प्रवास

नेपालमा अर्को मानवीय संकट पर्नसक्छ : ह्युगो

काठमाडौं, ९ मंसिर । बेलायतले नेपाल–भारत सीमानाकामा उत्पन्न अवरोधबाट मानवीय सहायताका सामग्री आपूर्तिमा परेको असरप्रति गम्भीर चासो व्यक्त गरेको छ । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापालाई हालै बेलायतका विदेश राज्यमन्त्री ह्युगो स्वायरले टेलिफोन गरेर आफ्नो मुलुकको चासो र चिन्ता व्यक्त गर्दै नेपाल सरकारले पुनःनिर्माणको प्रक्रियालाई आवश्यक नेतृत्व प्रदान गर्नुपर्नेमा जोड दिएको काठमाडौंस्थित बेलायती राजदूतावासले जनाएको […]

२०७२ मंसिर ९ गते, बुधबार

नाकाबन्दी बिरुद्ध बिगेसो

काठमाडौं । बृटिश गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो)ले भारतले नेपालविरुद्ध गरेको गैरकानुनी, गलत र बदनियतपूर्ण नाकाबन्दी तत्काल रोक्न माग गर्दै बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन समक्ष अनुरोध गरेको छ । बृटिश गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो)का अध्यक्ष पदमसुन्दर लिम्बु ,महासचिव छिरिङ्ग शेर्पा र अन्तर्राष्ट्रिय विभाग प्रमुख उत्तमप्रसाद राईले संयुक्त रुपमा हस्ताक्षर गरी संयुक्त अधिराज्य बेलायतका प्रधानमन्त्री […]

२०७२ मंसिर २ गते, बुधबार

नाकाबन्दी बिरुद्ध राष्ट्र सङ्घमा ज्ञापनपत्र

काठमाडौं, २ मंसिर। भारतको अघोषित नाकाबन्दीको विरोधमा एनआरएन अमेरिका लगायत संस्थाले संयुक्त राष्ट्र सङ्घ मुख्यालय भवनअगाडि विरोध प्रदर्शनपछि मङ्गलबार ज्ञापनपत्र बुझाएका छन् । मध्याह्न १२ बजे सुरु भएको कार्यक्रममा ठूलो संख्यामा उपस्थित नेपालीलाई अमेरिकी मूलका नागरिक र भारतीय मूलका शिखले समेत ऐक्यबद्धता जनाएका थिए । दुई महिनाभन्दा लामो नाकाबन्दीको कारणले नेपालमा अत्यावश्यक सामग्रीको समेत अभाव […]

२०७२ मंसिर २ गते, बुधबार

नाकाबन्दीविरुद्ध बेलायतमा प्रदर्शन

काठमाडौं,२७ कात्तिक । बेलायतमा बस्ने नेपालीले भारतले नेपालमा लगाएको अघोषित नाकाबन्दीविरुद्ध प्रदर्शन गरेका छन् । उनीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बेलायत भ्रमणका क्रममा रहेको समयमा सो प्रदर्शन गरेका हुन् । बेलायती संसद भवन अगाडि भएको प्रदर्शनमा सयौं नेपाली सहभागी भए । अत्यन्तै कडा सुरक्षा व्यवस्थाबीच पनि भारतीय नाकाबन्दीको विरोधमा नेपालीहरु सडकमा उत्रिएर प्रदर्शन गरेको गैर […]

२०७२ कार्तिक २७ गते, शुक्रबार

नाकाबन्दी बिरुद्ध एनआरएन

काठमाडौं, २५ कात्तिक । विदेशमा रहेका हिमाल पहाड र तराईका लाखौं नेपालीको प्रतिनिधित्व गर्ने गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिणी नेपालमा भइरहेको राजनीतिक बिरोध र प्रर्दशन तथा पछिल्लो केही महिनादेखि भारतको अघोषित नाकाबन्दीले उत्पन्न गम्भिर मानवीय संकटका कारण दुखित भएको छ । जारी प्रर्दशनका क्रममा सयौं मानिस मरेका वा घाइते भएका छन् र इन्धन संकटले सवारी […]

२०७२ कार्तिक २५ गते, बुधबार

दुबईमा फ्री मेडिकल चेक अप कार्यक्रम सम्पन्न

काठमाडौँ । अल रसिदिया प्राइवेट पोलिक्लिनिकको सहकार्यमा नेपाली समाजद्वारा आयोजित फ्री मेडिकल चेक अप कार्यक्रम १६ अक्टोबर २०१५ बर दुबईको अल रसिदिया प्राइवेट पोलिक्लिनिकको कार्यालयमा सफलतापुर्वक सम्पन्न भएको छ । स्वस्थ शरीरको पहिचानका लागि अति आवश्यकीय जाँच अन्तर्गत पर्ने ब्लड प्रेसर तथा सुगरको अनुपात जाँच गराउन बर दुबई क्षेत्रमा रहनु हुने ३२१ जना नेपाली महिला […]

२०७२ आश्विन ३० गते, शनिबार

एनआरएनए अध्यक्षमा शेष घले निर्वाचित

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को अध्यक्षमा शेष घले पुनःनिर्वाचित भएका छन । घलेले ८६७ मत ल्याएर निकटतम प्रतिस्पर्धी टिबी कार्कीलाई पछि पार्दै विजयी भएका हुन् । कार्कीले २२६ मत ल्याएका छन । त्यसैगरी उपाध्यक्षद्वयमा भवन भट्ट ५३८ मत र कुमार पन्त ५१३ मत ल्याएर निर्वाचित भएका छन । महासचिवमा बद्री केसीले ५५५ मतका साथ […]

२०७२ आश्विन २९ गते, शुक्रबार

एनआरएनए नयाँ नेतृत्व छान्दै

काठमाडौँ, २८ असोज । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले आज निर्वाचन गरी नयाँ नेतृत्वका चुन्ने तयारी गरेको छ । जसका लागि अध्यक्ष पदमा तीन प्रत्यासी देखिएका छन् । हिजो सुरु भएको साताँै अधिवेशनबाट नयाँ कार्यसमितिका लागि अध्यक्षमा वर्तमान अध्यक्ष शेष घले, उपाध्यक्ष टिबी कार्की र पूर्व महासचिव रतनकुमार झाले उम्मदवारी दिएका छन । निर्वाचन समितिका अनुसार […]

२०७२ आश्विन २८ गते, बिहीबार

एनआरएनको विश्व सम्मेलन सुरु हुँदै

काठमाडौ, २७ असोज । गैरआवासीय नेपाली संघ एनआरएनको विश्व सम्मेलन तथा सातौं अधिवेशन आजदेखि काठमाडौमा सुरु हुँदैछ । सम्मेलनका लागि विभिन्न ७१ मुलुकका करिब १५ सय एनआरएनहरु राजधानीमा भेला भइसकेका छन् । त्यति नै संख्यामा पर्यवेक्षक र शुभेच्छुकहरु पनि आएको एनआरएनले जनाएको छ । आज र भोलि अधिवेशन र शुक्रबार र शनिबार विश्व सम्मेलन हुने […]

२०७२ आश्विन २७ गते, बुधबार

आज एनआरएन दिवस

काठमाडौ, २४ असोज । विश्वभर छरिएर रहेका नेपालीहरुको साझा संगठन गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आज आफ्नो स्थापना दिवस मनाउने भएको छ। सन् २००३ अक्टोबर ११ मा स्थापना भएको गैरआवासीय नेपाली संघले आज आफ्नो स्थापना दिवस मनाउन लागेको हो । स्थापना दिवसका अवसरमा सातौ विश्व सम्मेलनका लागि राजधानीमा जम्मा भएका विश्वभरका गैरआवासीय नेपालीहरुले विहान स्वयम्भुनाथ दर्शनका […]

२०७२ आश्विन २४ गते, आईतवार