरिकी डलरसहित अवालेलाई पक्राउ गरेको जनाएको छ । काठमाडौंबाट दुबईका लागि नेपाल एयरलाइन्सको आर ए २२९ जहाज उडान भर्न विमानस्थल गएको बेला अवालेलाई प्रहरीले पक्राउ गरेको हो । हृयाण्डक्यारीमा लुकाएको अवस्थामा डलर बरामद […]

२०७३ चैत्र २८ गते, सोमबार

कैदी बन्दीलाई उद्यमी बनाइने

काठमाडौं, २६ चैत । जेलमा रहेका कैदीबन्दीहरु समाजमा फर्केपछि सक्षम उद्यमी बनाउन सम्झौता भएको छ । जेलमा रहेका महिला कैदीवन्दीको सहयोगार्थ सम्पन्न कार्यक्रममा उक्त सम्झौता भएको हो । शनिवार आयोजित नेवाः सांस्कृतिक ज्याझ्वः व झ्वःभ्वय् (नेवार सांस्कृतिक कार्यक्रम र परम्परागत भोज) मा पहिलो चरणमा यो बर्ष जेलमुक्त भएका ३० कैदीबन्दीलाई सक्षम उद्यमी बनाउन आवश्यक तालिम […]

२०७३ चैत्र २६ गते, शनिबार

मल्लद्वारा ३ लाखको सम्मान अस्वीकार ।

काठमाडौँ, २४ चैत । बालाजु कराते एकेडेमीका सस्थापक धुर्ब बिक्रम मल्लले सरकारको ३ लाख रूपैयाले सम्मान गर्ने निर्णय अस्वीकार गरेका छ्न । नेपाल सरकारको हालैको मन्त्रि स्तरीय निर्णयबाट अल्ट्रा धाविका मिरा राईलाई ३० लाख र मिरालाई यो स्थान सम्म पुराए बापत कदर स्वरुप बालाजु कराते एकेडेमीका सस्थापक मल्ललाई ३ लाख रूपैयाले सम्मान गर्ने निर्णय गरेको […]

२०७३ चैत्र २४ गते, बिहीबार

अबैध धानको बिउ कभर फेरेर बजारमा ल्याईदै

काठमाडौं, २४ चैत । नेपालमा बर्षौदेखि अबैध रुपमा हाईब्रिड धानको बिउ सप्लाई गर्दै आइरहेको बहुराष्ट्रिय लगानीको भारतीय कम्पनि श्रीराम बायोसिड जेनेटिक्स प्रा.लि.द्धारा उत्पादित बायोसिड ७८६फेरी बजारमा आउने भएको छ । अबैध रुपमा आयातित उक्त हाईब्रिड (बर्णशंकर)धान नेपालको कुनै पनि निकायमा दर्ता बिना, ल्याब परिक्षण र क्वारेन्टाइन चेक नै नगरी बर्षौबाट बिउबिजन महाशाखा र केही जिल्ला […]

२०७३ चैत्र २४ गते, बिहीबार

बिश्वकै महंगो हिरा

काठमाडौं,२३ चैत । विश्वकै महंगो मानिने गुलाबी रंगको हीरा हङकङ्गमा ७ दशमलव १ करोड अमेरिकी डलरमा बिक्री भई विश्व रेकर्ड कायम गरेको छ । मानव इतिहासमै सबैभन्दा ठूलो मानिने अण्डाकारको यो हीरा ५६ दशमलव ६ कैरेटको छ । सन् २०१३ मा जेनेभामा गरिएको यस्तै लीलामीमा यस हीराका लागि एक ब्यापारीले ८ दशमलव ३ करोड अमेरिकी […]

२०७३ चैत्र २३ गते, बुधबार