आज एनआरएन दिवस

२०७२ आश्विन २४ गते, आईतवार

काठमाडौ, २४ असोज । विश्वभर छरिएर रहेका नेपालीहरुको साझा संगठन गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आज आफ्नो स्थापना दिवस मनाउने भएको छ। सन् २००३ अक्टोबर ११ मा स्थापना भएको गैरआवासीय नेपाली संघले आज आफ्नो स्थापना दिवस मनाउन लागेको हो । स्थापना दिवसका अवसरमा सातौ विश्व सम्मेलनका लागि राजधानीमा जम्मा भएका विश्वभरका गैरआवासीय नेपालीहरुले विहान स्वयम्भुनाथ दर्शनका साथै पशुपतिनाथ मन्दिरमा पुजा अर्चना गर्ने कार्यक्रम रहेको छ ।
त्यसलगत्तै गैरआवासीय नेपाली सोनाम लामाले मुस्ताङमा निर्माण गर्न लाग्नु भएको सबैभन्दा ठुलो बुद्धप्रतिमा निर्माणस्थलमा विशेष कार्यक्रम रहेको बताइएको छ।
गैरआवासीय नेपाली संघले आजै भूकम्पले ध्वस्त भएका एक हजार घर निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ। सन् २००३ मा स्थापना भएको गैरआवासीय नेपाली संघ अहिले विश्वका विभिन्न ७१ वटा मुलुकमा फैलिएको छ। संघको सातौ महाधिवेशन तथा विश्व सम्मेलनसमेत यही साता राजधानीमा हुने कार्यक्रम छ। राजधानीमा हुने सातौ विश्व सम्मेलनले संघको नयाँ नेतृत्वसमेत चयन गर्ने कार्यक्रम रहेको छ। त्यसका लागि एनआरएन समुदायमा चुनावी सरगर्मीसमेत बढेको छ। नयाँ नेतृत्वका लागि शेष घलेले पुनः उम्मेदवारी घोषणा गरेका छन भने रतन झा र टीबी कार्कीले समेत उम्मेदवारी दिने घोषणा गरेका छंन ।

प्रतिक्रियाहरु