मोदी हाइड्रोले १७ लाख २५ हजार कित्ता साधारण सेयर जारी गर्ने

२०७३ माघ २७ गते, बिहीबार

काठमाडौं, २७ माघ । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले १७ लाख २५ हजार कित्ता साधारण सेयर जारी गर्ने भएको छ । धितोपत्र बोर्डले कम्पनीलाई साधारण सेयर जारी गर्ने अनुमति प्रदान गरेको हो ।
यसअघि, आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत सेयर दिने अनुमतिसमेत पाइसकेको छ । बोर्डले करिब १५ प्रतिशत सेयर आमनागरिकलाई प्रदान गर्ने गरी स्वीकृति दिएको हो । आयोजनाले आयोजना प्रभावितलाई ११ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासनको स्वीकृति पाइसकेको छ । १० प्रतिशत स्थानीय, १५ प्रतिशत सर्वसाधारण र ७५ प्रतिशत प्रवद्र्धकको सेयर हुनेछ । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबीएल क्यापिटल मार्केट लिमिटेडलाई तोकिएको छ । सर्वसाधारण र स्थानीय बासिन्दालाई गरी कुल रु २८ करोड बराबरको २८ लाख कित्ता सेयर निष्कासन हुनेछ । हाल सो कम्पनीले १० मेगावाट क्षमताको तल्लो मोदी आयोजना सन्चालन गरिरहेको छ भने १० मेगावाट क्षमताको तल्लो मोदी–२ निर्माणको तयारी गरेको छ । – रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु