सुन तोलाको ५५ हजार २ सय

२०७३ माघ २९ गते, शनिबार

काठमाडौं, २९ माघ । पछिल्ला तीन दिनदेखि स्थीर रहेको सुनको मूल्यमा शुक्रबार ६ सय रुपैयाँले कमी आएको छ । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले कमी आएर तोलाको ५५ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य विहीबार तोलाको ५५ हजार ८ सय रुपैयाँमा स्थीर रहेको थियो । शुक्रबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर तोलाको ८ सय ५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रतिऔंस १२ सय २७ डलर हाराहारीमा कारोबार भएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु