‘स्काइ रेल’ को सम्भाव्यता अध्ययन गरिदैं

२०७३ माघ २६ गते, बुधबार

काठमाडौं ,२५ माघ । काठमाडौं महानगरपालिकाले काठमाडौंमा आकाशमार्गबाट चल्ने मोनो रेल सञ्चालन गर्नेबारे अध्ययन गरिने बताएको छ । महानगरपालिकाले मुलुकको पूर्वाधार र भौगोलिक यथार्थता अनुसार स्काई रेलको सम्भावना बढी सहज हुने भएकाले अध्ययन थालिएको जनाएको छ । सम्बन्धित विशेषज्ञहरुबाट तीन महिनापछि सम्भाव्यता अध्ययन प्रतिवेदन आउने र त्यसपछि कुन मोडल र कस्तो रेल सञ्चालन गर्ने भन्ने निर्णय लिइने काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिङ तामाङले जानकारी गराए ।
काठमाडौंमा रेल चलाउने बारेमा लगानी बोर्डले पनि अध्ययन शुरु गरिसकेको छ । मलेसियालगायत देशमा स्काई रेल चलिरहेकाले काठमाडौंमा पनि यसको राम्रो सम्भावना रहेको विशेषज्ञहरु बताउँछन् ।
काठमाडौं नगरपालिकाले यसका लागि सरकारी र निजी क्षेत्रलाई पनि सामेल गराईने जनाएको छ । साइमेक्स कम्पनीले चिनियाँ प्राविधिकहरुको सहयोगबाट काठमाडौंमा स्काई रेल निर्माणको जिम्मा लिएको छ । कम्पनीले स्काई रेलको निर्माण लागत मेट्रोको भन्दा ८० गुणा सस्तो हुने जनाएको छ । आगामी एक वर्षभित्र काठमाडौंका सबै रुटमा यसको अध्ययन भईसक्ने छ । मोनो रेल आकाशमा गुड्ने भएकाले यसले सडकको ट्राफिक ब्यवस्थापनमा कुनै असर पर्ने छैन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु