आयल निगम मासिक ४८ करोड घाटामा

२०७३ माघ २३ गते, आईतवार

काठमाडौं,२३ माघ । नेपाल आयल निगमले मासिक ४८ करोड रुपैयाँ घाटा व्यहोरिरहेको बताएको छ । निगमले दिएको जानकारी अनुसार यस्तै स्थिति रहे ४ देखि ५ महिनापछि निगमले तेल आयातका लागि पुन ऋणको खोज्नुपर्नेछ । ओपेकले तेल उत्पादनमा कटौति गरेपछि आयल निगम पुन घाटा उन्मूख भएको हो ।
आयल निगमका प्रवक्ता भानुभक्त खनाल निगमले फेरि मासिक आधा अर्बको घटा बेहोर्ने अवस्था आएको बताउँछन् । खनालले भारतीय आयल कर्पोरशेनबाट प्राप्त नयाँ मूल्यसूचीले निगमलाई मट्टीतेल, पेट्रोल र हवाइ इन्धनमा मात्र केही प्रतिशत नाफा बचेको बताए । अहिले निगमलाई सबैभन्दा धेरै एलपीजी ग्यासमा घाटा छ । यही हप्ता सिलिन्डरमा २५ रुपैयाँ मूल्य बढाएपनि अहिले प्रतिसिलिन्डर १ सय ६२ रुपैयाँ घाटा निगममाथि छ । यसैगरी डिजेलमा प्रतिलिटर ३ रुपैयाँ १७ पैसा घाटा छ । पेट्रोलमा भने निगमलाई लिटरको ५६ पैसा नाफा छ । मट्टीतेलको नाफा लिटरका १३ रुपैयाँ ४० पैसा छ । यसैगरी हवाइ इन्धनमा पनि निगमलाई घाटा छैन । तर, ग्यासमा भएको घाटाले निगमलाई ठूलो घाटामा धकेलेको छ । निगमका प्रवक्ता खनाल घाटा कायम राखेर मुल्य नबढाए केही महिनाभित्रै निगमलाई आर्थिक रुपमा ‘बच्न’, ‘टिक्न’ गाह्रो हुने बताउँछन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु