एनआरएनए अध्यक्षमा शेष घले निर्वाचित

२०७२ आश्विन २९ गते, शुक्रबार

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को अध्यक्षमा शेष घले पुनःनिर्वाचित भएका छन । घलेले ८६७ मत ल्याएर निकटतम प्रतिस्पर्धी टिबी कार्कीलाई पछि पार्दै विजयी भएका हुन् । कार्कीले २२६ मत ल्याएका छन ।
त्यसैगरी उपाध्यक्षद्वयमा भवन भट्ट ५३८ मत र कुमार पन्त ५१३ मत ल्याएर निर्वाचित भएका छन । महासचिवमा बद्री केसीले ५५५ मतका साथ विजयी भएका छन । सचिवमा अर्जुनकुमार श्रेष्ठले ३९१ र कोषाध्यक्षमा हिक्मतबहाुर थापाले २६४ मत ल्याएर विजयी भएको एनआरएनका प्रवक्ता मन केसीले जानकारी दिए । एनआरएनको ७१ राष्ट्रिय समन्वय परिषद् र एक अन्तर्राष्ट्रिय समन्वय परिषद् रहेको छ । सम्मेलनमा पर्यवेक्षकसहित एक हजार ५०० भन्दा बढी एनआरएन सदस्यको सहभागिता थियो ।
युवा संयोजकमा विजय पोखरेल ,उपसंयोजकमा लोकराज शर्मा , महिला संयोजकमा सपिला राजभण्डारी र उपसंयोजकमा रजनी प्रधान निर्वाचित भएका छन् । अमेरिका संयोजकमा सोनाम लामा, उपसंयोजकमा एसी शेर्पा निर्वाचित भएका छन् ।
अक्टोबर १४ देखि काठमाडौंमा सुरु एनआरएनको विश्व सम्मेलनले आगामी दुईवर्षका लागि नयाँ नेतृत्वको चयन गरेको हो । विश्वका विभिन्न देशबाट आएका झण्डै १ हजार एनआरएनहरुले मतदान गरेर नयाँ नेतृत्वको चयन गरेका हुन् ।

प्रतिक्रियाहरु