अर्थ

नेपालमा मासिक दुई अर्बको मोबाइल आयात

काठमाडौं, १४ फागुन । बढ्दो माग पूरा गर्न नेपालमा हरेक महिना करिब २ अर्ब रुपैयाँ बराबरका मोबाइल सेट भित्रने गरेका छन् । भन्सार विभागले निकालेको पछिल्लो विवरणअनुसार मोबाइल सेटको आयात बढेको देखिएको हो । माग वृद्धिसँगै मोबाइल फोन नेपालमा आयात हुने मुख्य वस्तुमा पर्न थालेको छ । चालु आर्थिक वर्ष पहिलो सात महिनाको तथ्यांकलाई आधार […]

२०७३ फाल्गुन १४ गते, शनिबार

पूर्वराष्ट्रपतिलाई मासिक २ लाख घरभाडा

काठमाडौं, १३ फागुन । सरकारले पूर्वराष्ट्रपतिलाई घरभाडाबापत मासिक २ लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्थासहित व्यवस्थापिका-संसद्मा विधेयक दर्ता गरेको छ । पूर्वपदाधिकारीको सेवा, सुविधा बढाउने विधेयकमा पूर्वराष्ट्रपतिलाई मासिक घरभाडा २ लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरिएको हो । यस्तै, पूर्वउपराष्ट्रपतिलाई ७५ हजार रुपैयाँ उपलब्ध गराउने विधेयकमा उल्लेख छ । संसद दुईपटक आएको यस विधेयकको व्यापक विरोध […]

२०७३ फाल्गुन १३ गते, शुक्रबार

ट्यांकरचालकको धम्कीले पेट्रोल पम्पमा लाइन

काठमाडौं, १२ फागुन । ट्यांकरचालकले हडतालको तयारी गर्दा उपत्यकामा इन्धन आपूर्ति प्रभावित भएको छ । गत शुक्रबार एक दिन उपत्यकामा इन्धन ढुवानी ठप्प पारेका चालकले माग सुनुवाइ नभए १५ फागुनबाट हडताल गर्ने प्रचार गरेका छन् । हडतालको त्रासमा उपभोक्ताले बढी इन्धन सञ्चय थालेका छन् । जसकारण प्रत्येक पम्पमा लाइन लामो भएको छ । ट्यांकरचालकहरूले १५ […]

२०७३ फाल्गुन १२ गते, बिहीबार

‘ फास्ट ट्रयाक नेपालले नै बनाउन सक्ने ‘

काठमाडौं, ९ फागुन । काठमाडौं—निजगढ द्रुतमार्ग (फास्ट ट्रयाक) सुझाव समितिले नेपाल सरकारलाई फास्ट ट्रयाक नेपालले नै बनाउन सक्ने प्रतिवेदन बुझाएको छ । आज बिहान सुझाव समितिका संयोजक डा. मीनबहादुर श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएका हुन् । गत पुस ७ गते फास्ट ट्रयाक निर्माणको सम्भाव्यता अध्ययन गरी सरकारलाई सुझाव पेश गर्न मन्त्रिपरिषदले राष्ट्रिय योजना आयोगका […]

२०७३ फाल्गुन ९ गते, सोमबार

डोजर लगाइ जग्गा खाली गरायो

काठमाडौं, ८ फागुन । लामो समयदेखि वीरगन्जको घन्टाघर नजिक वीरगन्ज उपमहानगरपालिकाको स्वामित्वमा रहेको जग्गामा घर टहरा बनाई तरकारी व्यवसाय गरी रहेका व्यापारीहरुको घर टहरा डोजर लगाइ उपमहानगरपालिकाले आइतबार बिहान भत्काएको छ । सुरुमा ती व्यापारीहरुले मिनाबजारमा तरकारी व्यापार गर्दै आएका थिए । पछि उपमहानगरपालिकाले सो ठाउँमा कम्प्लेस्स बनाउन थालेपछि उनीहरुलाई घन्टाघर नजिक रहेको जग्गामा सारिएको […]

२०७३ फाल्गुन ८ गते, आईतवार

१५ सय ट्याक्सीका लागि एक लाख ४९ हजारको आवेदन

काठमाडौं, ८ फागुन । भूकम्पपीडितहरूलाई दिन लागिएको ट्याक्सीको नतिजा आगामी २६ चैतमा सार्वजनिक हुने भएको छ । यातायात व्यवस्था विभागले गोलाप्रथाबाट नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । ‘२६ चैतमा गोलाप्रथा गर्ने गरी तयारी गरेका छौँ,ड विभागका प्रवक्ता डा. टोकराज पाण्डेले भने, ‘०७३ सालभित्रै यसको टुंगो लाग्नेछ ।’ ट्याक्सी नम्बरका लागि आवेदन दिने सबैको नाम […]

२०७३ फाल्गुन ८ गते, आईतवार

६६ केभी प्रसारणलाइनको ६ नम्बर खम्बा ढल्यो

काठमाडौं, ७ फागुन । सुनकोसीबाट भक्तपुर आउने ६६ केभी प्रसारणलाइनको खाडीचौर–अँधेरीखन्डमा पर्ने ६ नम्बर खम्बा शनिबार बिहान ढलेको छ ।यसबाट सुनकोसी जलविद्युत्गृहको करिब पाँच मेगावाट विद्युत् काठमाडौं आउनसक्ने छैन । सो टावर जोखिमयुक्त अवस्थामा भएकाले यसको सुरक्षासम्बन्धी कार्य जालीमा ढुंगा कसेर भइरहेको थियो । नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोली उक्त स्थानतर्फ प्रस्थान गरिसकेको प्राधिकरणका प्रवक्ता […]

२०७३ फाल्गुन ७ गते, शनिबार

‘नेपालमा तीन खर्ब लगानी गर्छौ’

काठमाडौं, ७ फागुन । चिनियाँ ठूला कम्पनीले नेपालमा ३ खर्ब रुपैंया लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विश्वकै उत्कृष्ट पाँचसय ठूलामा सूचीकृत कम्पनीलाई सहभागी गराउँदै बेइजिङस्थित नेपाली दुताबासले शुक्रबार गरेको ‘नेपालमा लगानीको अवसर’ विषयक सेमिनारमा ती कम्पनीले ठूलो लगानीको प्रतिबद्धता ब्यक्त गरेका हुन् । दुताबासको सभाकक्षमा आयोजित सेमिनारमा चीनका विभिन्न प्रतिष्ठित कम्पनीको सहभागिता थियो […]

२०७३ फाल्गुन ७ गते, शनिबार

१० . ६ मेगावाट विद्युत राष्ट्रिय प्रशारणलाइनमा थप

काठमाडौं, ६ फागुन । पाँचथरको याङनाम र नाँगिनमा रहेको हेवा खोला जलविद्युत परियोजना ‘ए’ बाट उत्पादित १० दशमलव ६ मेगावाट विद्युत केन्द्रीय प्रशारण लाइनमा जोडिएको छ । पाँचथर पावर कम्पनीले जिम्मा लिएको आयोजनाको निर्माण सकिँदा २ अर्ब ६० करोड रुपैयाँ खर्च भएको कम्पनीका प्रवन्ध निर्देशक पुष्पज्योति ढुंगानाले जानकारी दिए ।

२०७३ फाल्गुन ६ गते, शुक्रबार

एक महिना मै ३५ करोड कमाउन खोज्दा सर्बस्व गुम्यो

काठमाडौं, ५ फागुन । डेढ करोड लगानी गर्दा ३५ करोड आम्दानी हुने प्रलोभनमा पोखराका बेलबहादुर गुरुङ लोभिए । तर, त्यो वास्तविकता नभई ठगको जालमात्र थियो भन्ने गुरुङले पत्तै पाएनन् । एक महिनामै ३५ करोड कमाउन खोज्दा उनले दुई करोडको घर गुमाएका छन् । दक्षिण कोरियामा १७ वर्षदेखि काम गर्दै आएका गुरुङले विदेशकै कमाइले पोखरामा घर […]

२०७३ फाल्गुन ५ गते, बिहीबार