एसएसपी खत्री सिआईबीको फन्दामा

२०७३ माघ २३ गते, आईतवार

काठमाडौं, २३ माघ । प्रहरीको केन्द्रीय अनुसन्धान विभाग सिआईबीको टोलीले एसएसपी श्याम खत्रीलाई प्रहरी प्रधान कार्यालयबाटै पक्राउ गरेको छ ।
दुबईबाट आएको ३४ किलो सुन काण्डमा मुछिएकाले खत्री पक्राउ परेका हुन् । सुनकाण्डमा मुछिएपछि खत्रीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरी प्रधान कार्यालय नक्शालमा सरुवा गरिएको थियो । विमानस्थलमा ३४ किलो सुनकाण्डपछि कर्मचारीहरु छानविनको दायरामा आउने क्रमसँगै एसएसपी खत्रीलाई पनि त्यहाँबाट फिर्ता बोलाइएको थियो । सुनको मालिक खोज्ने क्रममा प्रहरीले एयरपोर्ट भन्सारका केही कर्मचारीहरुलाई पनि पक्रेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु